जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती भूकम्प गएको छ।
राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पका कारण जाजरकोटको खलंगामा केही घरहरू भत्किएका छन् भने केही मानिसहरू घाइते भएका छन्।
स्थानीय स्रोतका अनुसार खलंगामा ढुङ्गाले बनेका करिब १५ घरमा क्षति पुगेको छ। ७/८ जना परिवारका सदस्यहरू घाइते भएको बुझिएको छ। अहिलेसम्म थप क्षतिको विवरण भने आएको छैन।
क्षतिबारे बुझ्न र उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली घटना स्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक ९डिएसपी० सन्तोष रोक्काले जानकारी दिए।
पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रबिन्दु रहेर केही समययता लगातार भूकम्प गइरहेका छन्।