भारतीको मुद्दा ‘हेर्दाहेर्दै’मा
१५ कार्तिक २०८०
•
२ मिनेट पाठ
भारतीको मुद्दा ‘हेर्दाहेर्दै’मा
फौजदारी मुद्दामा जन्मकैदको कैद माफी घटाउने सरकारको निर्णयविरुद्ध निवेदन दिएकी भारती शेर्पाको मुद्दा सर्वोच्च अदालतमा मंगलबार हेर्दाहेर्दैमा परेको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा सुनवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।




सरकारको सिफारिसमा राष्ट्रपतिले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद भोग्दाभोग्दै गरेका रिगल ढकाललाई कैद माफी मिनाहा दिने निर्णयविरुद्ध परेको मुद्दामा कानुनी जटिलता देखाउँदै यस अघि नै पूर्ण इजलासमा पठाउने आदेश भएको थियो।

एक महिनाअघि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले मुद्दा सुनुवाईपछि इजलासले कुनै निर्णय दिन नमिल्ने भन्दै अन्य आदेश गरेको थियो। ‘हामी रहितको इजलासमा पेस गर्नू’ आदेशमा भनिएको थियो।

मुलुकी संहिता लागू हुनु अघि साविकको कारागार नियमावली बमोजिम कुनै पनि जेलमा रहेको व्यक्तिको असल चालचलनको आधारमा ४० प्रतिशत कैद भुक्तान गरिसकेको व्यक्तिलाई कैद मिनाहा गरिदिनु भन्ने सर्वोेच्चले यसअघि फैसला गरेको थियो। यसअघिका यिनै फैसलालाई आधार मान्दै रिगललाई कैद कट्टा गरेको सरकारको जिकिर छ।

नेपालगञ्जमा रिगल ढकालको समुहले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले असोज १४ मा माफी मिनाहा बदरको माग गर्दे रिट निवेदन दर्ता गरेकी हुन्। उनले न्याय माग्दै सरकारको निर्णयविरुद्ध दोस्रो पटक माइतीघर मण्डलमा रिले अनसनसमेत बसिरहेकी छिन्। दसैंअगाडिदेखि नै भारतीले रिले अनसन थालेकी थिइन्।

बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैैसलाको सजाय भोगिरहेका ढकाललाई गणतन्त्र दिवसको अवसर पारी असोज ३ मा राष्ट्रपति रामचन्द्र पौडेलले कैद माफी मिनाहा गरेका थिए। ढकालले सर्वोच्च अदालतमा सजाय कम गर्न माग गर्दै पुनरावेदन निवेदनसमेत दिएका थिए। उनले आफ्नो हकको मुद्दाको निवेदनसमेत गणतन्त्र दिवसकै समयमा फिर्ता लिएका थिए।

२०७२ साल असार २८ मा नेपालगन्ज ८ मा पर्ने सुर्खेत रोडस्थित धम्बोझी चोकनजिक बस्ने २९ वर्षीय चेतन मानन्धरलाई ढकालसहित १५ जनाको समुहले खुँडा प्रहार गरी हत्या गरेका थिए। मानन्धरलाई हत्या गरेको एक महिनापछि २०७२ भदौ ७ मा ढकालले अदालतमा आत्मसमर्पण गरेका थिए।

हत्या गर्दाको समयमा ढकाल नेपाली कांग्रेसको भातृ संगठन तरुण दल बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति समेत रहेका थिए। चेतनको हत्यामा संलग्नहरूलाई कर्तव्य ज्यान मुद्दा चलाइएको थियो। बाँके जिल्ला अदालतले हत्यामा संलग्न १३ मध्ये रिगल, प्रेमध्वज खत्री (प्रशान्त गौतम भनिने), छविलाल बस्नेत (विशाल), मोहनलाल खड्का (नवराज खत्री भनिने)लाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।

२०७५ साल वैशाखमा जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले हत्यामा संलग्न भनिएका नौजनालाई भने ३ देखि १० वर्षसम्मको कैद सजाय सुनाएको थियो। जिल्ला अदालतको फैसला अनुसार सर्वस्वसहित जन्मकैदको कानुन अनुसार २० वर्षसम्म कैद बस्नुपर्ने थियो। मुलुकी ऐन अर्थात नयाँ फौजदारी संहिता नआउँदै जन्मकैदको समय २० वर्ष तोकिएको थियो।
अर्को समाचार
भारतीको मुद्दा ‘हेर्दाहेर्दै’मा
१५ कार्तिक २०८०
•
२ मिनेट पाठ
भारतीको मुद्दा ‘हेर्दाहेर्दै’मा
फौजदारी मुद्दामा जन्मकैदको कैद माफी घटाउने सरकारको निर्णयविरुद्ध निवेदन दिएकी भारती शेर्पाको मुद्दा सर्वोच्च अदालतमा मंगलबार हेर्दाहेर्दैमा परेको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा सुनवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।




सरकारको सिफारिसमा राष्ट्रपतिले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद भोग्दाभोग्दै गरेका रिगल ढकाललाई कैद माफी मिनाहा दिने निर्णयविरुद्ध परेको मुद्दामा कानुनी जटिलता देखाउँदै यस अघि नै पूर्ण इजलासमा पठाउने आदेश भएको थियो। एक महिनाअघि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले मुद्दा सुनुवाईपछि इजलासले कुनै निर्णय दिन नमिल्ने भन्दै अन्य आदेश गरेको थियो। ‘हामी रहितको इजलासमा पेस गर्नू’ आदेशमा भनिएको थियो।  

मुलुकी संहिता लागू हुनु अघि साविकको कारागार नियमावली बमोजिम कुनै पनि जेलमा रहेको व्यक्तिको असल चालचलनको आधारमा ४० प्रतिशत कैद भुक्तान गरिसकेको व्यक्तिलाई कैद मिनाहा गरिदिनु भन्ने सर्वोेच्चले यसअघि फैसला गरेको थियो। यसअघिका यिनै फैसलालाई आधार मान्दै रिगललाई कैद कट्टा गरेको सरकारको जिकिर छ।

नेपालगञ्जमा रिगल ढकालको समुहले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले असोज १४ मा माफी मिनाहा बदरको माग गर्दे रिट निवेदन दर्ता गरेकी हुन्। उनले न्याय माग्दै सरकारको निर्णयविरुद्ध दोस्रो पटक माइतीघर मण्डलमा रिले अनसनसमेत बसिरहेकी छिन्। दसैंअगाडिदेखि नै भारतीले रिले अनसन थालेकी थिइन्।  

बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैैसलाको सजाय भोगिरहेका ढकाललाई गणतन्त्र दिवसको अवसर पारी असोज ३ मा राष्ट्रपति रामचन्द्र पौडेलले कैद माफी मिनाहा गरेका थिए। ढकालले सर्वोच्च अदालतमा सजाय कम गर्न माग गर्दै पुनरावेदन निवेदनसमेत दिएका थिए। उनले आफ्नो हकको मुद्दाको निवेदनसमेत गणतन्त्र दिवसकै समयमा फिर्ता लिएका थिए।

२०७२ साल असार २८ मा नेपालगन्ज ८ मा पर्ने सुर्खेत रोडस्थित धम्बोझी चोकनजिक बस्ने २९ वर्षीय चेतन मानन्धरलाई ढकालसहित १५ जनाको समुहले खुँडा प्रहार गरी हत्या गरेका थिए। मानन्धरलाई हत्या गरेको एक महिनापछि २०७२ भदौ ७ मा ढकालले अदालतमा आत्मसमर्पण गरेका थिए। हत्या गर्दाको समयमा ढकाल नेपाली कांग्रेसको भातृ संगठन तरुण दल बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति समेत रहेका थिए। चेतनको हत्यामा संलग्नहरूलाई कर्तव्य ज्यान मुद्दा चलाइएको थियो। बाँके जिल्ला अदालतले हत्यामा संलग्न १३ मध्ये रिगल, प्रेमध्वज खत्री (प्रशान्त गौतम भनिने), छविलाल बस्नेत (विशाल), मोहनलाल खड्का (नवराज खत्री भनिने)लाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। २०७५ साल वैशाखमा जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले हत्यामा संलग्न भनिएका नौजनालाई भने ३ देखि १० वर्षसम्मको कैद सजाय सुनाएको थियो। जिल्ला अदालतको फैसला अनुसार सर्वस्वसहित जन्मकैदको कानुन अनुसार २० वर्षसम्म कैद बस्नुपर्ने थियो। मुलुकी ऐन अर्थात नयाँ फौजदारी संहिता नआउँदै जन्मकैदको समय २० वर्ष तोकिएको थियो।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस