सुनथरालीमा फेरि कहिले बस्ला ‘चिलगाडी’
१३ कार्तिक २०८०
•
३ मिनेट पाठ
सुनथरालीमा फेरि कहिले बस्ला ‘चिलगाडी’
कालिकोटको सुनथराली विमानस्थल।
सात वर्षअघि कालिकोटको सुनथराली विमानस्थलमा परीक्षण उडान सफल हुँदा स्थानीय मनबहादुर विष्टका आँखा खुसीले रसाएका थिए। विमानस्थल बनाउन खटिएका धादिङको जोगीमाराका १७ जनासहित ३५ जनाको चिहानमाथि ‘चिलगाडी’ बस्ला बन्ने कल्पना उनले गरेका थिएनन्।




‘मेरा लागि यो विमानस्थलसँगको साइनो गज्जबको छ, यहाँ काम गर्दै गर्दा सेनाले हेलिकोप्टरबाट खसालेको बमको छर्रा लागेर घाइते भएँ’, उनले भने, ‘पछि माओवादी लडाकु बनेर यहींबाट सेनाको प्रतिकार गरें, सेनाले हत्या गरेकालाई यही विमास्थलभित्र चिहान खनेर गाड्ने काम पनि गरें, त्यही चिहानमाथि चिलगाडी बसेको आफ्नै आँखाले देख्दा मलाई कस्तो  भयो होला?’

२०७३ माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा सुनथराली विमानस्थलमा परीक्षण उडान हुँदै थियो। सुनथरालीमा ‘चिलगाडी’ आउने खबरले नजिकका गाउँबाट हजारौं स्थानीय भेला भएका थिए।
अवतरणसँगै हजारौं मानिसले तारा एयरको विमान घेरे। यहाँका नागरिकले नजिकबाट विमान नियाल्न पाए। विमान उडाएर ल्याउने चालक दलका सदस्य र सँगै गएका यात्रुलाई फूलमालाले स्वागत गरे।

विष्ट परीक्षण उडान सफल भएकाले नियमित चिलगाडी आउने आशामा थिए। सात वर्ष भयो सुनथरालीमा चिलगाडी नबसेको। २०७४ र त्यसपछि भएका निर्वाचनमा राजनीतिक दलहरूको प्रमुख चुनावी अजेन्डा विमानस्थल सञ्चालन गर्ने हुन्छ।

कालिकोटबाट गठबन्धन दलका तर्फबाट २०७९ मंसिरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित महेन्द्रबहादुर शाहीले आफ्नो चुनावी अजेन्डाको पहिलो बुँदामा पहिलो वर्षमै सुनथराली विमानस्थल सञ्चालनमा ल्याउने उल्लेख थियो।

चुनावका बेला गरेको वाचाअनुसार नियमित नभए पनि दोस्रोपटक परीक्षण उडान आफू निर्वाचित भएको पहिलो वर्षमै गर्ने लक्ष्य शाहीको छ। पटक–पटक परीक्षण उडानका लागि उनले प्रधानमन्त्रीदेखि सरोकारवालासँग भेटे।

परीक्षण उडानको विभिन्न मिति उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरे। अन्तिमपटक भदौ १३ गते सुनथराली विमानस्थलमा परीक्षण उडान हुने कुरा थियो।
अन्तिम समयमा आएर त्यो पनि स्थगित भएपछि उनले फेसबुकमार्फत परीक्षण उडान गर्न नसकेकोमा ‘आफू निकै लज्जित’ भएको लेखेका छन्।

‘प्रधानमन्त्रीको चाहना र कालिकोटका जनताको प्रतीक्षा थियो, ३८ बर्से इतिहास बोकेको सुनथराली विमानस्थलमा जहाज देखियोस्, कोटबाडाको आकाशमा जहाज उडोस्’, उनले लेखेका छन्, ‘तर अफसोच अन्तिम घडीमा भदौ १३ गतेको त्यो सपना पूरा भएन।’

उनले सम्पूर्ण तयारी पूरा हुँदा पनि परीक्षण उडान गर्न नसकेकोमा स्थानीयसँग क्षमा पनि मागेका छन्। शाहीले चैतयता सुनथराली विमानस्थलमा पटक–पटक जहाज परीक्षण उडान गर्ने बताउँदै आएका छन्।

शाहीले फेसबुकमा स्टेटस लेखेको केहीबेरमै उनकै पार्टीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका सुदन किरातीले पनि स्टेटस लेखे। उनले आफ्ना बुवाको निधनका साथै अन्य तयारी पनि पूरा नभएकाले भदौ १३ गते तय गरिएको परीक्षण उडान स्थगन गरिएको लेखे।

भदौ १३ को सट्टा असोज १३ गते कालिकोटको सुनथराली विमानस्थलसँगै डोल्पाको मसिनेचौर विमानस्थलको एकै दिन परीक्षण उडान गर्ने जानकारी फेसबुकमार्फत दिए। मन्त्रीले आफ्नो फेसबुकमार्फत गरेको वाचा पनि पूरा गर्न सकेनन्।

स्थानीयहरू भने एकपटक परीक्षण उडान भइसकेकाले फेरि कतिपटक परीक्षण उडान गर्ने हो भन्दै प्रश्न गरिरहेका छन्।

‘सात वर्षअघि नै परीक्षण उडान सफल भइसकेको हो, फेरि परीक्षण उडान मात्रै गरेर जनताका आँखामा छारो हाल्न पाइन्न’, मदन ऐडीले भने, ‘नियमित उडानमा पहल गर्न आवश्यक छ।’
नेपाली कांग्रेसका नेता दमन शाहीले नियमित उडानतर्फ सबैको पहल हुनुपर्ने बताए। २०७३ मा परीक्षण उडान हुँदा उनी तत्कालीन मन्त्रीको सचिवालयमा कार्यरत थिए। परीक्षण उडानमा उनी पनि सँगै थिए। परीक्षण उडानको फोटो सेयर गर्दै उनले लेखेका छन्, ‘अब सबैको एउटै बुझाइ छ–नियमित उडान हुने गरी जहाज अवतरण गर्नेतर्फ लागौं।’
अर्को समाचार
सुनथरालीमा फेरि कहिले बस्ला ‘चिलगाडी’
१३ कार्तिक २०८०
•
३ मिनेट पाठ
सुनथरालीमा फेरि कहिले बस्ला ‘चिलगाडी’
सात वर्षअघि कालिकोटको सुनथराली विमानस्थलमा परीक्षण उडान सफल हुँदा स्थानीय मनबहादुर विष्टका आँखा खुसीले रसाएका थिए। विमानस्थल बनाउन खटिएका धादिङको जोगीमाराका १७ जनासहित ३५ जनाको चिहानमाथि ‘चिलगाडी’ बस्ला बन्ने कल्पना उनले गरेका थिएनन्।




‘मेरा लागि यो विमानस्थलसँगको साइनो गज्जबको छ, यहाँ काम गर्दै गर्दा सेनाले हेलिकोप्टरबाट खसालेको बमको छर्रा लागेर घाइते भएँ’, उनले भने, ‘पछि माओवादी लडाकु बनेर यहींबाट सेनाको प्रतिकार गरें, सेनाले हत्या गरेकालाई यही विमास्थलभित्र चिहान खनेर गाड्ने काम पनि गरें, त्यही चिहानमाथि चिलगाडी बसेको आफ्नै आँखाले देख्दा मलाई कस्तो  भयो होला?’

२०७३ माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा सुनथराली विमानस्थलमा परीक्षण उडान हुँदै थियो। सुनथरालीमा ‘चिलगाडी’ आउने खबरले नजिकका गाउँबाट हजारौं स्थानीय भेला भएका थिए। अवतरणसँगै हजारौं मानिसले तारा एयरको विमान घेरे। यहाँका नागरिकले नजिकबाट विमान नियाल्न पाए। विमान उडाएर ल्याउने चालक दलका सदस्य र सँगै गएका यात्रुलाई फूलमालाले स्वागत गरे।

विष्ट परीक्षण उडान सफल भएकाले नियमित चिलगाडी आउने आशामा थिए। सात वर्ष भयो सुनथरालीमा चिलगाडी नबसेको। २०७४ र त्यसपछि भएका निर्वाचनमा राजनीतिक दलहरूको प्रमुख चुनावी अजेन्डा विमानस्थल सञ्चालन गर्ने हुन्छ।

कालिकोटबाट गठबन्धन दलका तर्फबाट २०७९ मंसिरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित महेन्द्रबहादुर शाहीले आफ्नो चुनावी अजेन्डाको पहिलो बुँदामा पहिलो वर्षमै सुनथराली विमानस्थल सञ्चालनमा ल्याउने उल्लेख थियो।

चुनावका बेला गरेको वाचाअनुसार नियमित नभए पनि दोस्रोपटक परीक्षण उडान आफू निर्वाचित भएको पहिलो वर्षमै गर्ने लक्ष्य शाहीको छ। पटक–पटक परीक्षण उडानका लागि उनले प्रधानमन्त्रीदेखि सरोकारवालासँग भेटे।

परीक्षण उडानको विभिन्न मिति उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरे। अन्तिमपटक भदौ १३ गते सुनथराली विमानस्थलमा परीक्षण उडान हुने कुरा थियो। अन्तिम समयमा आएर त्यो पनि स्थगित भएपछि उनले फेसबुकमार्फत परीक्षण उडान गर्न नसकेकोमा ‘आफू निकै लज्जित’ भएको लेखेका छन्।

‘प्रधानमन्त्रीको चाहना र कालिकोटका जनताको प्रतीक्षा थियो, ३८ बर्से इतिहास बोकेको सुनथराली विमानस्थलमा जहाज देखियोस्, कोटबाडाको आकाशमा जहाज उडोस्’, उनले लेखेका छन्, ‘तर अफसोच अन्तिम घडीमा भदौ १३ गतेको त्यो सपना पूरा भएन।’

उनले सम्पूर्ण तयारी पूरा हुँदा पनि परीक्षण उडान गर्न नसकेकोमा स्थानीयसँग क्षमा पनि मागेका छन्। शाहीले चैतयता सुनथराली विमानस्थलमा पटक–पटक जहाज परीक्षण उडान गर्ने बताउँदै आएका छन्।

शाहीले फेसबुकमा स्टेटस लेखेको केहीबेरमै उनकै पार्टीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका सुदन किरातीले पनि स्टेटस लेखे। उनले आफ्ना बुवाको निधनका साथै अन्य तयारी पनि पूरा नभएकाले भदौ १३ गते तय गरिएको परीक्षण उडान स्थगन गरिएको लेखे। भदौ १३ को सट्टा असोज १३ गते कालिकोटको सुनथराली विमानस्थलसँगै डोल्पाको मसिनेचौर विमानस्थलको एकै दिन परीक्षण उडान गर्ने जानकारी फेसबुकमार्फत दिए। मन्त्रीले आफ्नो फेसबुकमार्फत गरेको वाचा पनि पूरा गर्न सकेनन्।

स्थानीयहरू भने एकपटक परीक्षण उडान भइसकेकाले फेरि कतिपटक परीक्षण उडान गर्ने हो भन्दै प्रश्न गरिरहेका छन्। ‘सात वर्षअघि नै परीक्षण उडान सफल भइसकेको हो, फेरि परीक्षण उडान मात्रै गरेर जनताका आँखामा छारो हाल्न पाइन्न’, मदन ऐडीले भने, ‘नियमित उडानमा पहल गर्न आवश्यक छ।’

नेपाली कांग्रेसका नेता दमन शाहीले नियमित उडानतर्फ सबैको पहल हुनुपर्ने बताए। २०७३ मा परीक्षण उडान हुँदा उनी तत्कालीन मन्त्रीको सचिवालयमा कार्यरत थिए। परीक्षण उडानमा उनी पनि सँगै थिए। परीक्षण उडानको फोटो सेयर गर्दै उनले लेखेका छन्, ‘अब सबैको एउटै बुझाइ छ– नियमित उडान हुने गरी जहाज अवतरण गर्नेतर्फ लागौं।’
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस