एनआरएनएको सम्मेलन सम्पन्न, श्रम सम्झौता भएका मुलुकसँग नवीकरण गर्न आग्रह
०६ कार्तिक २०८०
•
५ मिनेट पाठ
एनआरएनएको सम्मेलन सम्पन्न, श्रम सम्झौता भएका मुलुकसँग नवीकरण गर्न आग्रह
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन एवं ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व ज्ञान सम्मेलन ९ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ।




गत बिहीवारदेखि काठमाडौंमा सुरु भएको सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै आइतवार साँझ सम्पन्न भएको एनआरएनएले जनाएको छ।

सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए।

सम्मेलनमा  परराष्ट्रमन्त्री एनपी साउदलगायत विभिन्न मन्त्रीहरू, राजदूतहरू, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षलगायतका पदाधिकारी, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरू, पदाधिकारीहरू, अग्रज तथा अभियन्ताहरू एवं विश्वका विभिन्न ५९ मुलुकका ४ हजार २ सय २७  प्रतिनिधि भौतिक र अनलाइनमार्फत् सहभागी भएका थिए।

महाधिवेसनले डा. बद्री केसीको अध्यक्षतामा ७४ जना पदाधिकारी रहेको नयाँ कार्यसमिति निर्वाचित गरेको छ। अनलाइन र प्रत्यक्ष रुपमा भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी आरके शर्मा र महेशकुमार श्रेष्ठ पराजित भएका थिए।

पराजित तथा असन्तुष्टहरुको समूहले छुट्टै कार्यसमिति घोषणा गरेको छ।

महाधिवेशनले महासचिव गौरीराज जोशीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष फणीन्द्र पन्तद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ।

सम्मेलनले नागरिकता प्राप्तिको प्रक्रियालाई सहज र सरल बनाउन नेपाल सरकारसमक्ष अनुरोध गरेको छ। यस्तै, श्रम सम्झौता भएका मुलुकसँग नवीकरण र नयाँ सम्भावित गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न पनि माग गरेको छ।

सम्मेलनले राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान तथा विश्वविद्यालयहरुसँग सहकार्य गरी राष्ट्रिय नीति निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।  

सम्मेलनले बहुसंख्यक नेपालीहरुको उपस्थिति रहेका अफ्रिकी मुलुकहरु, दक्षिण अमेरिका, इराक  लगायतका क्षेत्रमा रहेका नेपाली श्रमिकहरुको समस्या सम्बोधनका लागि पहल गर्न गन्तब्य मुलुकमा दूतावास तथा कन्सुलर  सेवा स्थापना गराउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

यस्तो छ सम्मेलनले जारी गरेको ९ बुँदे घोषणापत्रः  

१. नेपालको संविधान २०७२ को संविधानतः गैरआवासीय नेपाली नागरिकताको प्रावधान लागू गरेकोप्रति सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार, प्रतिनिधिसभा, राष्ट्रियसभा लगायत सम्बन्धित सरोकारवाला सबै प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछ। साथै नागरिकता प्राप्तिको प्रकृयालाई सहज र सरल बनाउन नेपाल सरकार समक्ष अनुरोध गरिन्छ।

२.विदेशमा बस्ने नेपाली नागरिकहरुलाई मताधिकारको व्यवस्था भइसकेको अवस्थामा  त्यसको कार्यान्वयनका लागि हाल बनिरहेको आवश्यक ऐन, कानून निर्माण कार्यलाई तीव्रता दिनुका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीहरुले सम्बन्धित देशस्थित नेपाली कूटनीतिक नियोगहरुमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्ने एवं राष्ट्रिय परिचयपत्र  समेत बनाउन सक्ने व्यवस्था मिलाउनका लागि नेपाल सरकार, निर्वाचन आयोग लगायत सम्बद्ध निकायहरुलाई संघ हार्दिक आग्रह गर्दछ।

३. वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगारमा रहेका बढीभन्दा बढी नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न गैरआवासीय नेपाली संघ नेपाल सरकारसँग हाल जारी सहकार्यलाई थप अघि बढाउन प्रतिबद्ध छ। यसका साथै, गैरआवासीय नेपाली एवं विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले विदेशबाट पठाएको विप्रेषणलाई उपभोगमुखीभन्दा पनि उत्पादनमुखी क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्दै सामूहिक लगानीको योजनामार्फत राष्ट्र विकासमा योगदान गर्नका लागि ठोस योजना यथाशक्य छिटो ल्याउन संघ नेपाल सरकार समक्ष अनुरोध गर्दछ।

४. वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दक्ष तथा तालिम प्राप्त जनशक्ति मात्र विदेशमा पठाउने, थप नयाँ गन्तव्य मुलुक पहिचान गरेर उक्त देशको परिवेश अनुसार सचेतनात्मक सूचना प्रवाह गर्ने तथा श्रम सम्झौता भएको मुलुकसँग नवीकरण र नयाँ सम्भावित गन्तव्य मुलुकसंग श्रम सम्झौता गर्न संघ अनुरोध गर्दछ।

५. विज्ञान तथा प्रविधि क्षेत्रमा संलग्न गैरआवासीय नेपालीको तथ्यांक तयार गर्दै तिनमा संलग्न शैक्षिक संस्था एवं अनुसन्धान केन्द्र र नेपालका शैक्षिक संस्था र अनुसन्धान केन्द्रबीच समन्वयको वातावरणका साथ प्राज्ञिक आदानप्रदान तथा नेपाल र नेपालीको प्राथमिकताका आधारमा संयुक्त अनुसन्धान सम्बन्धी क्रियाकलापका लागि अनुकूल वातावरण तयार पार्न सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ।

६. विश्व ज्ञान सम्मेलनको निष्कर्ष अनुसार नेपाल सरकारका सबै तह तथा निजी क्षेत्रलाई आफ्नो बजेटको कम्तीमा १ प्रतिशत अनुसन्धान तथा विकासमा खर्च गर्न, त्यस्तो रकमलाई कर छुट सम्मेलन आह्वान गर्दछ।  त्यसै गरी नेपाल सरकार, निजी क्षेत्र तथा एनआरएनए समेतको सहभागितामा एउटा सामूहिक कोष खडा गरी  सबै पक्षको सहभागितामा एउटा संचालक समिति समेत गठन गर्ने व्यवस्था मिलाउन  यो सम्मेलन आग्रह गर्दछ । साथै, यो सम्मेलन राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान तथा विश्वविद्यालयहरुसंग सहकार्य गरी राष्ट्रिय नीति निर्माणमा सक्रिय भूमिका निेर्वाह गर्न आग्रह गर्दछ। विश्व ज्ञान सम्मेलनका निस्कर्षहरु कार्यान्वयन गर्न एउटा कार्यदल बनाउन पनि नेपाल सरकारलाई यो सम्मेलन अनुरोध गर्दछ।

७. गैरआवासीय नेपाली संघको अभियान मार्फत महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गर्नुका साथै दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई नेपाल र नेपाली भाषा तथा संस्कृतिसँग जोड्ने किसिमका योजना निर्माण तथा कार्यान्वयनका लागि संघ नेपाल सरकारसंग अनुरोध गर्दछ।

८. बहुसंख्यक नेपालीहरुको उपस्थिति रहेका अफ्रिकी मुलुकहरु, दक्षिण अमेरिका, इराकलगायतका क्षेत्रमा रहेका नेपाली श्रमिकहरुको समस्या सम्बोधनका लागि पहल गर्न गन्तब्य मुलुकमा दूतावास तथा कन्सुलर  सेवा स्थापना गराउन संघ नेपाल सरकार समक्ष अनुरोध गर्दछ।

९. आफ्नो ज्ञान, सीप र पूँजीलाई मातृभूमिको समृद्धिमा लगानी गर्न आह्वान गर्दै यो सम्मेलनलाई सफल बनाउन सहयोग गर्नुहुने नेपाल सरकार, विभिन्न राजनैतिक दलहरु, प्रायोजकहरु, संघका अग्रज तथा अभियन्ताहरु, संचारकर्मी लगायत सरोकारवालाहरु प्रतिसंघ हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस