जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे...
२५ असोज २०८०
•
३ मिनेट पाठ
जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे...
मोतिराम पुरीजी नमस्कार! जिल्ला प्रहरी कार्यालय सुर्खेतको पीडित सहायता कक्षबाट म उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बोल्दैछु। जिल्ला प्रहरी कार्यालयको कन्ट्रोलमा बसेर दैलेखका मोतीरामसँग कुरा गर्दै गरेका उपप्रधानमन्त्री खड्काले भने, 'तपाईंले दिनु भएको जाहेरी अनुसार अहिलेसम्म प्रतिवादी पक्राउ परेका छन्, थप प्रमाण बुझ्ने काम भइरहेको छ। क्षतिपूर्तिकका लागि लेखि पठाइएको छ। जाहेरी उपर थप कारवाही हुने वित्तिकै हरेक बेलुका पाँच बजेदेखि छ बजेभित्र तपाईँलाई फोन आउँछ । प्रहरी कार्यालय अबदेखि तपाईंजस्ता पीडितहरू धाइरहनु पर्दैन।'




प्रहरीको टेलिफोन नम्वरबाट उपप्रधानमन्त्रीले फोन गरेको कुरा सुरुमा पुरीले पत्याएनन्। तर, आफूले दिएको जाहेरी र भइरहेको प्रगति विवरण सुनाउँदा उनले सुनिरहे। फोनमा उपप्रधानमन्त्रीले भने,‘सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गत सबै प्रहरी युनिटमा पीडित सहायता कक्ष शुभारम्भ गर्ने क्रममा तपाईंसँग कुरा गर्दैछु। आजदेखि पीडितहरू प्रहरी कार्यालय धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ, प्रहरी आफैले हरेक दिन तपाईँलाई फोन गर्नेछ।’

अघिल्लो महिना दैलेखको आठवीस नगरपालिका–६ का मोतीराम पुरीका पाँच वर्षीय छोरा दिग्दर्शन पुरीको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो। ठक्कर दिने मोटरसाइकल र चालक पक्राउको माग गर्दै पीडित परिवारले तीन दिनसम्म आन्दोलन गर्यो। वीरेन्द्रनगर मात्रै होइन्, कर्णाली राजमार्ग पनि अवरुद्ध भयो। प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालक गुर्भाकोट–१४ का ३१ वर्षीय अर्जुन पुनलाई पक्राउ गर्यो।  

यहीँ घटनाका विषयमा उपप्रधानमन्त्रीबाट प्रगति विवरण सुनेका पुरीले आफूहरूले न्याय पाउनुका साथै क्षतिपूर्ति पाउनेमा आशावादी रहेको बताए। ‘दैलेखबाट राम्रो शिक्षाका लागि प्रदेश राजधानी पठाएको छोराको मृत्यु भयो,’ उनले भने, ‘मोटरसाइकल चालकलाई कारवाही र क्षतिपूर्तिको माग हामीले राखेका छौं, उपप्रधानमन्त्री आफैले फोन गरिसकेपछि हाम्रो माग पूरा हुनेमा आशावादी भएका छौं।’

उपप्रधानमन्त्री खड्काले जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको मुद्दा दिएकी वीरेन्द्रनगरकी राजकुमारी पाण्डेसँग पनि फोनमार्फत कुराकानी गरे। ‘तपाईंले बहुविवाह सम्बन्धी उजुरी दिनु भएको रहेछ, त्यसको बारेमा तपाईंलाई जानकारी गराउँदैछु,’ आफ्नो परिचय दिँदै उपप्रधानमन्त्री खड्काले भने, ‘प्रतिवादीलाई अदालतबाट म्याद थप गरिएको छ, साँक्षी प्रमाण बुझ्ने काम सकिएको छ, प्रतिवादीहरूसँगै बसेको र श्रीमान–श्रीमति भनेर कुरा भएको प्रमाण सङ्कलन गरिएको छ।’

पप्रधानमन्त्री खड्काले अवदेखि आफूले दिएको जाहेरीका विषयमा पटक–पटक प्रहरी कार्यालय धाइरहनुपर्ने बाध्यताको ‘पीडित सहायता कक्ष’ले अन्त्य गर्ने बताए। ‘जाहेरी दिइसकेपछि के–कस्तो कारवाही भयो भन्ने विषयमा जानकारी लिन अव प्रहरी कार्यालय धाइरहनुपर्ने बाध्यताको अन्त्य भएको छ,’ कर्णालीमा पीडित सहायता कक्षको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले भने, ‘यो उदाहरणीय कार्य हो, यसलाई अन्य प्रदेशमा पनि लागू गरिनुपर्छ।’

उनले पीडितमैत्री प्रहरी सेवाका लागि अभियान प्रभावकारी हुने बताउँदै तल्लो तहका प्रहरी कर्मचारीसम्म यसको स्वामित्व लिने वातावरण बनाइनुपर्ने बताए। ‘पीडितलाई हरेक दिन फोन गरेर उजुरी उपर भइरहेको प्रगतिका बारेमा जानकारी गराउनु सामान्य कुरा होइन्, यो चुनौतिपूर्ण छ,’ उपप्रधानमन्त्री खड्काले भने, ‘यो अभियानलाई सफल बनाउका लागि सबै प्रहरी कर्मचारीले अभियानको स्वामित्व लिन आवश्यक छ।’ उपप्रधानमन्त्री खड्काले जनता देशका मालिक हुन् र जनप्रतिनिधि तथा कर्मचारी हाम्रा सेवकहरू हुन् भन्ने भावनाको विकास गराउन अभियानले टेवा पुर्याउने बताए।  

उनले पीडित बारम्बार प्रहरी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनु ठूलो कुरा भएको बताए। उनले प्रहरीले गाली गर्ने हुन् कि भन्ने मानसिकताबाट सेवाग्राहीलाई मुक्त गर्नुपर्ने बताए।  

उपप्रधानमन्त्री खड्काले जनताको मतबाट बनेको संविधानबाट जनता सार्वभौमसत्ता सम्पन्न भएको बताउँदै सोही अनुसार सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताए। ‘राजा हुँदा राज संस्थामा थियो, सार्वभौमसत्ता राजसंस्थामा निहित थियो,’ उनले भने, ‘२०७२ सालको संविधानले नेपाली जनताको हातमा सार्वभौमसत्ता सुम्पेको छ,’ उनले भने, ‘सार्वभौमसत्ता सम्पन्न जनताले हेपिनुपर्ने, अन्यायमा पर्नुपर्ने परम्परागत शासकीय स्वरुपलाई रुपान्तरण गर्नका लागि प्रहरीले सुरु गरेको सेवा महत्वपूर्ण छ।
अर्को समाचार
स्वास्थ्य क्षेत्रको विकास सरकारको उच्च प्राथमिकता छ : उपप्रधानमन्त्री खड्का
०७ पौष २०८०
•
१ मिनेट पाठ
स्वास्थ्य क्षेत्रको विकास सरकारको उच्च प्राथमिकता छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकता राखेको बताएका छन्।




ब्याक टू लाईफुको सहयोग, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र मानव अधिकार तथा वातावरण विकास केन्द्रको सहकार्यमा गुर्भाकोट नगरपालिका ७ सुर्खेतस्थित मेहलकुना अस्पतालमा आज शनिबार आयोजित ‘एक दिने हृदय रोग’ निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले स्वस्थ समाज निर्माणमा सरकार केन्द्रित रहेको बताएका हुन।

उनले भने, ‘मानव जीवनका लागि स्वास्थ्य महत्त्वपूर्ण कुरा हो। स्वस्थ नागरिक उत्पादनले समृद्ध समाज बन्छ। तल्लो तहमा स्वास्थ्य सेवा पुग्नेगरी संरचनाको निर्माण तथा विकासमा सरकारले ध्यान दिएको छ।’ उनले ब्याक टू लाईफ संस्था र शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले कर्णालीका विकट जिल्लामा पुगेर मुटु रोग जस्तो संवेदनशील उपाचार सेवा निःशुल्क प्रवाह गरेको प्रति कृतज्ञता व्यक्त गरे। कार्यक्रममा ब्याक टु लाईफका देशीय निमित्त निर्देशक डिकेन्द्रलाल ढकालले कर्णालीका नागरिकले सहजै प्राप्त गर्न नसक्ने मुटु रोगको उपचार सेवामा सहयोग पुर्याउने ध्येयले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए।

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका डा चन्द्रमणि अधिकारीले मुटु रोगीहरुको निःशुल्क उपचार गरिने ठूलो रोग देखिए केन्द्रले शल्यक्रियामा सहयोग गर्ने बताए। मेहलकुना अस्पतालका प्रमुख डा। सोजन सापकोटाले काठमाडौं पुगेर उपचार गर्नसक्ने अवस्था नभएका मुटु रोगका बिरामीहरूलाई केन्द्रले ठूलो सहयोग पुर्याएको जनाए।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५२ सेकेन्ड अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस