राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी
०६ असोज २०८०
•
१० मिनेट पाठ
राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी
टासी लामा र हस्त गौतम ।




सविता खड्का

दोलखाकी सरिता भुजेलको परिवारले चार वर्षअघि एक म्यानपावर कम्पनीलाई ३० लाख रूपैयाँ बुझाए पनि अहिलेसम्म विदेश जाने साइत जुरेको छैन। काठमाडौंको सिनामंगलस्थित विस एचआर सोलुसन म्यानपावरका सञ्चालक तुल्सीप्रसाद श्रेष्ठले सरिताबाट जापान पठाइदिने भन्दै १० लाख र उनकै दिदीका दुई छोराबाट अमेरिका पठाइदिने भन्दै २० लाख लिएका थिए। यसरी उक्त म्यानपावरमा पैसा फस्नेमा सरितासहित ४३ जना छन्। विभिन्न मुलुक पठाउने भनी उनीहरूबाट ४ करोड रूपैयाँ असुलिए पनि कसैले अहिलेसम्म उड्न पाएका छैनन्।

‘सञ्चालकहरू तुल्सीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामीलगायतले जापानका लागि भाषा पढ्नुपर्दैन भन्दै पैसा लिएको आज करिब चार वर्ष हुन लाग्यो। पैसा कमाउन विदेश जान खोज्दा ऋणको ब्याज तिर्दै यहीँ बस्नुपरेको छ,’ सरिताले भनिन्। जापान जाने आशामा ठुलो रकम फस्दा घरपरिवारका सबैजना टाढिन थालेको गुनासो उनले गरिन्। ‘गरिबका लागि १० लाख रूपैयाँ ठुलो रकम हो। त्यति धेरै पैसा एकैचोटि देखेकी पनि थिइनँ,’ उनले भनिन्, ‘आज त्यही पैसाले दिनप्रतिदिन मार्दै छ। पैसाले मान्छेलाई पोल्दो रहेछ। हरेक दिन ऋण दिएका साहु घर आइपुग्छन्, सबैका सामुन्ने थर्काउँछन्।’ त्यही ऋणका कारण पतिसँग कलह हुने गरेको उनको भनाइ छ। ‘घरमा सानो छोरो छ। उसलाई छोडेर कहाँ जाऊँ ?’ उनले भनिन्, ‘त्यही पैसाकै कारण पतिसँग छुट्टिनुपर्ने अवस्था आएको छ, सधैं झगडा भइरहन्छ। ब्याज कसरी तिरूँ, छोरालाई कसरी पढाऊँ, आफ्नो कमाइ छैन।’ विदेश जाने मोहले ठगीमा परेकाले राहदानी नै च्यातेर फ्याँकिदिने सोचमा आफू पुगेको बताउँदै उनले भनिन्, ‘यसले गर्दा नै त हो, यत्रो बबन्डर मच्चिएको।’  

सञ्चालक श्रेष्ठको भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘जापान जान २६ लाख चाहिन्छ। पुरै सेटिङमा जापान पुग्ने हो। त्यहाँ पुगेपछि पैसा त कति हो कति। तिम्री दिदीका छोराहरूलाई पनि सहजै अमेरिका पु¥याउँछौं।’ सञ्चालक श्रेष्ठले मिठो तरिकाले पैसा लिएर अहिले साह्रै नमिठो स्थितिमा पु¥याएको भन्दै उनले गुनासो गरिन्। जापान पठाउन नसकेको अवस्थामा पैसा फिर्ता माग्दा उल्टै नमिठो वचन बोलेको उनले बताइन्। सञ्चालक श्रेष्ठ र पुलामीको नमिठो बोली सम्झिँदै उनले भनिन्, ‘पैसा पूरा पनि दिएकै थिइनौं अनि कसरी जापान पुगिन्छ ? अब पोल्यान्ड जाने भए पठाइदिन्छु। अब जापान जान सम्भव छैन। धेरै फोन नगर्नू। त्यही पैसा पनि फस्ला ? चुप लागेर बस्नू, काम हुन्छ। काम भएन भने पैसा फिर्ता गरौंला।’ उक्त म्यानपावरबाट ठगिने सरितालगायत सबै पीडितका आआफ्नै कथा छन्।

वैदेशिक रोजगारीको आशा देखाई सोलुसनका सञ्चालक श्रेष्ठले ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ रूपैयाँ ठगी गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका अनुसार उक्त म्यानपारका सञ्चालक श्रेष्ठको नेतृत्वमा परिचालित लालबहादुर पुलामी, अमृत श्रेष्ठ र कर्मचारी रमेश कोइराला भनिने फणिन्द्र कोइरालासमेतको मिलेमतोमा करोडौं रकम उठाइएको हो। सञ्चालक श्रेष्ठलगायतले ४३ जना पीडितलाई पोल्यान्ड, क्रोएसिया, जापान, कतार, अमेरिकालगायत देशमा वैदेशिक रोजगारीमा पठाउने भन्दै प्रत्येकबाट लाखौं ठगी गरेको पाइएको हो।

विभिन्न देश पठाउने भन्दै झुटो आश्वासन दिएर विस एचआर सोलुसन म्यानपावरले ४३ जनालाई ठगी गरेको विभागका सूचना अधिकारी कविराज उपे्रतीले बताए। ‘बेरोजगार युवाहरूलाई त्यस म्यापावरका सञ्चालक श्रेष्ठलगायतले विभिन्न देश लाने आश्वासन देखाएर पैसा असुलेका छन्,’ उनले भने, ‘उनीहरूबाट ठगी भएको रकम सानो छैन, झन्डै चार करोड। म्यानपावरविरुद्ध ४३ जना पीडितले विभागमा उजुरी पहिल्यै दिएका थिए। त्यसतर्फ हाम्रो ध्यानाकर्षण भएको छ।’ पीडितहरूलाई न्याय दिलाउने प्रयास भइरहेको सूचना अधिकारी उप्रेतीले बताए।

विभागका अनुसार उक्त म्यानपावर कम्पनीले विदेश पठाउने भन्दै लिएको करोडौं रकम ती पीडितलाई फिर्तासमेत गरिएको छैन। यसरी कानुनविपरीत कार्य गरेको हुँदा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिमको विस एच सोलुसन प्रालिका सञ्चालकलगायत ठगीमा संलग्न अन्य व्यक्तिहरूलाई पनि सोही ऐनबमोजिम सजाय हुने विभागको भनाइ छ। साथै म्यानपावरको इजाजतपत्रसमेत खारेज गरी सोही ऐनको दफा ४४ बमोजिम पीडित ४३ जनासँग असुलेको कुल रकम र सोको ५० प्रतिशतले हुन आउने जरिवाना सोही म्यानपावरबाट तिराउन लगाइने पनि विभागको भनाइ छ। असोज २ गते मात्रै पीडितहरूलाई जरिवाना भराई पाऊँ भनी मागदाबी लिई वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष अभियोगपत्र दायर गरिएको विभागका सूचना अधिकारी उपे्रतीले जानकारी गराए।  

ठगीमा पर्नेहरू सरिता भुजेल, दिनेश बोगटी, प्रेमकुमार बस्नेत, ईश्वर केसी, बिर्जु महर्जन, सुजाता फुयाँल, पर्शुराम बस्नेत, मायाकुमार लुङवा, सुसन त्यात, आनन्द अधिकारी, पारस अवाले, वर्षा सेढाईं, नकुल बस्नेत, दोर्जे शेर्पा, युद्धवीर अधिकारी, राजु कार्की, सुमन थापा छन्। त्यसैगरी प्रकाश अवाले, पुष्परत्न शाक्य, कपिल रोका, ओमकृष्ण खत्री, कविकुमार लामा, हरिचन्द्र अधिकारी, सुमन अधिकारी, विज्ञान दाहाल, रमेश आचार्य, राकेकुमार भट्टराई, श्यामनरेश साह हलुवाई, सन्तोष योङ्या, शिव राई, जीवन वसेल, खगेन्द्र बसेल, अमर सुनार, सोनी लामा, कृष्ण महर्जनलगायत अरू आठजना उक्त म्यानपावरबाट ठगीमा परेका हुन्।

अमेरिका हिँडेका नेपाली पाँच महिनादेखि फिलिपिन्समा बन्धक

‘बाबा ! मलाई एउटा साइकल किनिदिनुस् न। साथीहरूको बाबाले केके किनिदिनुहुन्छ। मलाई साइकल मात्र चाहिएको हो बाबा !’ फिलिपिन्समा पाँच महिनादेखि बन्धक संखुवासभाका टासी शेर्पा छोरीका यिनै शब्द सम्झीसम्झी भक्कानिन्छन्, ‘छोरीले के नै मागेकी थिइन् र ? त्यही साइकल नकिनीकन मैले अमेरिका जाने प्रलोभनमा परेर दलाललाई ३५ लाख बुझाएँ।’  

आश्रय दिइरहेका होटल मालिकले शेर्पालाई कोठाबाट निकालेको शुक्रबार एक साता पुगेको छ। अहिले भ¥याङको चिसो भुइँमा बसिरहेको बताउँदै उनले भनेका छन्, ‘खानेबस्ने ठेगान छैन। दिन हो कि रात, थाहा हुन्न।’  

भिडियोमार्फत उनले भनेका छन्, ‘म जहाँ छु, यो ठुलो अपार्टमेन्ट हो। बाहिर कहीँ जान पनि मिल्दैन। खानेकुरा नखाएको धेरै दिन भयो। शौचालयको पानी खाएर बाँचिरहेको छु। यहीँबाट हाम फालेर मरूँ झैं लाग्छ। तर छोराछोरी सम्झेर मर्न पनि सक्दिनँ। बालबच्चा सानै छन्।’

उनी नेपालमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए। मलेसियामा १६ वर्ष पसिना चुहाएर कमाएको पैसा स्वाहा भएको उनले बताए। उनी वैशाखमा मात्र अमेरिका जाने भन्दै घरबाट निस्किएका थिए। त्यसअघि काठमाडौंमा बस्दा एक दिन ‘पठाओ’ चढेका बेला पठाओवालाले ‘अमेरिका जाने ?’ भनी सोधेको उनले बताए।  

आफूसँग अमेरिका पु¥याउने  

मान्छे चिनजान भएको र तिनले मान्छेले २÷३ सय नेपालीलाई अमेरिका पठाइसकेको भन्दै पठाओवालाले  

कमल तामाङसँग आफ्नो चिनजान गराएको शेर्पाले बताए। भेट बाक्लिँदै जाँदा शेर्पा एजेन्ट तामाङको कुरामा

मग्न हुँदै गए।  

तामाङको भनाइ उद्धृत गर्दै शेर्पाले भने, ‘हाम्रो मेन मान्छे हस्त गौतम हो। उसले अहिलेसम्म कैयौँ मान्छे अमेरिका पठाइसकेको छ। तपाईं पनि चाँडै पैसा जुटाउनुस्, १५ दिनमै अमेरिका पुग्नुहुन्छ। त्यसपछि स्वर्गको आनन्द पाउनुहुन्छ।’ एजेन्ट तामाङको गफ सुन्दा शेर्पाले अहिले भोगिरहेको पीडाको परिकल्पना गरेकै थिएनन्। अमेरिकामा महिनाको ५÷६ लाख सजिलै कमाउन सकिन्छ भनेर घरसल्लाह गरेरै हिँडेको तर फिलपिन्समा आएर बन्धकमा परेको उनले बताए। ‘म यहाँ बन्धकमा परेको छु। अब विदेश जाने कल्पना पनि गर्नु छैन। स्वदेश आउन सके त गिटी कुटेरै परिवार पाल्थें। भारी पनि बोक्थें।’

नेपालबाट भारतको दिल्ली, त्यसपछि सिंगापुर हुँदै फिलिपिन्स पु¥याई बन्धक बनाइएका शेर्पाले भने, ‘सिंगापुर आएलगत्तै मलाई हस्त गौतम लिन आयो। तपाईंको अमेरिका जाने काम हुँदै छ। यताउता कामकुरो मिलाउनुपर्छ। साथमा भएको पैसा दिनुहोस् भन्दै २४ सय डलरसँगै सबै कागजपत्रलगायत पासपोर्ट लिएर गएको हस्तसँग फेरि भेट भएको छैन।’ जसरी भए पनि नेपाल फर्काइदिनू भन्दै फिलिपिन्समा बन्धकमा रहेका शेर्पाले अपिल गरेका छन्। ‘नेपाल आउने क्रममा सास रहला कि नरहला, त्यो त थाहा छैन। बरू मलाई पैसा चाहिँदैन,’ उनले भने, ‘अन्तिम पटक परिवारसँग भेट्नु छ। जसरी भए पनि मलाई स्वदेश फर्काइदिनुहोला। यो मेरो अन्तिम इच्छा हो।’

हस्त गौतमले लाखौंलाख कुम्ल्याएर शेर्पालाई जस्तै धेरै नेपालीलाई अलपत्रमा पारेका छन्। गौतमको इसारामा चल्ने अर्का एक एजेन्ट फिलिपिन्समा रहेको पीडितको भनाइ छ। ८ हजार डलर तिरे मात्रै पासपोर्ट दिने भनेको शेर्पाले नागरिकलाई बताए। यसरी दलालीको चंगुलमा परेर विभिन्न कष्ट भोग्दै लाखौं रकम खर्चेर नेपालबाट अमेरिका जाने चलन पछिल्लो समय व्यापक बनेको छ। यसरी कमल र हस्तले अमेरिका पठाउने भन्दै १३ नेपालीलाई फिलिपिन्समा मर्नु न बाँच्नुको अवस्थामा पु¥याएको मानव बेचबिखन अनुसन्धान ब्युरोले बताएको छ।  

ब्युरोका अनुसार दलालहरूले भनेजस्तो चोर बाटोबाट अमेरिका पुग्न सहज छैन। अमेरिका पुग्न महिनौं लाग्छ। अनेक देशमा लोकल दलाल र तिनका एजेन्ट हुन्छन्। कुनै एक ठाउँमा सेटिङ बिग्रियो भने कुरो बिग्रियो। अनि बाटैमा अलपत्र पर्ने सम्भावना पनि हुन्छ। खल्तीमा पैसा भए त ठिकै छ, भएन भने वा दलालहरूले छाडेर भागे अपरिचित देशमा गुमनाम मृत्यु कुर्नुबाहेक अरू विकल्प नहुने ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठले बताए।  

‘चोरबाटोबाट लाखौं खर्चेर यात्रा गर्नेलाई केही थाहा हुन्न। उनीहरू अन्तर्राष्ट्रिय संगठित अपराधका सदस्य बन्दै गरेका हुन्छन्,’ उनले भने, ‘ह्युमन स्मगलिङलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय संगठित अपराधका रूपमा पहिचान गरेको छ। यो त सजिलै थाहा हुन्छ कि एक नेपाली चोर बाटोबाट अमेरिका प्रवेश गर्न एउटा देशका मात्र दलाल सहभागी हुँदैनन्, कैयौं देशका दलाल त्यसमा सहभागी हुनुपर्छ।’ चोर बाटोबाट अमेरिका पुग्न विमान, गाडी र डुंगाको यात्रा गर्नुपर्ने एसएसपी श्रेष्ठले बताए।

अमेरिका पठाइदिने भनी मानव बेचबिखन गर्ने गिरोहका नाइके भनिने हस्त गौतमले विभिन्न प्रलोभन देखाई अमेरिका पठाइदिने भनी नेपाली नागरिकलाई दुबई, थाइल्यान्ड, फिलिपिन्स, जाम्बिया, सिंगापुर, हङकङलगायत देशमा पु¥याई अलपत्र पारेको ब्युरोको भनाइ छ। गौतमले पीडितबाट राहदानी, मोबाइलसमेत लिई ठुलो मात्रामा पैसा माग्ने गरेको, एजेन्टले भनेजति पैसा नदिए शारीरिक–मानसिक यातना दिने गरेको श्रेष्ठले बताए। नेपाली नागरिकलाई अलपत्र पार्ने कार्यमा गौतमसहित अन्य व्यक्तिविरुद्ध मानव बेचबिखन, ओसारपसार तथा संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको उनको भनाइ छ।  

अमेरिका पुग्न सबै देशको यात्रा बिनाभिसा लुकिछिपी सेटिङ मिलाएर गर्नुपर्ने भएकाले जोखिम उत्तिकै हुने गरेको एसएसपी श्रेष्ठले बताए। ‘ती नेपाली कुनै पनि देशमा समातिन सक्छन्। मेक्सिको पुगेपछि भने अमेरिकाको सँघारमै आइपुगियो भन्ने हुन्छ,’ उनले भने, ‘मेक्सिको र अमेरिकाको सीमामा ठुल्ठुला पर्खाल लगाइएका छन्। तर तस्करहरूले सुरुङ खनेर बनाएको बाटोबाट होस् कि प्रहरीको आँखा छलेर होस्, अमेरिकी भूमिमा छिराउने गरेका छन्।’

एसएसपी श्रेष्ठका अनुसार चोरबाटोको रुटमा पर्ने विभिन्न देशमा धेरै नेपाली अलपत्र अवस्थामा छन्। ‘सबैले लाखौं खर्च गरेका छन्। कतिले चर्को ब्याजमा ऋण लिएका होलान्। उनीहरूको स्थिति के होला ? कल्पना गर्दा पनि डर लाग्छ,’ श्रेष्ठले भने।  

मृदुल पनि भनिने गौतमले सयौं नेपालीलाई पु¥याइसकेको खुल्न आएको बताइएको छ। पूर्वी रुकुम जन्मस्थान भए पनि हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका ५२ वर्षीय गौतमलाई रूपन्देहीको बेलहियाबाट गत भदौ २० गते मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। अहिले प्रहरी हिरासतमा हस्त र उनीबाटै परिचालित एजेन्ट कमल तामाङसमेत छन्।

गौतमले आफ्नो आधार मेक्सिकोमा बनाई विश्वासिला पाँच एजेन्टलाई नेपाल, दुवई, सिँगापुर, फिलिपिन्स, थाइल्यान्ड, श्रीलंका, कोलम्बिया, लेटिन अमेरिकालगायत देशमा परिचालन गरी नेपालीलाई अमेरिका पठाउँदै आएका थिए। नेपालीलाई अमेरिका पठाउने भन्दै ठुलो मात्रामा रकम लिने, बन्धक बनाउने, थप पैसा माग्दै जाने, शारीरिक–मानसिक यातना दिने र अन्य व्यक्तिहरूलाई बेचबिखन गर्नेजस्ता कार्य गर्ने गरेको प्रहरी एसएसपी श्रेष्ठले बताए।  

अमेरिका पठाइदिने भनी हस्त गौतमले नै पठाइएकामध्ये फिलिपिन्समा १२÷१३ जना अलपत्र अवस्थामा रहेको ब्युरोले जनाएको छ। त्यसरी बन्धकमा रहेका नेपालीको उद्धारका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको प्रहरी एसएसपी श्रेष्ठले बताए। पीडितहरूबाट विभिन्न मितिमा अमेरिका पठाइदिने भन्दै अन्य एजेन्टहरू समेतलाई परिचालन गरी २ करोडभन्दा बढी पैसा लिइसकेको उनलाई पक्राउ गर्ने मानव बेचबिखन अनुसन्धान ब्युरोको भनाइ छ।
अर्को समाचार
राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी
०६ असोज २०८०
•
४ मिनेट पाठ
राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी
दोलखाकी सरिता भुजेलको परिवारले चार वर्षअघि एक म्यानपावर कम्पनीलाई ३० लाख रूपैयाँ बुझाए पनि अहिलेसम्म विदेश जाने साइत जुरेको छैन। काठमाडौंको सिनामंगलस्थित विस एचआर सोलुसन म्यानपावरका सञ्चालक तुल्सीप्रसाद श्रेष्ठले सरिताबाट जापान पठाइदिने भन्दै १० लाख र उनकै दिदीका दुई छोराबाट अमेरिका पठाइदिने भन्दै २० लाख लिएका थिए।




यसरी उक्त म्यानपावरमा पैसा फस्नेमा सरितासहित ४३ जना छन्। विभिन्न मुलुक पठाउने भनी उनीहरूबाट ४ करोड रूपैयाँ असुलिए पनि कसैले अहिलेसम्म उड्न पाएका छैनन्।

‘सञ्चालकहरू तुल्सीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामीलगायतले जापानका लागि भाषा पढ्नुपर्दैन भन्दै पैसा लिएको आज करिब चार वर्ष हुन लाग्यो। पैसा कमाउन विदेश जान खोज्दा ऋणको ब्याज तिर्दै यहीँ बस्नुपरेको छ,’ सरिताले भनिन्।

जापान जाने आशामा ठुलो रकम फस्दा घरपरिवारका सबैजना टाढिन थालेको गुनासो उनले गरिन्। ‘गरिबका लागि १० लाख रूपैयाँ ठुलो रकम हो। त्यति धेरै पैसा एकैचोटि देखेकी पनि थिइनँ,’ उनले भनिन्, ‘आज त्यही पैसाले दिनप्रतिदिन मार्दै छ। पैसाले मान्छेलाई पोल्दो रहेछ। हरेक दिन ऋण दिएका साहु घर आइपुग्छन्, सबैका सामुन्ने थर्काउँछन्।’
त्यही ऋणका कारण पतिसँग कलह हुने गरेको उनको भनाइ छ। ‘घरमा सानो छोरो छ। उसलाई छोडेर कहाँ जाऊँ?’ उनले भनिन्, ‘त्यही पैसाकै कारण पतिसँग छुट्टिनुपर्ने अवस्था आएको छ, सधैं झगडा भइरहन्छ। ब्याज कसरी तिरूँ, छोरालाई कसरी पढाऊँ, आफ्नो कमाइ छैन।’ विदेश जाने मोहले ठगीमा परेकाले राहदानी नै च्यातेर फ्याँकिदिने सोचमा आफू पुगेको बताउँदै उनले भनिन्, ‘यसले गर्दा नै त हो, यत्रो बबन्डर मच्चिएको।’

सञ्चालक श्रेष्ठको भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘जापान जान २६ लाख चाहिन्छ। पुरै सेटिङमा जापान पुग्ने हो। त्यहाँ पुगेपछि पैसा त कति हो कति। तिम्री दिदीका छोराहरूलाई पनि सहजै अमेरिका पुर्‍याउँछौं।’ सञ्चालक श्रेष्ठले मिठो तरिकाले पैसा लिएर अहिले साह्रै नमिठो स्थितिमा पुर्‍याएको भन्दै उनले गुनासो गरिन्।

जापान पठाउन नसकेको अवस्थामा पैसा फिर्ता माग्दा उल्टै नमिठो वचन बोलेको उनले बताइन्। सञ्चालक श्रेष्ठ र पुलामीको नमिठो बोली सम्झिँदै उनले भनिन्, ‘पैसा पूरा पनि दिएकै थिइनौं अनि कसरी जापान पुगिन्छ? अब पोल्यान्ड जाने भए पठाइदिन्छु। अब जापान जान सम्भव छैन। धेरै फोन नगर्नू। त्यही पैसा पनि फस्ला? चुप लागेर बस्नू, काम हुन्छ। काम भएन भने पैसा फिर्ता गरौंला।’

उक्त म्यानपावरबाट ठगिने सरितालगायत सबै पीडितका आआफ्नै कथा छन्।

वैदेशिक रोजगारीको आशा देखाई सोलुसनका सञ्चालक श्रेष्ठले ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ रूपैयाँ ठगी गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका अनुसार उक्त म्यानपारका सञ्चालक श्रेष्ठको नेतृत्वमा परिचालित लालबहादुर पुलामी, अमृत श्रेष्ठ र कर्मचारी रमेश कोइराला भनिने फणिन्द्र कोइरालासमेतको मिलेमतोमा करोडौं रकम उठाइएको हो।

सञ्चालक श्रेष्ठलगायतले ४३ जना पीडितलाई पोल्यान्ड, क्रोएसिया, जापान, कतार, अमेरिकालगायत देशमा वैदेशिक रोजगारीमा पठाउने भन्दै प्रत्येकबाट लाखौं ठगी गरेको पाइएको हो।

विभिन्न देश पठाउने भन्दै झुटो आश्वासन दिएर विस एचआर सोलुसन म्यानपावरले ४३ जनालाई ठगी गरेको विभागका सूचना अधिकारी कविराज उपे्रतीले बताए। ‘बेरोजगार युवाहरूलाई त्यस म्यापावरका सञ्चालक श्रेष्ठलगायतले विभिन्न देश लाने आश्वासन देखाएर पैसा असुलेका छन्,’ उनले भने, ‘उनीहरूबाट ठगी भएको रकम सानो छैन, झन्डै चार करोड। म्यानपावरविरुद्ध ४३ जना पीडितले विभागमा उजुरी पहिल्यै दिएका थिए। त्यसतर्फ हाम्रो ध्यानाकर्षण भएको छ।’

पीडितहरूलाई न्याय दिलाउने प्रयास भइरहेको सूचना अधिकारी उप्रेतीले बताए।

विभागका अनुसार उक्त म्यानपावर कम्पनीले विदेश पठाउने भन्दै लिएको करोडौं रकम ती पीडितलाई फिर्ता समेत गरिएको छैन। यसरी कानुनविपरीत कार्य गरेको हुँदा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिमको विस एच सोलुसन प्रालिका सञ्चालकलगायत ठगीमा संलग्न अन्य व्यक्तिहरूलाई पनि सोही ऐनबमोजिम सजाय हुने विभागको भनाइ छ।

साथै म्यानपावरको इजाजतपत्र समेत खारेज गरी सोही ऐनको दफा ४४ बमोजिम पीडित ४३ जनासँग असुलेको कुल रकम र सोको ५० प्रतिशतले हुन आउने जरिवाना सोही म्यानपावरबाट तिराउन लगाइने पनि विभागको भनाइ छ।

असोज २ गते मात्रै पीडितहरूलाई जरिवाना भराई पाऊँ भनी मागदाबी लिई वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष अभियोगपत्र दायर गरिएको विभागका सूचना अधिकारी उपे्रतीले जानकारी गराए।

ठगीमा पर्नेहरू सरिता भुजेल, दिनेश बोगटी, प्रेमकुमार बस्नेत, ईश्वर केसी, बिर्जु महर्जन, सुजाता फुयाँल, पर्शुराम बस्नेत, मायाकुमार लुङवा, सुसन त्यात, आनन्द अधिकारी, पारस अवाले, वर्षा सेढाईं, नकुल बस्नेत, दोर्जे शेर्पा, युद्धवीर अधिकारी, राजु कार्की, सुमन थापा छन्।
त्यसैगरी प्रकाश अवाले, पुष्परत्न शाक्य, कपिल रोका, ओमकृष्ण खत्री, कविकुमार लामा, हरिचन्द्र अधिकारी, सुमन अधिकारी, विज्ञान दाहाल, रमेश आचार्य, राकेकुमार भट्टराई, श्यामनरेश साह हलुवाई, सन्तोष योङ्या, शिव राई, जीवन वसेल, खगेन्द्र बसेल, अमर सुनार, सोनी लामा, कृष्ण महर्जन लगायत अरू आठजना उक्त म्यानपावरबाट ठगीमा परेका हुन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस