विदेश पठाउने भन्दै १४ करोड १३ लाख ठगी गर्ने पक्राउ
१५ मंसिर २०८२
•
१ मिनेट पाठ
विदेश पठाउने भन्दै १४ करोड १३ लाख ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु १४ करोड १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेको छ।




पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने ५२ वर्षीय शम्भु दयाल अग्रवाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, 'पक्राउ परेका शम्भुले विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट रु १४ करोड १३ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा हिजो आइतबार पक्राउ गरिएको हो।'

निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए।
अर्को समाचार
‘विदेश भ्रमण’को सपना देखाएर तीन करोड ठगी: ३२८ जना पीडित, ७ जना पक्राउ
०५ चैत्र २०८२
•
२ मिनेट पाठ
‘विदेश भ्रमण’को सपना देखाएर तीन करोड ठगी: ३२८ जना पीडित, ७ जना पक्राउ
विदेश घुम्ने आकर्षक प्याकेजको प्रलोभन देखाएर सर्वसाधारणबाट करोडौँ रुपैयाँ ठगी गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१०, थापागाउँमा सञ्चालनमा रहेको एक ट्राभल एजेन्सीमार्फत उनीहरूले करिब ३ करोड रुपैयाँ ठगी गरेको खुलेको छ।




उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ३ गते छापा मार्दै ‘श्रीटेल होलिडेज’ नामक ट्राभल एजेन्सीबाट ६ जना भारतीय र १ नेपाली नागरिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सप्तरीका २६ वर्षीय विवेक रेग्मी सहित भारतका विभिन्न स्थानका ६ जना रहेका छन्।

प्रहरीका अनुसार उक्त समूहले युरोप, एसिया र अफ्रिकासहित १७५ देशमा पर्यटक भिसामा घुम्न पठाउने भन्दै आकर्षक ‘प्याकेज अफर’ सार्वजनिक गरेका थिए। उनीहरूले “खान–बस्न पैसा नलाग्ने” र “चिट्ठा परेपछि विदेश घुम्न पाइने” जस्ता प्रलोभन देखाएर सर्वसाधारणलाई झुक्याउने गरेका थिए।

गिरोहले काठमाडौँ उपत्यकाका विभिन्न सपिङ मलहरूमा ‘ट्राभल डेस्क’ स्थापना गरेर ग्राहकहरूलाई फारम भर्न लगाउने र उनीहरूको व्यक्तिगत विवरण संकलन गर्ने गर्थे। त्यसपछि फोनमार्फत ‘चिट्ठा परेको’ भन्दै पीडितहरूलाई थापागाउँस्थित कार्यालयमा बोलाइन्थ्यो।

कार्यालयमा पुगेपछि उनीहरूलाई ७ दिनदेखि ५ वर्षसम्मका विभिन्न प्याकेज देखाएर ठूलो रकम असुल्ने गरिएको अनुसन्धानबाट खुलेको छ। तर रकम लिएपछि सम्झौताअनुसार सेवा नदिई सम्पर्कविहीन हुने गरेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार हालसम्म ३२८ जनाले आफू ठगिएको भन्दै उजुरी दिएका छन् भने ठगी रकम करिब २ करोड ७२ लाख रुपैयाँ पुगेको छ। अझै पीडितको संख्या र रकम बढ्न सक्ने अनुमान गरिएको छ।

प्रहरीले उक्त ट्राभल एजेन्सी सरकारको स्वीकृति बिना सञ्चालन भएको पनि फेला पारेको छ। यसले ठगी योजनाबद्ध रूपमा सञ्चालन गरिएको पुष्टि भएको छ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। प्रहरीले यस्ता प्रलोभनमा नपर्न सर्वसाधारणलाई सचेत रहन समेत आग्रह गरेको छ।

विशेषज्ञहरूका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल र प्रत्यक्ष मार्केटिङमार्फत विदेश भ्रमण, रोजगारी वा लक्की ड्रका नाममा ठगी गर्ने प्रवृत्ति बढ्दो छ। त्यसैले कुनै पनि अफर स्वीकार गर्नु अघि सम्बन्धित निकायबाट आधिकारिकता जाँच्न आवश्यक देखिएको छ।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस