यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)
०५ असोज २०८०
•
२ मिनेट पाठ
यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)
जडीबुटीको संगम स्थल बन्दै जाखोर ताल




एकान्त प्रकृति खोज्ने प्रेमीहरूको स्थानको रूपमा परिचत धनगढीको जाखोर ताल पछिल्लो समय हिमाल पहाड र तपाईमा पाइने जडीबुटी अनुसन्धान स्थल बन्दै गएको छ। एक सय ४९ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको  ‘देवरिया वनस्पति उद्यान’ मा रुद्राक्ष, रक्तचन्दन, श्रीखण्ड जस्ता संरक्षित प्रजातिहरू मुख्य आकर्षण हुन्।

तालको हालमा राजमार्गका पुल

मध्यपहाडी राजमार्गमा बनाइएका अधिकांश पक्की पुलहरू वर्षातमा पानी पोखरीमा परिणत बनेका छन्। दैलेख, अछाम, रुकुम पश्चिम र रुकुम पूर्वका जिल्लाका राजमार्गका पुलमा गाडीबाहेक स्थानीय हिड्न नमिल्ने भएको छ।

बालसुधार गृहमा झडप

बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा झडप भएको छ। दुई समूहबीचको झगडामा कपिलवस्तुका १८ वर्षीया सुलभ केसीको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।  

पोखराका लागि हवाई उडान थपिँदै

विदेशीसँगै आन्तरिक पर्यटको संख्यामा उल्लेख्य वृद्धि भएपछि हवाई कम्पनिद्वारा पोखराको हवाई सेवामा बिस्तार गरिएको छ। निजी क्षेत्रका बुद्ध, यतीसँगै श्री एयरलाइन्सद्वार पोखरा–काठमाडौं–पोखरा रुटमा उडान थप्ने तयारीमा छ।

पुष्पा र अञ्जलीलाई कोशी पठाइँदै

चितवन राष्ट्रिय निकुञ्जद्वारा दुई वटा गैंडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाउने तयारी गरिएको छ। तीन वर्ष नौ महिनाकी पुष्पा र दुई वर्ष तीन महिनाकी अञ्जली मानव वस्तीमा आएर दुःख दिने गरेका थिए।

मलंगवाको निषेधाज्ञा शुक्रबार पनि जारी

सर्लाहीको सदरमुकाम मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा शुक्रबार पनि जारी छ। गणेश चतुर्थीको मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा स्थिति नियन्त्रणमा लिन बिहीबार रातिदेखि कर्फ्यु जारी गरीएको थियो।

पाथीभराको ८९ लाख भेटी हिनामिना

इलामको रोङ गाउँपालिकास्थित प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी र दाताको सहयोग रकम हिनामिना भएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको छानबिनसँगै गाउँपालिकाले गरेको अध्ययनमा ८८ लाख ८३ हजार एक सय २४ रुपैयाँको हिसाबकिताब मिलेको छैन्। 

अर्को समाचार
यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)
०७ मंसिर २०८०
•
२ मिनेट पाठ
यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)
धनगढीमा ९ जना ह्याकर पक्राउ




कार्यालय नै स्थापना गरी बैंकका खाता ह्याक गर्ने गिरोहका ९ जना धनगढी प्रहरी नियन्त्रणमा, गिरोहका मुख्य नाइके विशाल सुनारको घरबाट झण्डै ४७ लाख नगद सहित १० ल्यापटप बरामद।

०००

कांग्रेस र एमालेले बनाए दुई सय ५० टहरा

नेपाली कांग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ताद्वारा भूकम्प प्रभावित जिल्ला जाजरकोटमा झण्डै तीन सय टहरा निर्माण,  एमालेले डेढ सय अस्थायी टहरा निर्माण गर्दा कांग्रेसले गर्‍यो एक हजार घर निर्माणको घोषणा।

०००

हत्या आरोपमा आठ जना पक्राउ

गुलरिया–६ का २३ वर्षीय वरुण घिमिरेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालयद्वारा आठ जना प्रहरी नियन्त्रणमा,  पक्राउ गरिएकाहरूको नाम गोप्य, उक्त घटनामा संलग्न थप तीनजना अझै फरार।

०००

केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा क्रिकेट मैदानमा केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु, १२ टिमबीच हुने प्रतिस्पर्धामा विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पाउने।

०००

वनभित्र होटल बनाउन दिएको आरोपमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती सामुदायिक वनभित्र होटल निर्माण गर्न दिएको आरोपमा १२ जना विरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर,  निकुञ्जका संरक्षण अधिकृत, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर तथा विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी विरुद्ध मुद्दा दायर गरेको अख्तियारको भनाइ।

०००

मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु एक घाइते

सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु एक गम्भीर घाइते,  २७ वर्षीय दिनेशकुमार यादव र ३२ वर्षीय रामवृक्ष यादवको निधन हुँदा घाइते १५ वर्षीय युवराजकुमार यादवको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार हुँदै।

०००

आगलागीमा परी मृत्यु हुने संख्या तीन पुग्यो

उर्लाबारी नगरपालिका–७ बरगाछीको स्नेहा सुनचाँदी पसलमा भएको आगलागीमा परी घाइते भएका मध्ये मृत्यु हुनेको संख्या ३ पुगो,   ४ जना प्रहरीसहित २८ जना घाइतेको काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस