गेटा अस्पतालमा बिरामीको चाप बढ्दै
गत कार्तिक १ गतेबाट एक सय शैया क्षमतामा संचालित कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजको भवनमा संचालित अस्पतालमा प्रदेशका विभिन्न जिल्लाबाट उपचारका लागि बिरामी आउने क्रम बढ्दै गएको छ। एक महिनाको अवधिमा करिब पाँच सय बिरामीको उपचार हुँदा ७० जनाको निःशुल्क उपचार गरिएको अस्पताल प्रशासनको भनाइ छ।
चन्दननाथ मन्दिरमा पर्यटकको घुइँचो
विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धानको उत्पादनसँग इतिहास जोडिएको कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ। सात महिनाको अवधिमा झण्डै ९ हजार बढी पर्यटकले मन्दिरको अवलोकन गरेका छन्।
बाँकेमा धान खरिद सुरु
प्रति किसान ४० क्विन्टल बिक्री गर्न पाउने गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जद्वारा ढिलो गरी मंगलबारबाट धान खरिद कार्य सुरु गरेको छ। बजार मूल्यभन्दा बढी रुपैयाँमा धान खरिद गर्न थालेको कम्पनी लिमिटेडले यस वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने भएको छ।
पाँच दिनदेखि हराएका पर्यटक र पथप्रदर्शकको उद्धार
डोल्पाबाट पदयात्रा गर्दै मुस्ताङ आउने क्रममा पाँचदिनदेखि सम्पर्कविहीन विदेशी पर्यटक सहितको समूहलाई मुस्ताङ प्रहरीद्वारा सकुशल उद्धार गरिएको छ। दुई नेपाली सहयोगी र दुईजना विदेशी पर्यटक मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीस्थित घारगुम्बा माथिको खोँचबाट प्रहरी सम्पर्कमा आएका छन्।
बाघको आक्रमणबाट एकको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका–६ मा बाघको आक्रमणबाट चितवनको राप्ती नगरपालिका–१ का ४३ वर्षीय हरि पौडेलको निधन भएको छ। बाघ अझै त्यतै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको भनाइ छ।
स्रोत नखुलेको ८ लाखसहित दुईजना सशस्त्र प्रहरी नियन्त्रणमा
स्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँसहित २८ वर्षीय रमेशकुमार साह र ३२ वर्षीय अनिल चौधरी महोत्तरी सशस्त्र प्रहरी नियन्त्रणमा लिएको छ। भारतबाट मधेस प्रदेश ०२–००६ प–१६२१ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेको अवस्थामा पक्राउ परेका उनीहरूलाई जलेश्वर भन्सार कार्यालयमा बुझाइएको छ।
५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कार
धान उत्पादन बढाउन पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने भएको छ। ‘धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०’ अनुसार ५० मुरीदेखि एक सय मुरीसम्म धान उत्पादन गर्ने कृषकले ३० हजार पुरस्कार प्राप्त गर्ने छन्।