बेनी–जोमसोम सडक खण्डमा बुधबार दिउँसोदेखि चालकसहित बेपत्ता जिप अझै फेला परेको छैन।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाबाट फर्किँदै गरेको ग २ च १०३१ नंको बोलेरो जिप चालक कम्लेस परियार सहित बेपत्ता भएको जनाइएको छ।
बेनीस्थित सुमन किराना स्टोरबाट दाना लिएर फर्किने बेला सम्पर्कविहीन भएको बोलेरोको खोजी गर्ने क्रममा अन्नपूर्ण–६ भिरकाटेमा बोलेरोको सिसा, सामानको नगद रसिद भेटिएको छ भने चालक र बोलेरो अझै भेटिएको छैन।
गत साउन ७ गते बेनीबाट खाद्यान्न सामान लिएर गएको उक्त बोलेरो बुधबार दिउँसो ३ बजेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको सुमन किराना स्टोरका सञ्चालक सुमन श्रेष्ठले बताए।
‘सम्पर्क विहीन भएपछि खोजी कार्यमा जुटेका छौ, सामान दिएर पैसा उठाएर फर्किएका चालक बोलेरो सहित बेपत्ता छन्’ श्रेष्ठले भने। उनका अनुसार खोजी कार्यको क्रममा भिरकाटेमा सिसा, नगद फेला परेको छ।
उर्लिएको भेलमा खसेको अनुमान सहित खोजी कार्य गरे पनि सवारी तथा चालक नभेटिएको प्रहरीले जनाएको छ। सिसा भेटिएको स्थानबाट तल्लो क्षेत्रमा कालीगण्डकी नदी वारपार प्रहरी परिचालन गरी खोजी भइरहेको छ। हालसम्म दुर्घटनाबारे कुनै तथ्य फेला नपरेको हुँदा जिप र त्यसका चालकको अवस्था थाहा हुन सकेको छैन।