विदेशबाट फर्किएर बाख्रापालन
१२ साउन २०८०
•
४ मिनेट पाठ
विदेशबाट फर्किएर बाख्रापालन
म्याग्दीको मंगला गाउँपालिका–१, खानीगाउँका यामबहादुर बुढाथोकीले झण्डै दुई दशक खाडी मुलुकमा बिताए। यूएईमा ९, कुवेत ६ र मलेसियामा ३ वर्ष रोजगारी गरी घर फर्किएका बुढाथोकीको दैनिकी अचेल बाख्राको स्याहारसुसार र कृषि खेतीमा बित्छ ।




विदेशबाट फर्किएका बुढाथोकीले निर्वाहमुखी रुपमा मात्रै गरिने बाख्रापालनले आम्दानी नहुने थाहा पाएपछि सुरू गरेको बाख्रापालन अहिले गाउँभरी फैलिएको छ। बतीमुनीको अध्याँरो जस्तै रहेको खानीगाउँमा बुढाथोकीले सुरू गरेपछि गाउँका १७ जना कृषकले व्यावसायिक बाख्रापालन सुरू गरेका छन्। खानी गाउँमा दुईचार वटा बा्रखा रहेका हरेक घरमा अहिले बाख्राको ब्यवस्थित खोर समेत छ।

‘सबै गाउँलेले बाख्रापालन सुरू गरेका छन्। चरन क्षेत्रको समस्या छैन। बाख्रा पालेर पैसा कमाउनुपर्छ भन्ने ज्ञान सबैमा छ’ स्थानीय बाख्रापालक कृषक राजन राम्जालीले भने। उनले बुढाथोकीको प्रेरणाबाट सिंगो गाउँ व्यावसायिक बाख्रापालनमा लागेको बताए। विदेशबाट फर्किएका यूवाको सक्रियतामा अनुदान सहितका कार्यक्रममा समेत सिंगो गाउँमा वितरण गर्ने, समूह बनाएर सीप हस्तान्तरण सहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन समेत गरिएको छ।

विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नत जातका बाख्रापालनमा जुटेका बाख्रापालक कृषकको दैनिकी दिउँसो जंगलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ ‘मैले सुरू गरेको व्यावसायिक बाख्रापालनमा समुदायको साथ छ, हामीले मिलेर बाख्रापालन गरेका छौ’ अगुवा बाख्रापालक कृषक यामबहादुरले भने। विदेशबाट फर्किएपछि करिब ६ लाखको लगानीमा बुढाथोकी कृषि तथा पशुपन्छी फार्म सुरू गरेपछि स्थानीयलाई समेत सक्रिय बनाएको बताए। बाख्रापालन गरेको पहिलो वर्ष बिषालु घाँस खाएर खोर रित्तिए पनि बाख्रापालनलाई निरन्तरता दिएपछि समुदायले समेत विश्वास गरेको उनले बताए। उनीसँग अहिले ३ वटा हाइटेक प्रविधिको टनेल, बोयर सहित ७० वटा उन्नत जातका बोकाबाखा्र र ३ सय सुन्तलाको बोट छ।

बाख्रापालन र तरकारी खेतीबाट वार्षिक १० लाख आम्दानी गर्ने गरेका छन्। ‘विदेशमा धेरै वर्ष बिताए, त्यहाँको सिप र जागँरलाई घरमै प्रयोग गरेको छु,‘केही बर्षमै गाउँमा परिवर्तन आएको छ’ बुढाथोकीले भने। सिकेको सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा छिटो परिवर्तन आउने अनुभव आफूले पाएको बताए। खोरमा दाना खुवाउन, पाठापाठी, बोका राख्न र सुत्केरी माउ राख्न छुट्टाछुट्टै ठाउँ बनाइएकाले समेत सहज भएको उनले बताए। ‘बाख्रापालनमा खानीगाउँलाई नमुना गाउँ बनाउने योजना छ,’ उनले भने, ‘अब हामीले बाख्रा अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने तयारी भइरहेको छ’ बुढाथोकीले भने।

बाख्रापालन, कृषिका साथै सुन्तला खेतीको समेत उच्च सम्भावना रहेकाले अबको पाँच वर्षभित्र गाउँमा बाख्रापालन, तरकारी र फलफुल खेतीबाट लाखौं भित्रिने बुढाथोकीको भनाइ छ। खानी गाउँका कृषकले खेर गएको जमिनमा सुन्तलाखेती सहित कृषि खेती नहँुने जमिनमा डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राईखनियो, नेपिएर, किम्बुलगायतका विभिन्न घाँस लगाएका छन्। खानी गाउँ सहित आसपासका क्षेत्रमा बाख्रापालनबाट स्थानीयले रहरलाग्दो आम्दानी गर्न थालेपछि थप प्रोत्साहनका लागि मंगला गाउँपालिकाले बाख्रा पकेट कार्यक्रममार्फत अनुदान सहयोग गरेपछि थप सहज भएको छ।

गुप्तेश्वर कृषक समूह गठन गरी ३४ जना कृषक आवद्ध रहेको समूहमा १७ जनाले व्यावसायिक बाख्रापालन गरेका छन्। विनोद राम्जाली, रुपेश पाईजा,कृष्ण पौडेल, मोहन कार्की थरबहादुर केसी, रनबहादुर खत्री, कुलबहादुर खत्री सहित समूहका कृषकहरूसँग ६ सय भन्दा बढी बोका, बाख्रा, पाठापाठी छन् भने समूहको बोयर बोका समेत छ। बाख्रा पकेट कार्यक्रम अन्तरगत गाउँपालिकाले २२ लाख अनुदान समेत दिएको गाउँपालिकाका प्रवक्ता एवम् कुहुँका वडा अध्यक्ष एकजित रोकाले बताए। पुरानै तरिकाले बाख्रा पाल्दै आएका धेरै कृषकले सुधारिएको खोर निर्माण सहितका कार्यमा बुढाथोकी र बहराइनबाट फर्किएका रनबहादुर खत्रीले सहयोग गरेपछि व्यावसायिक रुपमा बाख्रा पाल्न थालेको उनले बताए।

‘कृषि र पशुपालनमा नमुना गाउँ बनाउने उद्देश्यले स्मार्ट कृषिलाई प्रोत्साहन गरेका छौ,‘बाख्रापालनलाई प्रोत्साहन गर्दै उत्पादन वृद्धि गर्न सबै बस्तीलाई प्राथमिकता दिएका छौ’ वडा अध्यक्ष रोकाले भने। विदेशबाट फर्किएकाहरूको सीप र सक्रियतालाई प्रयोग गर्दै उत्पादन वृद्धि गर्नुका साथै कृषकको जीवनस्तर उकास्ने र संस्थागत विकास हुने भएकाले माटो सुहाउँदो कृषि र सानो लगानीमा धेरै आम्दानी हुने क्षेत्रमा गाउँपालिकाले अनुदान तथा साझेदारी कार्यक्रमलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए। ‘नमुना कृषकको अनुभवले पनि धेरै सिक्न सकिन्छ, समुदायमै आम्दानी गर्न सक्ने क्षेत्रमा बजेटको अभाव हुन दिन्नौ’ गाउँपालिका अध्यक्ष रोकाले भने। पशुपालन, फलफुल र तरकारी खेतीमा मंगला गाउँपालिकामा जिल्लाभित्रकै नमुना कृषकहरू छन्।
अर्को समाचार
दुई करोडको लगानीमा बाख्रापालन
०४ असोज २०७७
•
२ मिनेट पाठ
दुई करोडको लगानीमा बाख्रापालन
बेनी नगरपालिका–४,सिङ्गा डाँडाखेतका गरिएको बाख्रापालन । तस्बिर : हरिकृष्ण गौतम
बेनी नगरपालिका–४, सिङ्गा डाँडाखेतका पाँच युवाले विदेशबाट फर्किएर ब्यवसायीक बाख्रापालन सुरु गरेका छन्। धन कमाउनका लागि विदेशको विभिन्न देशहरुमा पुगेका उनीहरुले त्यहाँ सिकेको सिप र गरेको कमाइलाई स्वदेश फर्किएर आफ्नै गाउँ ठाउँमा लगानी गरेका हुन्। विभिन्न देशबाट फर्किएका र विदेशमा रहेका डाँडाखेतका महेन्द्र बानियाँ, देवबहादुर जिसी, ध्रुव कुँबर, रेशम कुँबर र रामजी कुँबरले दुई करोड रुपैयाँको लगानी गरेर बाख्राको फर्म स्थापना गरेका छन्।




उनीहरुमध्ये देव जिसी साउदी अरब र रेशम तथा रामजी कुँबर दक्षिण कोरियामै कार्यरत छन्। एकता एग्रो रिसर्च एण्ड रिसोर्ट प्रालि दर्ता गरी गएको वर्ष भदौ महिनादेखि युवाहरुले बाख्रापालन सुरु गरेका थिए। ‘विदेशबाट फर्किनु अगाडी नै गाउँमा गर्ने ब्यवसायमा लगानी सुरु गरेका छौ,‘सधै विदेशमा काम गरेर मात्रै जिन्दगी चल्दैन’ साउदीमा रहेका जिसीले भने। उनले गाउँमा रहेका साथीहरु बाहेक अहिले फुर्सदमा श्रीमतीले समेत साथ दिने गरेको बताए।  

जिल्लामै सबैभन्दा ठूलो र फरक तरिकाले सञ्चालित फर्ममा अहिले कुल १ सय ३२ वटा बोयर तथा स्थानीय जातका बाख्राहरु पालिएको फर्मका अर्का प्रोप्राइटर महेन्द्र बानियाँले बताए।

‘आंशिक र पूर्ण गरी कुल दुई करोड रुपैयाँभन्दा बढीको लगानी भएको छ,‘अब उत्पादनलाई बजारमा लैजान्छौ’ उनले भने। सुरुमा चितवनको जगतपुरबाट १६ वटा बाख्रा खरिद गरी सुरु गरेको फर्ममा अहिले ५० प्रतिशत शुद्ध बोयर तथा ५० प्रतिशत लोकल खरी, जमुनापारी, बारबारी जातका बाख्राहरु रहेको छन्।  

हाल उक्त फर्ममा ५२ वटा पाठापाठी, ४७ वटा बोका र बाँकी माउबाख्रा छन्। फर्ममा अहिले बोयर जातका ७ वटा बोका बिउँ पुँजीको रुपमा राखिएको छ। अहिलेसम्म फर्मबाट करिब २५ वटा बोका तथा खसी बिक्री गरिएको छ भने प्रतिकेजी जिउँदो बाख्राको मूल्य पाँच सय रुपैयाँ तोकिएको छ। बाख्रापालन व्यवसायका लागि १० रोपनी जग्गा बन्धकीसहित ८० रोपनी जग्गा खरिद गरी ५ रोपनीमा संरचना मात्रै निर्माण गरिएको छ भने बाँकी जग्गामा घाँस खेती लगाइएको छ।

बाख्रालाई घाँस खुवाउन वर्षे घाँसअन्तर्गत सुडान, मकै, बोडी, स्याल्टुङ, बहुवर्षे घाँसतर्फ सुपर नेपियर, चुम्बा सेतोरिया, मलासो रोपिएको छ। यसैगरी डाले घाँसतर्फ कोईरालो, ईपिल–ईपिल, रायखन्यु, कुटमिरो, फोस्रो, अम्लिसो, खनिउ, बकाईनो, टमिलो, निमारो, टाँकीलगायत स्थानीय जातका घाँस खेती गरिएको छ। ब्यवसायीक पशुपालनमा सरकारी अनुदान अझै फलामको चिउरा चपाएजस्तै भएको गुनासो गरे। राष्ट्रिय वाणिज्य बैंकको म्याग्दी शाखामार्फत २२ लाख रुपैयाँ सहुलियत व्याज कृषि कर्जा स्वीकृत भए पनि जम्मा १० लाख रुपैयाँ मात्रै बैंकले दिइएकोमहेन्द्र बानियाँले बताए।  

‘कर्जामा पनि झन्झट रैछ,‘समाचारमा आएजस्तै कर्जा पाउन सकिन,‘स्थानीय तहसँग पनि योजनै भेटिन’ उनले भने। बेनी नगरपालिकाको पशु सेवा शाखाबाट घाँसका बिरुवा र परामर्श एवं भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीबाट घाँस काट्ने मेसिन (च्यापकटर)बाहेक अन्य सहयोग नभएको युवाको गुनासो छ।  

पछिल्लो समय म्याग्दीमा विदेशबाट फर्किएका युवाहरुले धमाधम पशुपालनमा लगानी सुरु गरेका छन्।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस