सूर्योदय नगरपालिकाले नगरका केही दुग्ध व्यवसायीले किसानले पाउने दूधको मूल्य आफूखुसी घटाएकामा ध्यानाकर्षण भएको जनाएको छ।
व्यवसायीले सरकारले तोकेको दर घटाएको सूचना जारी गरेपछि नगरले मूल्य घटाउनु कानुनबमोजिम नहुनेसमेत उल्लेख गरेको छ।
नगर प्रवक्ता ख्याम भुजेलले आइतबार विज्ञप्ति जारी गरी साविकमा सरकारले तोकेको मूल्य नघटाई कार्यान्वयन गर्न/गराउन अनुरोध गरेका छन्।
‘संघको निर्णय’ भनिएको दस्ताबेजमा दूधमा प्रतिकिलो फ्याट ७ रुपैयाँ १५ पैसा र प्रतिकिलो एसएनएफ (सोलिड नट फ्याट) ४ रुपैयाँ तोकिएको थियो। व्यवसायीले फ्याटको मूल्य नघटाए पनि ३ महिनाका लागि भन्दै एसएनएफमा ५५ पैसा घटाउने तयारी गरेका थिए।
व्यवसायीको यस्तो सूचना आएपछि सूर्योदय नगरले नगर र माइजोगमाई गाउँपालिकासमेतका २२ डेरीलाई पत्र लेखी छलफलका लागि बोलाएको थियो। छलफलमा सहभागी संघ अध्यक्ष जगत महतले दूधको उत्पादन नै विक्री नभएकाले कच्चा दूधको मूल्य घटाउन आवश्यक भएपनि अहिले ‘सम्भव’ नभएको प्रतिक्रिया दिए।
‘हामीले वैशाखदेखि घिउ र चीज बेच्न पाएका छैनौं,’ उनले भने, ‘उत्पादन नबिकेपछि दूधको मूल्य केही घटाउन खोजिएको थियो तर अहिले सम्भव भएन।’ उनले छुर्पी विक्री भएपनि घिउ र चीजले बजार पाउन नसकेको बताए।

‘केही डेरी व्यवसायीबाट यसअघि भएको निर्णय प्रचलित कानुनबमोजिम नरहेकाले सोको कानुनी आधार र वैधानिकता नहुने, साविक नेपाल सरकारले तोकेको मूल्यअनुसार नै खरिद तथा विक्री गर्नसमेत सबै सरोकारवालामा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ।असार २४ मा सूर्योदय दुग्ध व्यवसायी संघका पदाधिकारीले हस्ताक्षर गरेको एक लिखित दस्ताबेजमा बजार माग नै कम भएको भन्दै दूधको मूल्य घटाइएको जानकारी दिइएको थियो। नगरका विभिन्न वडाका २६ व्यवसायीको नाम/ठेगाना रहेको सार्वजनिक जानकारी पत्रमा १३ जनाले हस्ताक्षर गरेका छन्।