जिल्ला प्रशासन कार्यालय धनुषाबाट दुई दिनमा एक सय १३ जना जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता लिएका छन्।
आइतबार ४२ र सोमबार ७१ जनाले नागरिकता लिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जनाए।
उनका अनुसार जन्मसिद्ध नागरिकताका लागि दुई हजार आठ सय ५८ जनाले टोक्न लिइसकेका छन्। कार्यालयले एक दिनमा एक सय जनालाई मात्रै नागरिकता दिने गरेका छन्। यस आधारमा एक महिना सम्मको लागि टोक्न वितरण भइसकेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।
यसै कार्यालय मातहत रहेको इलाका प्रशासन कार्यालय यदुकूहाले मंगलबारदेखि नागरिकता वितरण गर्ने भएको छ।
गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए। सो एनेमाथि रिट परेपछि जेठ २१ गते सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको थियो। पछि उक्त आदेशमाथि अन्तरिम कालिन आदेश जारी गरेपछि जिल्लाहरूमा जन्मसिद्ध नागरिकलाई नागरिकता दिन थालिएको छ।

'अतिरिक्त कर्मचारीको आवश्यकता देखिएको छ। कार्यालयमा आवेदनको चाप बढेको छ, सिडिओ दाहालले भने,‘अतिरिक्त कर्मचारी नलगाए कार्यालयको अन्य काम प्रभावित हुन सक्छ।’अतिरित्त कर्मचारी खटाउन स्रोतसाधन अभाव रहेको प्रजिअ दाहालको गुनासो छ।