गेटामा मेडिकल विश्वविद्यालय स्थापनाको माग गर्दै सुदूरपश्चिमवासी आन्दोलित
२८ जेष्ठ २०८०
•
५ मिनेट पाठ
गेटामा मेडिकल विश्वविद्यालय स्थापनाको माग गर्दै सुदूरपश्चिमवासी आन्दोलित
कैलालीको गेटामा मेडिकल विश्वविद्यालय स्थापना गरिनुपर्ने माग राख्दै सुदूरपश्चिममा आन्दोलन चर्किँदै गएको छ। एक साता देखि सडक बहस, प्रदर्शन, चक्काजाम, धर्ना लगायतका संघर्षको कार्यक्रम गर्दै आएको शहिद दशरत चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आइतबार सुदूरपश्चिममा आम हडताल गरेको छ।




मेडिकल माफिया र भ्रष्टाचारी नियतका नेताहरुको गठ जोडले गेटामा मेडिकल विश्वविद्यालय बनाउने काम विफल पार्ने प्रयास भइरहेको उल्लेख गर्दै शालिन र अनुशासित ढंगले विरोधका कार्यक्रम गरेर गरेका सुदूरपश्चिम वासिका माग नसुनेकाले आमहड्ताल गर्न वाध्य हुनुपरेको संघर्ष समितिका संयोजक लोकराज पाण्डेय(आगो) ले बताएका छन। 

गेटा मेडिकल विश्वविद्यालयको माग राखेर भइरहेको आन्दोलनमा यहाँका सबै वासिन्दाको समर्थन भएकाले आइतबार यहाँ यातायात, शिक्षण संस्था, उद्योग, व्यापार , व्यवसाय बन्द रहे। कैलाली र कञ्चनपुरमा बन्दको बढी प्रभाव पर्‍यो। 
यस अघि बन्दको विरोध गर्ने यातायात व्यवसायीका संगठन, व्यापारीको छाता संगठन उद्योग वाणिज्य सँघ, बिभिन्न विद्यार्थी संगठन लगायतले पनि विज्ञप्ति जारी गरेर नै मेडिकल विश्वविद्यालयको माग राखेर गरिएको आमहड्तालमा एक्यबद्धता जनाएका छन।

मेडिकल विश्वविद्यालय स्थापनाको माग राखेर गरिएको बन्दमा यातायात व्यवसायी, उद्योगी, व्यापारी, बुद्धिजिवी, पत्रकार, नागरिक समाज, राजनीतिक कर्मी र आम जनसमुदायको समर्थन रहेको संयोजक पाण्डेयले बताएका छन। सरकार गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्ने आफ्नै निर्णयबाट पछि हटेर बजेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र १ सय शैयाको अस्पताल बनाउन बजेट ल्याएको उल्लेख गरेपछि सुदूरपश्चिम वासी आन्दोलित भएका हुन। 

प्रतिपक्ष दल नेकपा एमालेले सरकारको निर्णयको विरोधमा प्रदर्शन गर्दै आएको छ। भने संघर्ष समितिले मेडिकल विश्वविद्यालय स्थापना गरिनुपर्ने माग राखेर गरेको आन्दोलनमा यहाँ स्थित सबै राजनीतिक दलको समर्थन छ। आइतबार नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बसेको बैठकले गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्ने निर्णयबाट सरकार पछि हटेकोमा आपत्ति जनाउँदै नागरिक तहबाट भएको आन्दोलनमा समर्थन जनाउने निर्णय गरेको एक प्रेस विज्ञप्ति जारी गर्दै संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बताएका छन।

गत माघ २९ गते मन्त्रिपरिषद्को बैठकले गेटामा शहिद दशरत चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो। भने जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघिय सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि गेटा विश्वविद्यालय स्थापना गर्ने उल्लेख गरिएको थियो। जेठ १५ गते प्रस्तुत गरिएको बजेटमा भने स्वास्थ्य विज्ञान प्रतिस्थान स्थापना गर्ने भनेर उल्लेख गरिएपछि यहाँका बासिन्दा विरोधमा उत्रेका हुन।

करिब डेढ साता देखि निरन्तर विरोधका कार्यक्रम गर्दै आए पनि सरकारका तर्फबाट कुनै जवाफ नआएकाले आन्दोलन चर्किएको छ। अर्वौका संरचना बनिसकेको गेटामा तत्काल अस्पताल संचालन गरिनुपर्ने र मेडिकल विश्वविद्यालय स्थापना हुनुपर्ने यहाँका वासिन्दाको माग छ। विगतका वर्षमा पनि गेटामा मेडिकल विश्वविद्यालय बनाउन हुने गरेका अनेक अड्चनका विरुद्ध पटक पटक स्थानीय बासिन्दाले संघर्ष गरेका थिए। मेडिकल माफिया सँग भ्रष्ट नेताहरुको साँठगाँठका कारण गेटामा तुरुन्तै ३, ४ सय शैयाको अस्पताल संचालन गरेर यहाँका बासिन्दालाई उपचार दिन सकिने भए पनि यो हुन नदिएर बनेका संरचना अलपत्र पार्ने काम भइरहेको स्थानीय बताउँछन्। 
‘गेटामा अस्पताल संचालन हुन नदिन र मेडिकल विश्वविद्यालय स्थापना हुन नदिन मेडिकल माफिया पुरै तागत लगाएर लागिपरेका छन’एक चिकित्सकले भने,‘जनताको आन्दोलनको बलले हुन सके फरक कुरा हो, नत्र कहिले मेडिकल विश्वविद्यालय बनाउने, कहिले प्रतिष्ठान बनाउने, कहिले अन्य कुनै विषय ल्याएर यसलाई जतिसक्दो त्यति पछाडि धकेल्ने चलखेल भइरहेको छ’। गेटामा बनेका अर्वौका संरचना अलपत्र परेका छन। 

तीन दशक देखिको सुदूरपश्चिम वासीको सपना 

करिब तीन दशक अघि सुदूरपश्चिमका जनताले गेटा मेडिकलको सपना देखेर आवाज उठाए। यहाँका जनताले माग गरेको एक दशक पछि विं.सं. २०६६ मा सरकारले गेटा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेर बजेट विनियोजन गर्यो। बिभिन्न अवरोध र लापरबाहीका कारण त्यसको दुई दशक पछि मात्र भौतिक संरचना निर्माणले तीव्रता पायो। सुरु देखि नै सुस्त गतिमा अघि बढेको प्रस्तावित गेटा मेडिकल कुन प्रारूपमा संचालन गर्ने भनेर सरकारले सुरुमा ऐन बनाउन चासो नै दिएन।

अर्वौको  लगानीमा भौतिक संरचना निर्माणको काम भएपछि पनि गेटामा सरकारले गेटामा अस्पताल संचालन गर्न ध्यान दिएको देखिँदैन भने कहिले मेडिकल विश्वविद्यालय, कहिले  स्वास्थ्य विज्ञान प्रतिष्ठान र कहिले मेडिकल कलेज भनेर संचालन गर्नुको साटो अलमलाउने कार्य गरेको छ।
गेटामा करिब साढे ५ अर्ब भन्दा बढीको लागतमा ५१.८ हेक्टर क्षेत्रफलमा भवन निर्माण भएका छन। अस्पताल, कलेज सञ्चालनका लागि आवश्यक ३० वटा  आधुनिक भवनहरू निर्माण भइसकेका छन। भने २१ भवन निमार्णाधिन छन। निर्माणाधीन भवन मध्य ९ वटा भवन असार भित्रै सम्पन्न हुने मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए। भने अगामी चैत मसान्त सम्म अन्य भवन निर्माणको काम पनि सम्पन्न गर्ने लक्ष रहेको उनको भनाई छ। 

६ सय शैयाको अस्पताल संचालन गर्न सकिने भवन निर्माण भैसकेका छन। अस्पताल संचालन भएपछि मात्र गर्ने भनिएकोले भित्र आवश्यक अन्य सेटअपको काम भने बाँकी रहेको पुजाराले बताए। अस्पताल, कलेज, छात्रावास, आवास लगायत भवनहरू तयार भइसकेका छन्। 

निर्माण भएका भवनहरू प्रयोग विहीन भएर जीर्ण हुने चिन्ता उत्पन्न भएको युवा नेता तथा संघर्ष समितिका सह संयोजक आनन्द भट्ट बताउँछन्।

मेडिकल कलेजको गुरुयोजनामा आर्थिक वर्ष २०७६/०७७ मा मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य लिइएको थियो। तर पूर्वाधार निर्माणमा ढिलाइ भएपछि सञ्चालनको लक्ष्य २०७८ मा सारिएको थियो। सरकारले २०६६ सालमा गेटा मेडिकल कलेज स्थापनाको निर्णय गरे पनि रुख कटानको आदेश नपाउँदा लामो समयसम्म पूर्वाधार निर्माण सुरु हुन सकेको थिएन। 

स्थानीयले बन्चरो लगेर आफै रुख काटेर विरोध प्रदर्शन गरेका थिए। २०७१ मा प्रशासनिक भवनको शिलान्यास भएको थियो तर साइड विवादका कारण उक्त काम पनि अगाडि बढ्न सकेको थिए। रुख कटानको आदेश पाएसँगै २०७३ वैशाखदेखि नयाँ संरचना निर्माणको काम सुरु भएको हो।

राम्रो र आधुनिक सुविधा सहितको अस्पताल यस क्षेत्रमा नहुँदा सर्वसुलभ स्वास्थ्य उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेका सुदूरपश्चिम प्रदेश वासीको गेटामा मेडिकल विश्वविद्यालय र सुविधा सम्पन्न अस्पताल संचालन भएको देख्ने सपनामा मेडिकल माफियाको चलखेलले तुसारापात हुँदै आएको छ।
अर्को समाचार
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
२७ मिनेट अघि
•
१ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्तीमा २० स्वर्ण पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य राखेको छ।

cg motors before sport section

‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको हो।

मंसिर १६ देखि २७ गतेसम्म औपचारिक रूपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्।

प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन्। नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीले उल्लेखनीय सफलता हात पारेका छन्।

पौडीमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन्।

दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएले कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर चौथो स्थानमा पुग्ने लक्ष्य लिएको छ।

२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद खेलेको थियो।

लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो।

एनआरएनएले यसपटक ७९ विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्नेछ। एनआरएनएका उपाध्यक्ष एवं स्पोर्ट्स एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले ११ खेलमा सहभागिता जनाइएको हो।

थापाका अनुसार व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल-कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको छ।

बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्ट्स एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए।

कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीलाई खेलकुदको माध्यमबाट मातृभूमिसँग जोड्ने अभियानमा रहेको बताए।

आगामी दिनमा नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा काम गर्न एनआरएनए तयार रहेको उनको भनाइ थियो।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली) ले विभागीय टिमहरूसँग प्रतिस्पर्धाभन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागिता जनाएको बताए।

उनले आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने अपेक्षा व्यक्त गरे।

उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सबैको साथसहयोगले सहभागिता सम्भव भएको उल्लेख गर्दै खेलाडीको सुविधामा कुनै कसर बाँकी नराख्ने बताए। उनले सहयोगका लागि आइसीसीका सबैलाई अपिलसमेत गरे।

महासचिव डा. चिरञ्जीवी खड्काले खेलाडीको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

पत्रकार सम्मेलनमा एनआरएनए खेलाडी छनोट प्रक्रियालगायत विषयमा उठेको जिज्ञासामा प्राविधिक निर्देशक रवि शाहीले सबै कागजात हेरेरमात्रै खेलाडी खेलाइएको बताउँदै समस्या नहुने बताए।

एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुन जाने केही खेलाडीलाई बिदाइ गरेको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस