अर्घाखाँचीको शितगंगा नगरपालिकामा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ।
शितगंगा नगरपालिका वडा नम्बर–४, रातामाटामा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर च्याप्दा कोप्चेबास निवासी चालक राजु भनेर चिनिने मान बहादुर नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।
भिरालो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएको र नेपालीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले बताए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।