अर्घाखाँची र गुल्मीको आकाशमा यती बेला धुवाँ नै धुवाँ छ। चर्को गर्मीसँगै यहाँको मौसम धमिलो छ। कुहिरो लागे झैँ जताततै धुम्म छ। मौसम सफा नै रहे पनि तुवाँलोले यहाँको वातावरण नै कुरूप देखिएको छ। कारण हो डढेलो र आगलागी।
अर्घाखाँची र गुल्मीका अधिकांश वन तथा जंगलहरुमा आगलागीका घटनाले हैरान पारेको छ। हिंउद सुरु भएसँगै पछिल्लो दुई सातादेखी अर्घाखाँची र गुल्मीका विभिन्न स्थानमा आगलागी हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ। स्थानीय बासिन्दासँगै सुरक्षा निकायले समेत हैरानी व्यहोर्नु परेको हो।
अर्घाखाँची र गुल्मीका १ हजार ७ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा आगलागी भइरहेको छ। अर्घाखाँचीको भुमिकास्थान नगरपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका र सन्धिखर्क नगरपालिकाका विभिन्न क्षेत्रमा भीषण आगलागी भयो। जिल्लामा रहेको एउटा दमकल र सुरक्षा निकायलाई बस्ती जोगाउन र आगलागी नियन्त्रण गर्ने हम्मे हम्मे पर्यो।
जिल्लाका सबै स्थानियतहमा आगलागी भए पनि केही क्षेत्रमा आगलागीको स्वरूप भयावह थियो। एक पटक होइन पटक–पटक, एक वर्ष होइन प्रत्येक वर्ष आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय परिचालित हुनुपर्ने अवस्था छ। हरेक वर्ष आगलागीका घटनाले भौतिक तथा जनधनको क्षति व्यहोर्नु परेको छ।
बस्तीमा आगो लाग्ने, जनधनको क्षति हुने, पर्यावरणीय असर पुग्नुका साथै वातावरण सम्म धमिलो भएको छ।
जंगलमा लागेको आगो बस्तीमा आउन नदिन विभिन्न उपाय अपनाउनु पर्ने हुन्छ। दमकल जान सक्ने बाटोमा सदरमुकामबाट पठाइएको छ भने बाँकी ठाउँमा मानवीय प्रयासबाट नै आगो नियन्त्रण गर्नुपर्ने बाध्यात्मक अवस्था छ। डिभिजन बन कार्यालय अर्घाखाँचीका अनुसार जिल्लामा यो वर्ष मात्र ४२ ठाउँमा आगलागी भएको छ। यस वर्ष अर्घाखाँचीका १ हजार ६६ हेक्टर क्षेत्रफलमा आगलागी भएको सहायक बन अधिकृत मोतीराम पौडेलले जानकारी दिए।
आगलागीले चार ओटा घर तथा ३ वटा गोठ जलेर नष्ट भएका छन्। मानवीय क्षति नभए पनि भौतिक तथा जनधनको क्षति भएको छ। अत्यधिक गर्मी र तीव्र हावा चल्ने भएकाले सीमित श्रोत साधनले आगो नियन्त्रण गर्न सकस छ। जंगल क्षेत्र भएकाले अधिकांश क्षेत्रमा दमकल जाने बाटो छैन।
बन क्षेत्र नजिकका बासिन्दा आगो लाग्छ कि भन्ने डरले सुत्न सकेका छैनन्। नजिकको वनमा दिनहुँ डढेलो बढेसँगै बस्तीका बासिन्दा आगलागीको डरले राति सुत्न नसकेका हुन्।
अहिले अर्घाखाँचीको ढिकुरा, पानडाँडा, किमडाँडा, जालकाँडा, कुर, पाली लगायतका क्षेत्रमा डढेलो लागेको छ। मानवीय लापरबाहीका कारण आगलागी भएको डिभिजन बन कार्यालयको निष्कर्ष छ। सबै प्राय मानिसकै चेतनाको कमीले आगलागी भएका छन्। जम्मा भएको फोहोरमा आगो लगाउँदा, चुरोट खाएर जथाभाबी फाल्दा र विभिन्न प्रलोभनमा परेर आगो लगाउँदा त्यसले भयावह रूप लिएको डिभिजन बन कार्यालयले जनाएको छ।
गुल्मीका अधिकांश क्षेत्रमा अहिले आगो फैलिरहेको छ। गुल्मीको ६ सय भन्दा धेरै हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ। डिभिजन वन कार्यालय गुल्मीका पंकज कुमार ठाकुरका अनुसार जिल्लाका ३९ वनमा डढेलो लागेको छ। गुल्मीको इस्मा, रेसुंगा क्षेत्र र अर्जुनडाँडा, मुसिकोट तथा धुर्कोटका विभिन्न क्षेत्र आगलागीको उच्च जोखिममा रहेका छन्।
इस्मा गाउँपालिकामा आगोले दुई घर र ३ गोठ जलेर नष्ट भएका छन्। आगलागीमा परेर गुल्मीमा पछिल्लो तीन महिनामा ३ जनाले ज्यान गुमाएका छन्।
कारण थाहा भए पनि आगो लगाउने मानिस पक्राउ परेको वा कारबाहीमा परेको भने छैन। आगलागी नियन्त्रणमा आएसँगै घटना सेलाउने गरेको बिगतले देखाएको छ। दोषी पत्ता लगाएर कारबाही गर्दा आगलागीका घटना कम हुने भए पनि आगो सेलाएसँगै घटना पनि सेलाउँदा बर्सेनि डढेलोका घटना बढिरहेका छन्।

‘कति बेला आगो आएर सखाप बनाउने हो भन्ने डरले रातभर निन्द्रा पर्दैन,‘भुमिकास्थान ९ का नारायण घिमिरेले भने, ‘घर नजिकै बन रहेकाले अत्यन्त जोखिम छ।’अधिकांश बनमा सल्लोका रुखहरू भएकाले आगो छिटो टिप्ने डर हुन्छ। सल्लो प्रजातीका रुखहरू विस्थापन गरेर अन्य प्रजातीका बिरुवा रोप्नु पर्ने बताउँछन् पाणिनी ८ पालीका वडाध्यक्ष रोम बहादुर पाण्डे क्षेत्री। उनका अनुसार सल्लोले न जमिन पक्का गराउँछ, न धेरै उत्पादन नै दिन्छ। त्यसैले सल्लो विस्थापित गरेर अन्य आयआर्जन दिने बिरुवा रोप्नु पर्छ।