अठार वर्षदेखी पितृ बोलाउँदै सुन्तली
०९ पौष २०७३
•
६ मिनेट पाठ
अठार वर्षदेखी पितृ बोलाउँदै सुन्तली
पाल्पा–तपाइँको परिवारमा मरेको व्यक्ति उसकै लय तथा आवाजमा बोल्छन् भन्दा तपाइँलाई पत्यार नलाग्ला । नलाग्नु पनि स्वभाविकै हो ! तर एक पटक ‘सुन्तली दमिनी’ को मा पुगेपछि भने तपाइँको भ्रम, भ्रममा सीमित हुन्छ । किनकी यहाँ पितृ बोल्छन्। सुन्तलीसँग पितृ बोलाउने कला छ। हुँगी–७ पाल्पाकी ‘सुन्तली दमिनी’ को वास्तविक नाम शान्ता परियार हो। तर उनलाई सुन्तली भनेर सम्बोधन गर्ने गरिन्छ। उनी अठार वर्षदेखि पितृ बोलाएरै जीविका चालएकी छिन्।




शनिबार बिहान झिसमिसे उज्यालोमा ‘सुन्तली दमिनी’ को मा पितृ बोलाउनेको भीड थियो । भीडमा धेरै युवा पनि थिए। युवा अवस्थामा ग्रह दशा, भाग्यरेखा र पीतृ बोलाउने भन्ने धेरैलाई विश्वास लाग्दैन । त्यही भीडमा थिए रामपुर–१० पाल्पाका बिष्णु आचार्य । उनले आफू अरुको लहलहैमा लागेर पितृ बोलाउने भन्दै बिहान पाँच बजे हुँगी आएको बताए । उनी भन्छन्, ‘विश्वास नलागे पनि धेरैले मरेको व्यक्तिको अभिनयमै भूत, वर्तमान र भविष्य जानकारी हुन्छ भन्ने सुनेको थिएँ। हजुरबुबाले गरेका कार्यहरु र मृत्युपछिको उहाँको जीवनी पनि सुन्न पाएँ ।’ आचार्यसँगै आएका सोही स्थानका कक्षा १२ मा अध्ययनरत गोविन्द गौतम जीवनमा के गर्ने ? कसरी अगाडि बढ्ने भन्ने जानकारी प्राप्त गर्दा खुसी भएको बताए । उनले यहाँ आएर सुन्तलीले भनेका सम्पूर्ण कुराहरु मिल्दोजुल्दो भएको बताउँछन् ।

मदनपोखरा–६ पाल्पाका विष्णु भुसालले अकालमा मरेका पितृसँग उसकै अभिनयमा बोल्ने मौका पाएपछि पाँच पटक सुन्तलीकोमा हेराउनको लागि आएको बताए। ‘पहिलो पटक आउँदा सामान्य लागेको थियो। जति आउँदै गएँ आफ्ना मरिसकेका आफन्तजनको सम्झना बल्झिन लाग्यो । यहाँ आएर असेट मेटेको अनुभूति हुन्छ,’ भुसालले भने। उनले परिश्रम गर्दा पनि मेहनतको फल नपाएपछि निराश बनेकाहरुलाई पितृसँग बोलेर आफ्नो भविष्य जानकारी पाउँदा आशा भरिने गरेको अनुभव नागरिकलाई सुनाए । ‘अपत्यारिलो तर वास्तविक आवाजमा वास्तविकता जानकारी पाइन्छ,’ उनले भने। स्थानीय बिर्खकुमारी पछाइले धेरैले विश्वास गरेर हेराउनको लागी यहाँ भीड लागेको देख्ने गरेपछि आफूपनि पितृसँग बोल्न पालो पर्खेर बसेको बताइन्।

यतिबेला सुन्तली दमिनीसँग पितृ बोलाउने मानिसको कुनै कमी छैन्। धेरैले उनको मोबाइलमै फोन गरेर आफ्नो पालो (समय) लिने गछन् । यहाँ विभिन्न जिल्लाहरुसँगै भारतको दिल्ली, लखनउ, मद्रास, मुम्बई  र विहारबाट समेत मानिसहरु आउने गरेको बताइन्। उनले आफूलाई तल्लो जातकै दर्जामा सुन्तली दमिनी भनेर सम्बोधन गरे पनि कुनै संकोच नहुने बताउँछिन् । मेरो पेशाकै कारण धेरै जात, धर्म, लिंग, पेशा तथा समूदायका व्यक्तिहरुसँग सम्पर्क स्थापित भएको छ ।

पितृमोक्ष कार्यकालागि पितृसँग बोल्न धेरै ठाउँबाट मानिसहरु आउने गर्दछन् । ‘अठार वर्ष भयो, यही पेशाबाटै मेरो जीविका चलेको छ । दुई छोरा र चार छोरीहरु सहितको परिवार धानिएको छ,’ उनले भनिन्। उनीले दैनिक ३० देखि ३५ जना व्यक्तिहरुको भूत, वर्तमान र भविष्य बताउने अनुभव सुनाइन् । अकालमा ज्यान गुमाउँनेहरुको मृतआत्मा आफ्नो शरीरमा अनुभव बताउन प्रकट हुने र सोही अनुसार आफुले बोल्ने गरेको शान्ता परियारले बताइन् । उनले बिहानै नुवाई धुवाई गरेर भगवानको आराधना गरी पितृ बोलाउने कार्यमा राती अबेरसम्म सक्रिय हुने गर्छिन् ।

पितृ बोलाउनको लागि कुनै विज्ञापन पनि गरेकी छैनन्, सुन्तलीले । उनीकहाँ एकपटक पुग्ने मानिसहरुले व्यक्तिगत सञ्चार गरेकै कारण उनलाई खोजीखोजी हेराउने मानिसहरु हुन्छन् । स्याङजा घर भएका युवाले नाम नबताउने सर्तमा आधुनिक समयमा पितृ बोलाउने र आफ्नो भविष्य खोज्ने व्यक्तिहरु यस्तो अन्धविश्वासलाई समेत चिर्न नसकिने अनुभव गरेको बताए ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस