नेपालीमा एउटा उखान छ–‘माल पाएर चाल नपाएपछि के गर्नु ।’म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले उपलब्ध गराएको ५०० एमए एक्सरे प्रयोग विहिन भएको छ।गएको माघ १ गते हालका लायन्स क्लवका गर्भरन चन्द्रकुमार केसी सहित लायन्सका लिडरको उपस्थितीमा हस्तान्तरण गरिएको एक्सरे मेसिन थ्री फेज लाइन र स्पेपलाइजर ५० केभीएजडान नहु्दाँ साढे दुईमहिनादेखि प्रयोगविहिन अवस्थामा रहेको छ।
पश्चिम म्याग्दीको मालिका,धवलागिरी गाउँपालिका साथै छिमेकी बागलुङका विभिन्न बस्तीबाट सेवा लिने केन्द्रमा एक्सरे मसिनको प्रयोग नहुदाँ सेवाग्राहीलाई सास्ती भएको छ । दैनिक ३० देखि ४० जनाले सेवा लिने केन्द्रमा अति आवश्यक एक्सरे मेसिन नै प्रयोगमा नआएपछि समस्या भएको लायन्स क्लव अफ दरबाङका अध्यक्ष थमन गौतमले बताए । एक्सरे मेसिन प्रयोग नहुदाँ समस्या भएको छ,‘विद्युत आपुर्ती गरी सञ्चालनको पहल भइरहेको छ’अध्यक्ष गौतमले भने । उनका अनुसार स्पेपलाइजर ५० केभीएको गाउँपालिकाको खरिद गर्ने सम्झौता रहेको छ । एक्सरे मेसिन प्रयोगका लागि निक साइमनबाट रेडियोग्राफर सुमन चक्रधर समेत केन्द्रमा कार्यरत छन्।
एक्सरे मेसिन प्रयोगमा नआउँदा सर्वसाधारण सदरमुकाम बेनी आउनुपर्ने बाध्यता रहेको छ । एक्सरे मेसिनका बारेमा जानकारी लिन सम्पर्क गर्दा केन्द्रका डा. विजय शर्माले फोन उठाएनन् । लायन्स क्लवले केन्द्रलाई कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको थियो । लायन्स क्लबका पदाधिकारीले गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडाध्यक्ष पथबहादुर रोकाको उपस्थितीमा हस्तान्तरण गरेको मध्ये एक्सरे मेसिन अझै सञ्चालनमा नआएको जानकारी पाएपछि तत्काल सञ्चालनको वातावरण बनाउन अनुरोध गरेको ।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...