महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५, १८२० र अन्य पूरक प्रस्तावहरूको कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाका बारेमा दाङ र रोल्पाका द्वन्द्वपीडित महिलाहरुलाई जानकारी गराइएको छ।
सरकारी पक्षले कार्ययोजनाका बारेमा चासो नदिएको अवस्थामा पनि गैर सरकारी तर्फबाट दोस्रो राष्ट्रिय कार्ययोजनाका बारेमा छलफल सुरु गरिएको हो। एडभोकेसी फोरम र नागरिक आवाजको सहकार्य तथा नेपाल महिला सामुदायिक सेवा केन्द्रको समन्वयमा संचालन गरिएको तालिममा दाङमा २५ र रोल्पाका २५ गरी ५० जना द्वन्द्वपीडित महिलाहरुको उपस्थिति रहेको थियो।
पहिलो चरणको राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा आउँदा पीडित सम्म नपुगेको भन्दै दोस्रो चरणको कार्ययोजना आईसकेको भए पनि कार्यान्वयन गर्ने निकाय समेत मौन रहेको अवस्थामा यस्ता कार्यक्रमले टेवा दिने कार्यक्रममा सहभागीले बताए। कार्यक्रममा एडभोकेसी फोरमका निर्देशक ओम प्रकाश सेन ठकुरी, नागरिक आवाजका सरु सुवेदी, अस्मीता दवाडी र नेपाल महिला सामुदायिक सेवा केन्द्रका दिनेश सुवेदीले तालिमको सहजीकरण गरेका थिए।
दोस्रो राष्ट्रिय कार्ययोजनाका चार मुख्य बुँदामा पहिलो सहभागिता, दोस्रो सुरक्षा र रोकथाम, तेस्रो राहत तथा परिपुरण, चौथोमा क्षमता अभिवृद्धि, स्रोत व्यवस्थापन र अनुगमन मुल्याङ्कन रहेको छ। द्वन्द्वको समय र त्यस पश्चातको संक्रमणकालीन अवस्थामा विशेष गरी महिला र बालबालिकाहरु विभिन्न प्रकारका हिंसा, विभेद र जोखिममा परेका हुन्छन् भन्ने कुरा विश्वमा गरिएका अध्ययन र अनुभवहरूले पुष्टि गरिसकेको छ।
महिला र बालिका माथि हुने यस प्रकारका हिंसा, विभेद र जोखिम जस्ता विषयहरुलाई सम्बोधन गर्न तथा शान्ति निर्माणको प्रक्रियामा उनीहरुको सहभागिताको प्रवर्द्धन गर्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषदबाट ३१ अक्टोबर सन् २००० मा प्रस्ताव नं १३२५ पारित गरिएको थियो। यो प्रस्ताव द्वन्द्व र द्वन्द्व पश्चातको शान्ति प्रक्रिया तथा नीति निर्माणमा महिलाको सहभागिता एवं महिला र बालिकाहरुको सबै प्रकारका अधिकारहरुको संरक्षणका लागि समेत महत्त्वपूर्ण प्रस्तावको रुपमा रहेको छ।
त्यसैगरी द्वन्द्व र त्यस पश्चातको संक्रमणकालीन अवस्थामा लैंङ्गिक तथा यौनजन्य हिंसाका घटनाहरुबाट प्रभावित महिला र बालिकाहरुको सुरक्षा र पीडितहरूको विशेष आवश्यकतालाई सम्बोधन गर्न दोस्रो प्रस्तावको रुपमा संयुक्त राष्ट्र संघ, सुरक्षा परिषदबाट १९ जुन २००८ मा प्रस्ताव नं १८२० पारित भएको थियो। यो प्रस्तावले विशेष गरी द्वन्द्वको समयमा महिला र बालिका माथि हुने यौनजन्य हिंसालाई रोकथाम गर्न, यौनजन्य हिंसामा शून्य सहनशीलता लागू गर्न र आम नागरिकहरुलाई यौन हिंसामा पर्न नदिन आवश्यक उपायहरू अपनाउने जस्ता विषयहरुमा जोड दिएको छ।
के हो १३२५ ?
द्वन्द्वको समय र त्यस पश्चातको संक्रमणकालीन अवस्थामा विशेष गरी महिला र बालबालिकाहरु विभिन्न प्रकारका हिंसा, विभेद र जोखिममा परेका हुन्छन् भन्ने कुरा विश्वमा गरिएका अध्ययन र अनुभवहरूले पुष्टि गरिसकेको छ। महिला र बालिका माथि हुने यस प्रकारका हिंसा, विभेद र जोखिम जस्ता विषयहरुलाई सम्बोधन गर्न तथा शान्ति निर्माणको प्रक्रियामा उनीहरुको सहभागिताको प्रवर्द्धन गर्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषदबाट ३१ अक्टोबर सन् २००० मा प्रस्ताव नं १३२५ पारित गरिएको थियो। यो प्रस्ताव द्वन्द्व र द्वन्द्व पश्चातको शान्ति प्रक्रिया तथा नीति निर्माणमा महिलाको सहभागिता एवं महिला र बालिकाहरुको सबै प्रकारका अधिकारहरुको संरक्षणका लागि समेत महत्त्वपूर्ण प्रस्तावको रुपमा रहेको छ।
के हो १८२० ?
द्वन्द्व र त्यस पश्चातको संक्रमणकालीन अवस्थामा लैंङ्गिक तथा यौनजन्य हिंसाका घटनाहरुबाट प्रभावित महिला र बालिकाहरुको सुरक्षा र पीडितहरूको विशेष आवश्यकतालाई सम्बोधन गर्न दोस्रो प्रस्तावको रुपमा संयुक्त राष्ट्र संघ, सुरक्षा परिषदबाट १९ जुन २००८ मा प्रस्ताव नं १८२० पारित भएको थियो। यो प्रस्तावले विशेष गरी द्वन्द्वको समयमा महिला र बालिका माथि हुने यौनजन्य हिंसालाई रोकथाम गर्न, यौनजन्य हिंसामा शून्य सहनशीलता लागू गर्न र आम नागरिकहरुलाई यौन हिंसामा पर्न नदिन आवश्यक उपायहरू अपनाउने जस्ता विषयहरुमा जोड दिएको छ।