बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बुधवार जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीका गापन दर्लामीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
जङ्गलमा घाँस दाउरा लिएर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए। उनका अनुसार तीन दिन देखी जङ्गल भित्रबाट बस्तीमा पसेको हात्तीलाई राती नै सुरक्षित तरिकाले जङ्गलमा प्रवेश गराइएको छ।
कलैया उपमहानगरपालिका २ दोहोरी गाउँमा पनि हात्तीले तीन दिन पहिला तीन वटा घरहरू भत्काएको उनले सुनाए।
उनका अनुसार हात्ती, बस्ती आसपासमै हुन सक्ने भएकोले सचेत भएर बस्न बस्तीका बासिन्दालाई आग्रह गरिएको छ।