जंगली हात्तीको आक्रमणबाट सिन्धुलीमा एक जनाको ज्यान गएपछि स्थानीयले मदनभण्डारी राजमार्ग अवरोध गरेका छन्। सिन्धुलीको कमलामाई नगरपालिका १३ रानीबासमा हात्तीको आक्रमणबाट स्थानीय ४० बर्षिय डण्डपानी पौडेलको मृत्यु भएको हो।
घरमा सुतिरहेका पौडेललाई घरमा क्षति गरि हात्तीले करिब ५० मिटर जति घिसारेर गम्भिर घाइते बनाएको थियो। घाइते पौडेललाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयले जनाएका छन्। मृतकलाई क्षतिपूर्ती सहित सुरक्षाको माग गर्दै मदनभण्डारी राजमार्गस्थित रानीबासमा स्थानीयले राजमार्ग बन्द गराएका छन्। राजमार्ग अवरोध गरी स्थानीय प्रदर्शनमा उत्रिएका हुन्। ‘राजमार्ग अवरोध गराएका छन्, छलफल भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जिवी दाहालले भने।
‘पछिल्लो दुई साताभित्र सिन्धुलीमा हात्तीले दुई दर्जन बढी घरमा क्षति पुर्याएको छ। सिन्धुलीमा ३० घरभन्दा बढी यसै बर्ष हात्तीले क्षति गरेको छ’, ‘कमलामाई नगरपालिका प्रमुख मेयर उपेन्द्रकुमार पोखरेलले भने, ‘बर्षेनी हात्तिले क्षति गर्दै आएको छ।’