सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १३ मा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणमा परी ४० वर्षीय डण्डपानी पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सुतिरहेको स्थानमा जंगली हात्तीले आक्रमण गरेपछि गम्भिर घाइते भएका पौडेलको उपचारको लागि सिन्धुली अस्पताल ल्याईएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रहरी नायव उपरिक्षक चिरन्जीवि दाहालले जानकारी दिए। घटना राति ३ः३० बजे भएको प्रहरी नायव उपरिक्षक दाहालले बताए। यसअघि मकवानपुरमा पनि हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको थियो।