विराटनगर महानगरपालिका–१० बाट बुधबार स्रोत नखुलेको नेपाली रूपैयाँ ९ लाखसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार राति साढे ८ बजेतिर विराटनगर महानगरपालिका–१९ का ४२ वर्षीय रञ्जितकुमार साहलाई स्रोत नखुलेको नेपाली ९ लाख २० हजार रूपैयाँसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार भारतीय नम्बरको बिआर ३८ एन ४९३० नम्बरको मोटरसाइकललाई रोकेर चेक गर्दा स्रोत नखुलेको रकम बरामद भएको हो।
साहले साथमा रहेको रकमको स्रोत खुलाउन नसकेको र उक्त रकम अवैध हुन्डी कारोबारको भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। बरामद भएको रकम र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान तथा कारबाहीका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।