सुदूरपश्चिम प्रदेश : ‘घोषित राजधानी’ बनाउन माग राख्दै महोत्सवी आन्दोलन
०५ माघ २०७९
•
३ मिनेट पाठ
सुदूरपश्चिम प्रदेश : ‘घोषित राजधानी’ बनाउन माग राख्दै महोत्सवी आन्दोलन
सुदूरपश्चिम प्रदेशको ‘घोषित राजधानी’ लाई यथाशक्य निर्माण गर्न अत्तरिया उद्योग वाणिज्य संघले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सहभागी हुँदै स्थानीय। तस्बिरः पुष्पराज जोशी/नागरिक
२०७५ असोज १२ गतेका दिन प्रदेश सभाबाट दुई तिहाईले कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजार नजिकै रहेको तेघरीमा राजधानी घोषणा गर्‍यो। राजधानी घोषणाको चार वर्ष तीन महिना वितिसक्दा पनि राजधानी निर्माण हुन नसक्दा संघ र प्रदेश सरकारसँग ‘घोषित राजधानी’ लाई चाँडो भन्दा चाँडो निर्माण गर्न माग राख्दै अत्तरियामा शालीन आन्दोलनस्वरुप महोत्सव सञ्चालन गरिएको छ।  




मेला, महोत्सवहरु प्रायः व्यापारिक, व्यवसायिक र मनोरञ्जनात्मक हिसाबले गरिने भएता पनि अत्तरिया उद्योग वाणिज्य संघले भने घोषणा भएको सुदूरपश्चिम प्रदेशको राजधानीलाई यथाशक्य निर्माण गर्न माग राख्दै शालिन आन्दोलनस्वरुप महोत्सव आयोजना गरेको हो। प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशको राजधानी तेघरीमा राख्ने निर्णय गरे पनि कार्यान्वयन नभएको भन्दै माग पूरा गर्न शालिन आन्दोलनस्वरुप महोत्सव आयोजना गरिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बताए। उनले भने,‘हामीले सडक बन्द तथा चक्का जाम गरेर आन्दोलन गर्नुको साटो महोत्सव सञ्चालन गरेर त्यहीँबाट स्थानीय आम नागरिकलाई हस्ताक्षर गराई चाँडो भन्दा चाँडो राजधानी घोषणा गरेको स्थानमा निर्माणका कार्य अगाडि बढाउन दबाब दिन थालेका छौँ।’  

उनले अत्तरियाबासीको प्रमुख माग भनेकै घोषणा भएको राजधानीलाई कार्यान्वयन गराउनुका साथै यस क्षेत्रको पर्यटकीय विकास, औद्योगिक क्षेत्र निर्माण, व्यवस्थित सहरीकरण, खुलामञ्च निर्माण गर्नु प्रमुख माग रहेको बताए। ‘सुदूरपश्चिमको राजधानीस्थल तोकिएको गोदावरी नगरपालिकामा सम्पूर्ण सुविधासहितको विकास निर्माणका कार्य तीब्र गतिमा हुनुपर्ने तथा औद्योगिक क्षेत्र निर्माण गरिनुपर्ने लगायतका माग राख्दै सरकारलाई झकझकाउन महोत्सव आयोजना गरेका हौँ,’अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले भने,‘हामीले महोत्सवमा आउने दर्शकलाई यहाँको वस्तुस्थिति बोलिदिन र अत्तरियाको विकासका बारेमा सबैलाई आवाज उठाउन जनचेतना जगाउन पनि महोत्सवको आयोजना गरेका हौँ।’ महोत्सव स्थलमै सार्वजनिक रुपमा यहाँको विकास निर्माणका बारेमा पटक पटक बोल्दा सबै नागरिकमा त्यो खबर सञ्चार हुन्छ र सरकार विकास गर्न बाध्य हुने उनले बताए। ‘ठूलो संख्यामा आएका दर्शकले विकास माग्नुपर्ने चेतना हामीले महोत्सवस्थलबाटै दिन सकेमा त्यसले सकारात्मक सन्देश जाने र विकास गर्न सरकार बाध्य हुन्छ,’ उनले भने,‘यो अत्तरियाको विकास माग्नका लागि सुनौलो अवसर पनि हो।’ महोत्सव पुस २७ गतेदेखि माघ ९ गतेसम्म हुने र महोत्सव स्थलमै यथाशक्य राजधानी निर्माण गर्नका लागि हस्ताक्षर अभियान पनि चलिरहेको उनले बताए।  

गोदावरी नगरपालिका भित्रको पर्या पर्यटन प्रवद्र्धन गर्नुका साथै यहाँको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र गोदावरीको संरक्षण सम्वद्र्धन गर्नु, लामितालको प्रचार प्रसार गर्नु तथा गोदावरी नगरपालिकामा स्थापना गर्ने भनिएको औद्योगिक करिडोरलाई चाँडो स्थापना गर्नका लागि दबाब दिन पनि आफूहरुले महोत्सव सञ्चालन गरेको उनको भनाइ छ।  

सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरियाको तेघरीमा स्थापना हुने भन्दै घोषणा गरे पनि अहिलेसम्म प्रदेश सरकारको मातहतमा जग्गा उपलब्ध हुन नसक्दा राजधानीका लागि आवश्यक संरचना बन्न सकेको छैन। सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारसँग पटक–पटक जग्गा भोगाधिकारका लागि पहल गरिरहँदा पनि अहिलेसम्म प्रदेश सरकारको मातहतमा जग्गा भोगाधिकारका लागि आउन नसक्दा राजधानी बन्न नसकेको हो। प्रदेश सभा बैठकले गोदावरीको चुरेफेददेखि तेघरीको भावर क्षेत्रसम्म ३० लाख २ सय ३७ वर्ग मिटर क्षेत्रफलमा राजधानी बनाउने घोषणा गरेको थियो। अहिले सुदूरपश्चिम प्रदेश अस्थायी राजधानी धनगढीबाट सञ्चालनमा रहेको छ।  
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस