विराटनगरस्थित मेन रोडबाट स्रोत नखुलेको ७ लाख रुपैयाँसहित एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–१८ का ३६ वर्षीय रविप्रकाश साहलाई स्रोत नखुलेको ७ लाख ९ हजार रुपैयाँसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
साहलाई विराटनगर–७ मेनरोडस्थित माछापुच्छ्रे बैंक नजिकबाट स्रोत नखुलेको रुपैयाँका साथै विभिन्न बैंकको एटिएम कार्ड, बैंकमा रकम जम्मा गरेको भौचर, चेक तथा चेक बुकसमेत बरामद गरेको डिएसपी श्रेष्ठले बताए।
पक्राउ परेका साहको साथबाट विभिन्न बैंकका १४ वटा एटिएम कार्ड र ९ थान चेक पनि फेला परेको छ भने विभिन्न बैंकको डिपोजिट ६२ लाख ११ हजार २ सय ३५ रुपैयाँ बराबरको भौचर १० थान, ६ लाख बराबरको काटिएको चेक २ थानसमेत बरामद भएको डिएसपी श्रेष्ठले बताए।
को २४ प ७९८४ नम्बरको मोटरसाइकलमा सवार साहलाई शंका लागी चेक गर्दा उनको साथमा रहेको रकम, चेक, भौचरलगायतको स्रोत खुलाउन नसकेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।