अब जनकपुर र बिराटनगरबाट श्रम स्वीकृति लिन सकिने
२३ पौष २०७९
•
१ मिनेट पाठ
अब जनकपुर र बिराटनगरबाट श्रम स्वीकृति लिन सकिने
भाेलिदेखि जनकपुर र बिराटनगरबाट श्रम स्वीकृति लिन सकिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले गत पुस ११ गते गरेको निणर्य कार्यान्वयन गर्ने क्रममा भोलिदेखि उपरोक्त स्थानबाटै श्रम स्वीकृत लिन सकिने छ।  




यसअघि काठमाडौं र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो। प्रचण्ड नेतृत्व सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले नागरिकहरूलाई प्रदान गर्दै आएका आधारभूत सेवा दिने निकायहरूको सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो झण्झटमुक्त बनाउने, यसमा देखिने गरी सुधारका कामहरू तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने निणर्य गरेको थियो।

सोही निणर्य कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मातहतका मन्त्रालयहरूलाई कार्ययोजना निर्माण गरी कार्यान्वयनमा जान निर्देशन दिएबमोजिम भोलिबाट थप दुई स्थानबाट श्रम स्वीकृति लिने व्यवस्था सुरु हुनेछ। सुर्खेत र धनगढीबाट भने छिट्टै प्राविधिक तथा भौतिक तयारीपछि यो सेवा सुरु हुनेछ। त्यसका लागि सरकारको तर्फबाट आवश्यक गृहकार्य भइरहेको छ।  

यसअघि प्रदेशहरूबाटै श्रम स्वीकृत लिन नसकिने अवस्थाका कारण नागरिकले सास्ती पाउँदै आएका थिए। वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित तुल्याउने प्रधानमन्त्रीको सोंचअनुसार श्रम स्वीकृतिका लागि कार्यालय बिस्तार गरिएको हो। प्रधानमन्त्री प्रचण्डले सचिवहरूसँगको छलफलका क्रममा समेत नागरिकले राज्यबाट सेवा प्राप्त गर्न लामो लाइन र अन्य झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न निर्देशन दिनुभएको थियो।

प्रधानमन्त्रीले आफ्नो निर्देशनलाई बढीमा एक महिनाभित्र परिणाम देखिने गरी कार्यान्वयन गर्न भनेपछि मन्त्रालयहरूले निर्देशनको कार्यान्वयनका लागि कार्ययोजना बनाएर काम गर्न थालेका छन्।
अर्को समाचार
छ महिनामा ३० लाखलाई श्रम स्वीकृति, १३ करोड क्षतिपूर्ति
०२ फागुन २०८०
•
४ मिनेट पाठ
छ महिनामा ३० लाखलाई श्रम स्वीकृति, १३ करोड क्षतिपूर्ति
आयआर्जनका लागि सरकारबाट श्रम स्वीकृति लिई देशबाहिर गएर शारीरिक तथा मानसिक श्रमका लागि युवा भौंतारिइरहेका छन्। रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा प्रत्येक वर्ष लाखौं युवा कामका लागि बिदेसिने गरेका छन्।




रोजगारीको अवसर खोज्दै खाडी मुलुक, मलेसिया, युरोपलगायतका मुलुकमा दिनहुँ करिब तीन हजार युवा जाने गरेका छन्। यसरी बिदेसिने युवाहरू म्यानपावर कम्पनी, यसका एजेन्टका साथै सम्बन्धित सरकारी निकायबाट पाइला पाइलामा ठगिने, शोषित हुने गरेका तथ्य त्यतिकै सार्वजनिक हुने गरेका छन्।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३० लाख ४३ हजार बढी युवाले वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति लिएका छन्। यसै अवधिमा वैदेशिक रोजगार विभागमा कुल तीन हजार चार सय ९५ वडा उजुरी पीडितका तर्फबाट परेका छन्।

विदेश जानुअघि स्वदेशी निकायबाटै ठगिनु र विदेश गएपछि पनि भनेबमोजिमको काम तथा सेवासुविधा नपाएर पीडित बन्ने गरेका युवाको संख्या ठुलो छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई हेप्ने, अधिक समय काममा लगाउने, पासपोर्ट नदिने, आश्वासन दिएअनुसारको काम र तलब सुविधा नपाउने वा न्यून पारिश्रमिक दिने, विश्राम समय नदिने, कार्यस्थल परिवर्तन गर्न नदिने, बिरामी भएमा उपचार खर्च नदिने वा उपचार नगराउने, अकाल मृत्यु हुने, अंगभंग हुने जस्ता समस्या धेरै देखापरेका छन्।

त्यो मात्रै नभएर महिला कामदारहरूलाई कडा निगरानीमा राख्ने, महिला हिंसा तथा मानव बेचबिखनको सिकार हुने, यौन शोषण गर्ने सम्भावना बढी हुने जस्ता समस्याका कारण वैदेशिक रोजगारी धेरै जसो नेपालीका लागि अवसर नभई बाध्यात्मक बन्न पुगेको छ।  

वैदेशिक रोजगारीका क्रममा गत साउनदेखि पुससम्ममा ठगीमा परेका युवाले १३ करोड ८४ लाख ४५ हजार रूपैयाँ पाएका छन्। उक्त रकम वैदेशिक रोजगार गएर फर्किएका पीडित र स्वदेशमै ठगीमा परी विदेश जान नपाएका युवाले पाएको रकम हो। जसमध्ये फछ्र्यौट संख्या एक हजार पाँच सय ६० छ। उनीहरूको कुल मागदाबी कति थियो भन्ने तथ्यांक विभागले राखेको छैन। यस्तो तथ्यांक विभागले तयार गरिरहेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताए।

वैदेशिक रोजगारी पीडित व्यक्तिमध्ये धेरैजसो पीडा दबाएरै बस्न बाध्य रहेका छन् भने धेरैले संघसंस्थामार्फत पीडा वा ठगीविरुद्ध लागेर न्याय पाइरहेको पनि देखिएको छ।
वैदेशिक रोजगारीमा जाने कामदारलाई अधिकांश म्यानपावर कम्पनीले उनीहरूले तिरेको रकमको रसिदसम्म नदिने गरेकोे थुप्रै पीडितको आरोप छ।

त्यस्तै गत साउनदेखि पुस मसान्तसम्म विभागको उद्धार, राहत तथा समन्वय शाखामा ६ सय ९० उजुरी परेका छन्। विभागका अनुसार यस अवधिमा विदेशमा समस्यामा परेका ४५ जनाको उद्धार गरिएको छ। एक सय ७२ जनाले क्षतिपूर्ति पाएका छन्। ७९ उजुरी दुई पक्षबिच आपसी सहमतिमा फछ्र्यौट भएको विभागको भनाइ छ।

त्यसैगरी ६५ वटा उजुरी फिर्ता भएका छन् भने एउटा उजुरी तामेलीमा गएको विभागको तथ्यांकमा उल्लेख छ। उक्त शाखामा परेका कुल ६ सय ९० उजुरीमध्ये तीन सय ६२ फछ्र्यौट भएका छन्। उनीहरूलाई एक करोड ३९ लाख ४६ हजार क्षतिपूर्ति उपलब्ध गराइएको विभागले जनाएको छ।

विभागमा पीडितले दिने अधिकांश उजुरीमध्ये सबैभन्दा बढी पैसा लिएर विदेश नपठाउने विषयमा पर्ने गरेको विभागका अधिकारीहरूले बताए।
वैदेशिक रोजगारी विकासशील र कम विकसित देशका लागि विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हो। त्यसैले वैदेशिक रोजगारीका लागि दैनिक करिब तीन हजार युवा जाने गरेका छन्। त्यस्तै, ६ महिनामा वैदेशिक रोजगारीमा नयाँ तथा पुनः गरेर ३० लाख ४३ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन्।

विभागको तथ्यांकअनुसार नयाँ व्यक्तिगत श्रम स्वीकृति लिने पुरुषको संख्या ३२ हजार सात सय ७२ छ भने श्रम स्वीकृति लिनेमा महिला नौ हजार चार सय ११ जना रहेका छन्। जसअनुसार म्यानपावरमार्फत नयाँ श्रम स्वीकृति लिने पुरुषको संख्या एक लाख ३९ हजार तीन सय ६६ छ भने १९ हजार ६ सय २० जना महिलाले म्यानपावरमार्फत नयाँ श्रम स्वीकृति लिएका छन्। भारतमा काम गर्ने नेपालीहरूको यकिन तथ्यांक सरकारसँग छैन।

त्यस्तै एक लाख २५ हजार तीन सय ३४ पुरुष र १० हजार एक सय एक महिलाले पुनः श्रम स्वीकृति लिएका छन्। सरकारी संयन्त्र (जिटुजी)मार्फत ६ हजार तीन सय ६७ पुरुष र चार सय ३३ महिला दक्षिण कोरिया पुगेका छन्।
नेपालीहरूले वैदेशिक रोजगारीमा जाँदा ऋण लिएर जाने र कमाएको पैसाबाट पहिला ऋण तिर्ने, बचत भएमा घरायसी काममा खर्च गर्ने र त्यसपछि पनि बचत भएमा घर जग्गा खरिद गर्ने गरेका हुन्छन्। त्यसैले सहजै वैदेशिक रोजगारीलाई युवाले पहिलो प्राथमिकता दिएका छन्।

कलिलो उमेरमा परिवार छोडेर विदेशमा वर्षौंसम्म बस्दाको सामाजिक लागत ठुलो हुन्छ। तर, वैदेशिक रोजगारीबाट फर्केपछिको पारिवारिक पुनर्मिलन पनि धेरै जटिल हुने गरेको छ।

विभागको मुद्दा तथा अनुसन्धान शाखामा एक हजार एक सय ३० उजुरी परेका छन्। एक सय ९१ मुद्दा मिलापत्र भएका छन् भने ८४ मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर भएका छन्। यो शाखामा परेका उजुरीअन्तर्गत ११ करोड दुई लाख ८९ हजार ६ सय रूपैयाँ क्षतिपूर्ति पीडित पक्षलाई उपलब्ध गराइएको उल्लेख छ। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २५ सेकेन्ड अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस