धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका–२ मुखियापट्टीका ४५ वर्षीय धानुक दास हत्याको दोषी अझै पत्ता लागेको छैन्। हत्याको तीन दिन बित्न लागेपनि प्रहरीले दोषी पत्ता लगाउन सकेका छैनन्।
गत शनिबार बेलुका मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्ति दासको घरमा पुगेर उनको गोली हानि हत्या गरेर फरार भएको थिए। दास मोटर (पम्प) मर्मत गर्ने मिस्त्री थिए। पछिल्लो केहिवर्षदेखि उनी मोटर मर्मतको ग्यारेजसँगै ग्यास र किराना पसल संचालन गर्दै आएका थिए।
मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले पहिले दासकै किराना पसलमा सिगरेट लिए। सिगरेट पिउँदै उनीहरु दाससँग मोटर मर्मत गर्ने विषयमा कुराकानी गर्न थाले मृतक दासको ७५ वर्षीय आमा महाजनीदेवी दासले बताइन्।
उनले भनिन् ‘उनीहरुको कुराकानी चलिरह्यो म फेरि घरघित्र पसे एकछिनमा ठुलो अवाज आयो मैले तुरन्त बाहिरिए। छोरा मोटर बनाउँदै गरेको ठाउँमा छठपटाइरहेको र दुईजना मोटरसाइकलामा भाग्दै गरेको देखे। मैले छरछिमेकीलाई बोलाए तर त्यतिबेला कोहि आएन् हत्याराहरु भागिसकेपछि मात्रै छरछिमेकका मान्छेहरु आए।’
दासले दुई वटा विवाह गरेका थिए। जेठी श्रीमतीबाट दुई छोरा र तीन छोरी छन् । तीनै छोरीकी विवाह भैसकेको छ। उनको १८ र २० वर्षका दुई छोरा अविवाहित छन्। मृतक दास ढेड वर्षअघि मात्रै दोस्रो विवाह गरेको थियो।
दास ग्यारेज र पसल संचालन गर्दै आएको घरमा कान्छी श्रीमतीसँग बस्दै आएका थिए भने उनको जेठी श्रीमती भित्री गाउँमा रहेको अर्कै घरमा छोराहरुसँग बस्दै आएका छिन्। कान्छी श्रीमतीसँग पनि एउटी छ महिनाकी छोरी छिन्। उनको कान्छी श्रीमतीले पनि दुई वटा विवाह गरेकी थिइन्। पहिलेको श्रीमानलाई छोडेर उनी दाससँग विवाह गरेका थिइन्।
पछिल्लो समय मधेश प्रदेशमा हत्याको घटना धेरै वृद्धि भएको छ। चालु आर्थिक वर्षमा मात्रै ५० जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्याङ्कमा उल्लेख छ। मधेशको जिल्लाहरु खुल्ला सीमासँग जोडिएको हुनाले हत्या गरी अपराधि सजिलै भारत प्रवेश गरी लुक्ने गरेका छन्।

उनले भनिन् ‘छोरा साँझसम्म दमकल बनाउँदै थिए। दमकल मर्मत गराउन तीनचार जना गाउँकै मान्छेहरु बसेको थियो, छोराले सबैको लागि चिया पकाउन भने, मैले चियाँ पकाएर दिए। पछि उनीहरु चियाँ खाएर गए। म पनि खाना पकाउन घरभित्र पसे छोराले मोटर बनाउँदै गरे।’केहिबेरमा किरना पसलमा दुईजना व्यक्ति आए उनीहरुले सिगरेट किने र सिगरेट पिउँदै बाटोमा मोटरसाइकल बिग्रेको भन्दै छोरालाई गएर बनाई दिन भनिरहेका थिए। 'छोराले रात भयो अहिले जादिँन भने, त्यसपछि उनीहरुले छोरासँग मोबाइल नम्बर मागे' मृतकको आमा महाजनीदेवीले बताइन्।
उनले भनिन् ‘उनीहरुको कुराकानी चलिरह्यो म फेरि घरघित्र पसे एकछिनमा ठुलो अवाज आयो मैले तुरन्त बाहिरिए। छोरा मोटर बनाउँदै गरेको ठाउँमा छठपटाइरहेको र दुईजना मोटरसाइकलामा भाग्दै गरेको देखे। मैले छरछिमेकीलाई बोलाए तर त्यतिबेला कोहि आएन् हत्याराहरु भागिसकेपछि मात्रै छरछिमेकका मान्छेहरु आए।’
अज्ञात व्यक्तिको गोली प्रहारबाट मुर्छित भएका दासलाई स्थानीयहरु उपचारको लागि अस्पताल लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको थियो।यता प्रहरीको प्रारम्भिक अनुसन्धानले घरायसी समस्याका कारण हत्या भएको हुन सक्ने जस्तो देखाएको छ। यद्यपी ठोस प्रमाण फेला नपरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रली जानकारी दिए। विभिन्न कोणबाट अनुसन्धान जारी रहेको उनले बताए।