धनुषामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ।
शनिबार साँझ अज्ञात व्यक्तिले चलाएको गोलीबाट मुखिया पट्टी मुसहर नियाँ गाउँपालिका २ मुखिया पट्टी बस्ने अन्दाजी ४५ वर्षीय धनुक दास मृत्यु भएको हो।
शनिबार साँझ करिब साढे ७ बजे घरकै ग्यारेजमा बसिरहेको बेला दासमाथि गोली प्रहार भएको एक स्थानीयले जानकारी दिए।अज्ञात व्यक्तिको समूहले चलाएको गोली दासको बायाँ कोखामा लागेको पछि उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप क्षेत्रीले भारतीय नम्बर प्लेट भएको पल्सर चढेर दुई जनाको समूहमा आएका व्यक्तिहरूले दासमाथि गोली प्रहार गरी भारततर्फ भागेको जानकारी प्राप्त भएको बताए। उनले भने 'सीमा क्षेत्रमा प्रहरी परिचालन गरेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।'
मृतक दासको शव पोस्टमार्टमको प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।