धनुषा शसस्त्र प्रहरीले स्रोत खुल्न नसकेको नगद २४ लाखसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मधुबनी जिल्लाको माङ्गपट्टी बस्ने २४ वर्षीय उमेश कुमार यादव रहेको छ।
मंगलबार प्रदेश २-०२-००५ प ५७९८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा उनलाई धनुषाको विदेह नगरपालिका-९ बाट २४ लाख १७ हजार नगदसहित पक्राउ गरिएको शस्त्र धनुषाका एसपी प्रकाश कुमार सुवेदीले जानकारी दिए।
मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा उनलाई नगदसहित पक्राउ गरिएको हो। मोटरसाइकलको ट्यांकी भित्र राखेको हजार रुपैयाँको १२ बण्डल र पाँच सयको २४ बण्डल नेपाली रुपैयाँ गरी २४ लाख १७ हजार नगद बरामद भएको शसस्त्र प्रहरी जनाएको छ।
प्रहरीका अनुसार उनलाई आवश्यक कारबाहीको लागि धनुषा भन्सार कार्यालय पठाइएको छ।