धनुषाको शहिदनगर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर र न्यानो कपडा वितरण गरेको छ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा नगरप्रमुख दिनेश प्रसाद यादवले अपाङ्गता भएका नगरवासीहरूलाई ह्विल चियर साथै न्यानो कपडा वितरण गरेका हुन्।
शनिबार अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शहिदनगर नगरपालिका ३ स्थित आयुर्वेद भवनमा आयोजित कार्यक्रममा २० जनालाई तीन पाङ्ग्रे साइकल र १५ जनालाई ह्विल चियर साथै ६० वटा कम्बल वितरण गरिएको नगरप्रमुख यादवले जानकारी दिए।
शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिलाई हिडडूल गर्न सहज होस भनेर तीन पाङ्ग्रे साइकल र ह्विल चियर वितरण गरिएको नगरप्रमुख यादवले बताए। उनले अपाङ्गताको क्षेत्रमा नगरपालिकाले सदैव सहयोग गर्ने बताए।