शनिबार बिहान मोरङको पथरीशनिश्चरे नगरपालिका–२ मा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथरीशनिश्चरेको जयचोकमा मोटरसाइकल दुर्घटना भएको हो।
प्रदेश १–०२–०४० प ७७७५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक मिक्लाजुङ गाउँपालिका–७ का २५ वर्षीय मनिहाङ लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर घाइते भएका लिम्बूलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टरमा लगिएको थियो।
उनको उपचारका क्रममा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।