१० अर्ब ७३ करोड हिनामिना प्रकरण: बराह सहकारीकाे मुख्य याेजनाकारसहित दुई पक्राउ
०३ मंसिर २०८३
•
३ मिनेट पाठ
१० अर्ब ७३ करोड हिनामिना प्रकरण:
बराह सहकारीकाे मुख्य याेजनाकारसहित दुई पक्राउ
सुनसरीको धरानमा रहेको बराह सहकारीको १० अर्ब ७३ करोडभन्दा बढी रकम हिनामिना भएको प्रकरणमा मुख्य योजनाकारसहित दुई जना पक्राउ परेका छन्।




प्रहरीले मुख्य योजनाकार धरान १२ घर भई काठमाडाैं २२ बस्ने बराह बचत तथा ऋण सहकारी संस्थाका संस्थापक ४५ वर्षे शिवकुमार विश्वकर्मा (लामिछाने) र धरान १५ बस्ने सहकारीकी कर्मचारी ३३ वर्षे अस्मिता भण्डारीलाई पक्राउ गरेको हो।  

बचतकर्ताको रकममध्ये सबैभन्दा बढी हिनामिना शिवकुमार लामिछानेले गरेको कुरा प्रहरीद्वारा डेढ वर्षअघि तयार गरेको अभियोगपत्रमा उल्लेख छ। अभियोगपत्रअनुसार शिवकुमारले व्यक्तिगत रूपमा दुई अर्ब ७१ करोड ३१ लाख ६० हजार २४ रुपैयाँ हिनामिना गरेका छन्।

त्यस्तै उनका बाबु इन्द्रकुमार लामिछानेका नाममा २ अर्ब ४५ करोड ७७ लाख १७ हजार ५७६ रुपैयाँ र आमा विष्णुमायाका नाममा ७० करोड १९ लाख १६ हजार २५४ रुपैयाँ हिनामिना भएको उल्लेख छ।

शिवकुमारका बाबु इन्द्रकुमार र आमा विष्णुमाया दुवैको निधन भइसकेको छ। प्रहरी प्रतिवेदनअनुसार शिवकुमार, उनका बाबु र आमाको नाममा गरी कुल ५ अर्ब ८८ करोड ४० लाख ८४ हजार ३३ रुपैयाँ हिनामिना भएको छ।

सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा विश्वकर्मा र भण्डारीलाई बुधबार कोसी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले सुनसरीको भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो। ‘लामो समयदेखि खोजी कार्य तीव्र पारेका थियौं, मुख्य योजनाकार पक्राउ गर्न सफल भयौं, अब अनुसन्धानबाट अरुलाई पनि पक्राउ गर्न सहज हुने आशा छ’, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पुष्प मल्लले भने।

पक्राउ परेकामध्ये विश्वकर्मालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्धा चलाउने प्रहरीले जनाएको छ। शंकर थापासहित चार हजार २४३ जनाको जाहेरीका आधारमा मुख्य योजनाकार शिव रहे पनि अरू अझै फरार रहेकाले तीव्र रूपमा तिनीहरूको पनि खोजी भइरहेको एसपी मल्लले बताए।

सहकारीका मुख्य सञ्चालक तथा योजनाकार शिवकुमार पक्राउ परे पनि मानबहादुर विश्वकर्मा र गंगा कालिकोटे भने फरार नै छन्। मानबहादुरले एक अर्ब ११ करोड ४३ लाख ४५ हजार र गंगाले तीन करोड १२ लाख २९ हजार ५६ रुपैयाँ हिनामिना गरेको प्रहरीले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रहरीको रिपोर्टमा १७ हजार १० जना बचतकर्ताबाट नेपालभर ३० र विदेशमा चार कम्पनी स्थापना वचतकर्ताबाट पैसा संकलन गरेर हिनामिना गरेको उल्लेख छ।

बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा यसअघि (२०८१ फागुन) मा पक्राउ परेका आठ जनालाई जिल्ला अदालत सुनसरीले थुनामा पठाउने आदेश दिएकोमा एक जनाबाहेक अरु सवै उच्च अदालतको आदेशमा धरौटीमा छुटेका छन्।

त्यतिबेला जिल्ला पक्राउ परेका ११ जनामध्ये तीन जना मुख्य योजनाकार मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा, गंगा कालिकोटेकी श्रीमती सरिता कालिकोटे र सञ्चालक सदस्य विष्णुमाया तुलाधारलाई जिल्ला अदालत सुनसरीले जनही ५–५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो।

त्यतिबेला सुनसरी प्रहरीले २१० जना ऋणीसहित २६२ जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको थियो। मुद्दा दायर भएकामध्ये ३५ जनालाई संगठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ बमोजिम कसुरमा सजायको माग दाबी गरिएको प्रहरी रिपोर्टमा उल्लेख छ।

यस्तै २१० जना ऋणीसहित २२२ जनालाई सहकारी ऐन २०७४ बमोजिमको कसुरमा सजाय माग गरिएको छ। पाँचवटा कम्पनीलाई पनि सम्पत्ति जफत गर्ने उद्देश्यले प्रतिवादी बनाइएको छ।

बराह सहकारीका सञ्चालक र उच्चतहका कर्मचारीहरूलाई सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० बमोजिम कारबाही तथा सजायको माग दाबी गरिएको छ। सहकारीको नाममा रकम हिनामिना तथा अपचलन गरेको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले डेढ वर्षअघि तत्कालीन प्रहरी निरीक्षक दिनेश अधिकारीको नेतृत्वमा अनुसन्धान गरिएको थियो।

प्रहरी निरीक्षक अधिकारीको अनुसन्धान प्रतिवेदनले कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ रकम हिनामिना तथा अपचलन गरी ठगी भएको निष्कर्ष निकालेको थियो।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस