बालेन्द्रप्रति उदयपुरका स्थानीय : कस्तो फिल्मी शैलीको मान्छे, फुत्त आयो, घण्टी बजायो, हात हल्लायो हिँड्यो
२२ माघ २०८२
•
२ मिनेट पाठ
बालेन्द्रप्रति उदयपुरका स्थानीय : कस्तो फिल्मी शैलीको मान्छे, फुत्त आयो, घण्टी बजायो, हात हल्लायो हिँड्यो
प्रचार सम्पर्क कार्यालयमा घण्टी बजाउँदै बालेन्द्र। तस्बसरः महेश्वर
अघिल्लो दिन नै आउने समय दिएका रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) बिहीबार विहान गाईघाट आए, तर एक मिनेट पनि नबसी हिँडे। विहान ९ः०० बजे आउने भनिएकोमा उनी केही ढिलो गरी गाईघाट आइ पुगेका थिए।




सेतो कारमा आएका साह गाडीबाट उत्रिएर सरासर मदन भण्डारी लोकमार्गमै सदरमुकामस्थित पुरानो गाईघाट (पिजी) चोकमा रहेको रास्वपाको निर्वाचन क्षेत्र नं. १ को चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालयमा पुगेका थिए। त्यहाँ झुण्ड्याइएको घण्टीको रालो बाँधेको डोरी तानेर हल्लाए अनि सरासर गाडीमा चढेर हात हल्लाउँदै बाटो लागे।

साहलाई हेर्नका लागि पिजी चोकस्थित सडक वारिपारि पेटीमा समर्थक तथा सर्वसाधारण भेला भएका थिए भने सुरक्षाकर्मी र सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी र अन्य सुरक्षाकर्मी परिचालन गरिएका थिए। सम्पर्क कार्यालय अगाडि आइ पुगेका उनको कार रोक्नुअघि नै मिडियाकर्मी र युट्युबरहरूले घेरे र फोटो भिडियो खिच्दै प्रतिकृया मागेका थिए।

तर, जवाफमा उनले हात जोडेर नमस्ते गर्नुका साथै शुभचिन्तकहरूसँग हात मिलाउने काम मात्र गरे, केही बोलेनन्।अरू ठाउँमा पनि प्रायःनबोली हिँड्ने साहले यहाँ पनि बोल्ने अपेक्षा कमै गरिएको थियो र भयो पनि त्यस्तै। सरर आए, गाडी रोके, उत्रिएर सरासर सम्पर्क कार्यालय गए, झुण्ड्याइएको घण्टी बजाएर हात हल्लाउँदै फेरि गाडी चढेर बाटो लागे।

बुधबार नै आउने भन्ने हल्ला चलाइएकाले समर्थक र पार्टी कार्यकर्ताहरू टाढाटाढाबाट हेर्न भेट्न भनेर आएका थिए। तर, ३ः०० बजे आउने भनिए पनि ४ः०० बजेसम्म नआएपछि सम्पर्क कार्यालयमा रहेका कायकर्ताहरूले उनी अस्वस्थताका कारण आउन नसकेको र भोलि बिहान ९ः०० बजे आउने जानकारी दिएका थिए।

प्रचार गरिए जस्तै आउन त उनी आए तर केही बोल्लान् र सुन्न पाइएला भन्ने अपेक्षा भने कार्यकर्ताको पूरा भएन। 'यत्तिका क्रेज भएका नेता, त्यसमाथि प्रस्तावित देशका प्रधानमन्त्री जस्तो मान्छे फिल्ड आएपछि सामान्य दुई र चार शब्द बोलेर कार्यकर्ता र सर्वसाधारणको जिज्ञासा मेटाउनु पर्ने हो,' भेलामा सहभागीहरू भन्दै थिए , 'कस्तो फिल्मी कलाकारशैलीको मान्छे? फुत्त आयो, घण्टी बजायो, हात हल्लायो हिँड्यो।'

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लगातार तीन कार्यकाल चुनाव जित्दै आएको झापा निर्वाचन क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्यमा ओलीलाई टक्कर दिँदै गरेका साहलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको छ। प्रस्तावित प्रधानमन्त्री भएकैले पनि देशवासी नागरिकले उनका योजना, खाका र विकासका मोडलहरूबारे जिज्ञासा राख्न पाउनुपर्ने र तिनको निदानका लागि केही कुरा सम्बोधन गर्नुपर्नेमा त्यसो हुन नसकेको सहभागीहरूको प्रतिक्रिया थियो।
अर्को समाचार
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
४ मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन्।




राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन्।

सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए। 
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस