४४ वर्षदेखि निरन्तर चुनाव लड्दै ...
०६ माघ २०८२
•
४ मिनेट पाठ
४४ वर्षदेखि निरन्तर चुनाव लड्दै ...
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–२ बाट उम्मेदवारी दिएका शरद सिंह भण्डारी यस्ता उम्मेदवार हुन्, जसले २०३८ सालदेखि हालसम्म लगातार सबै निर्वाचनमा उम्मेदवारी दिँदै आएका छन्।  




यसपटकको उम्मेदवारी उनको दशौँ प्रयास हो। यसअघि भएका नौ वटा निर्वाचनमध्ये अधिकांशमा उनी विजयी भएका छन् भने तीन पटक पराजित भएका छन्। प्रत्येक निर्वाचनमा पार्टी परिवर्तन गर्दै आएका भण्डारीले यसपटक जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवारी दिएका छन्।

भण्डारी निकट स्रोतका अनुसार उनले २०३८ सालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। सो निर्वाचनमा उनले महोत्तरीबाट उम्मेदवारी दिएर विजय हासिल गरे। त्यसपछि २०४३ सालमा भएको अर्को निर्वाचनमा पनि उनले राष्ट्रिय पञ्चायत सदस्यका लागि प्रतिस्पर्धा गरे र पुनः विजयी भए। दुवै निर्वाचनमा उनले महोत्तरी–२ बाट उम्मेदवारी दिएका थिए।

२०४६ सालको राजनीतिक परिवर्तनपछि पनि भण्डारीको निर्वाचन यात्रा रोकिएन। २०४८ सालको निर्वाचनमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महोत्तरी–५ मा उम्मेदवारी दिए। सो निर्वाचनमा उनले ९ हजार ४ सय ५४ मत प्राप्त गरे पनि पराजित भए।

२०५१ सालको निर्वाचनमा उनले महोत्तरी–४ बाट स्वतन्त्र उम्मेदवारी दिएर ११ हजार ३ सय ९५ मतसहित विजय हासिल गरे। २०५६ सालको निर्वाचनमा भने उनले नेपाली कांग्रेसबाट महोत्तरी–५ मा उम्मेदवारी दिएर २० हजार ४ सय ८६ मत ल्याउँदै विजयी भए।

२०६४ सालको निर्वाचनमा उनले तत्कालीन मधेसी जनअधिकार फोरमबाट महोत्तरी–६ मा उम्मेदवारी दिए। सो निर्वाचनमा १२ हजार १ सय ९४ मत प्राप्त गरे पनि उनी पराजित भए।

२०७० सालको निर्वाचनमा भण्डारीले महोत्तरी–६ र महोत्तरी–१ दुबै क्षेत्रबाट उम्मेदवारी दिएका थिए। दुवै क्षेत्रमा उनी पराजित भए। महोत्तरी–१ मा ७ हजार ४९ र महोत्तरी–६ मा ६ हजार ६ सय ६० मत प्राप्त गरेका थिए। सो निर्वाचनमा उनले राष्ट्रिय मधेस समाजवादी पार्टीबाट उम्मेदवारी दिएका थिए।

२०७४ सालको निर्वाचनमा उनले तत्कालीन राष्ट्रिय जनता पार्टीबाट महोत्तरी–२ मा उम्मेदवारी दिएर ३० हजार ७ सय २२ मतसहित विजयी भए। २०७९ सालको निर्वाचनमा पनि उनले महोत्तरी–२ बाटै उम्मेदवारी दिएर विजय हासिल गरे। सो निर्वाचनमा उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवारी दिएका थिए।

भण्डारीले १० पटक निर्वाचन मात्र लडेका छैनन्, उनी २० पटक मन्त्रीसमेत भइसकेका छन्। उनको मन्त्री पदको यात्रा २०४३ साल असार २ गते मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्रीबाट सुरु भएको हो। त्यसपछि २०४५ कात्तिकमा उनी सोही सरकारमा राज्यमन्त्री नियुक्त भए।

२०४६ भदौ १४ गते र २०४६ चैत १९ गते मन्त्रीमण्डल हेरफेर हुँदा दुवैपटक उनी वाणिज्य राज्यमन्त्री बने। २०४६ सालको परिवर्तनपछि गणतन्त्र कार्यान्वयन नहुँदासम्म उनी ११ पटक मन्त्री भए भने गणतन्त्रपछि अहिलेसम्म पाँच पटक मन्त्री भइसकेका छन्।

२०५२ मंसिर २६ गते शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी बिनाविभागीय राज्यमन्त्री बने। २०५३ जेठ ४ गते सरकार पुनर्गठन हुँदा पनि उनी सोही पदमा रहे। २०५३ पुस २४ गतेको मन्त्रीमण्डल हेरफेरमा उनी बिनाविभागीय मन्त्रीमा बढुवा भए।

त्यसपछि २०५४ असोज २७ गते सूर्यबहादुर थापा नेतृत्वको सरकारमा उनी युवा, खेलकुद तथा संस्कृतिमन्त्री नियुक्त भए। २०५४ कात्तिक ११ गते र २०५४ मंसिर १८ गते भएको मन्त्रीमण्डल पुनर्गठनमा पनि उनी पुनः सोही मन्त्री बने।

२०५६ जेठ १७ गते कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा उनी युवा, खेलकुद तथा संस्कृतिमन्त्री नियुक्त भए। २०५६ असार १६ गतेको मन्त्रीमण्डल हेरफेरमा पनि उनी सोही जिम्मेवारीमा रहे भने २०५६ फागुन २७ गतेको हेरफेरमा उनी स्वास्थ्यमन्त्री बने।

०५८ साउन ११ गते शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी स्वास्थ्यमन्त्री नियुक्त भए। २०५८ कात्तिक २ गतेको मन्त्रीमण्डल हेरफेरमा पनि उनी स्वास्थ्यमन्त्रीकै रूपमा निरन्तरता पाए।

२०६५ जेठ ११ गते माधव नेपाल नेतृत्वको सरकारमा उनी पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने। २०६८ भदौ २९ गते डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी रक्षामन्त्री नियुक्त भए। २०७८ जेठ २१ गते केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी छोटो समयका लागि ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री बने।

यसैगरी २०७९ चैत १७ गते पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भए। सोमबार केपी शर्मा ओली नेतृत्वको सरकारमा पनि उनी पुनः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्।

भण्डारी मरिचमान सिंह श्रेष्ठ, शेरबहादुर देउवा, कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापा, माधव नेपाल, बाबुराम भट्टराई, केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वका सरकारमा मन्त्री भइसकेका छन्।

यसैगरी, यसपटक लमजुङबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका पृथ्वी सुब्बा गुरुङ पनि २०४३ सालदेखि प्रत्येक निर्वाचनमा उम्मेदवारी दिँदै आएका छन्। यसपटकको निर्वाचन उनको नवौँ उम्मेदवारी हो।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस