देशभरका छाउगोठ भत्काउन सांसदहरुको माग
३१ असार २०८२
•
३ मिनेट पाठ
देशभरका छाउगोठ भत्काउन सांसदहरुको माग
सांसदहरुले निर्माणाधीन सुरुङ मार्गको काम चाँडो सम्पन्न गर्न, खानेपानी र सिँचाइ र मलखादको प्रबन्ध गर्नेदेखि कुप्रथा छाउपडीको पीडालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।




प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले आर्थिक वर्षभित्रै निर्माण आयोजनाको काम सम्पन्न गर्ने पद्धति विकास गर्न, स्वास्थ्य बिमा कार्यक्रमलाई सहज र प्रभावकारी बनाउन तथा छाउपडी प्रथा उन्मूलनका लागि देशभरका छाउगोठ भत्काउने प्रभावकारी कदम चाल्न सरकारसमक्ष माग गरे।

सांसद दिलेन्द्रप्रसाद बडूले सार्वजनिक खरिद प्रक्रियाअनुरुप ठेक्कापट्टा प्रारम्भ नहुने र भए पनि आर्थिक वर्षको अन्त्यमा काम सक्ने प्रवृत्ति रहेको भन्दै यस प्रवृत्तिको अन्त्यका लागि सम्बन्धित आयोजना एवं कार्यालय प्रमुखलाई जवाफदेही बनाउन माग गरे।

उनले आगामी आर्थिक वर्षको प्रारम्भमा नै ठेक्कपट्टा प्रारम्भ गरी समयमा काम सक्ने वातावरण बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

सांसद ठाकुर गैरेले पाल्पाको सिद्धबाबा सुरुङमार्ग निर्माणको क्षेत्र अझै जोखिममा रहेको भन्दै उक्त सुरुङमार्ग निर्माणको काम समयमा नै सम्पन्न गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

सिद्धबाबा आयोजनाको हाल भौतिक प्रगति ५७ दशमलव ५१ प्रतिशत र वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको छ।

सांसद गैरेले आयोजनालाई छिटो सम्पन्न गरी सुरक्षाको जोखिम न्यूनीकरण गर्न माग गरे। सांसद दुर्गा राईले प्रतिनिधिसभा नियमावलीअनुरुप महिला समन्वय समिति बनाउने व्यवस्था गरिए पनि अहिलेसम्म उक्त समिति गठन नभएको भन्दै नियमावलीमा भएको व्यवस्था तत्काल कार्यान्वनय गर्न सभामुखको ध्यानाकर्षण गराए।

सांसद देवेन्द्र पौडेलले पहिरोका कारण मध्य पहाडी लोकमार्ग अहिले पनि अवरुद्ध रहेको र बाग्लुङको अक्षेतेलगायतका खण्डकखण्डको काम चाँडो सम्पन्न गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

साथै उनले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना शीघ्र रुपमा अगाडि बढाउन पनि माग गरे। सांसद धनबहादुर बुडाले डोल्पामा निर्माण हुने जगदुल्ला जलविद्युत् आयोजना चाँडो निर्माणका लागि उक्त आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद नारायणी शर्माले स्वास्थ्य बिमा बोर्डको पछिल्लो निर्णयले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमाको प्रस्थान विन्दुबाट हटाएर उपचारका लागि रिफर लिन टाढाटाढासम्म धाउनुपर्ने बाध्यताले नागरिकलाई स्वास्थ्य बिमाबाट वञ्चित गराएको भन्दै उक्त निर्णय सच्याएर सहज रुपमा पायक पर्ने स्थानबाटै सहज रुपमा बिमाको सुविधा लिन पाउने वातावरण निर्माण गर्न सरकारसमक्ष माग गरे।

सांसद पुष्पबहादुर साहले हालैको रसुवामा आएको बाढीले धेरै धनजनको क्षति गराएको, सुदूरपश्चिमा छाउपडी प्रथा विकराल बन्दै गएको तथा छाउगोठ भत्काउन सामाजिक कुप्रथाको अन्त्यका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

सांसद पूर्णबहादुर घर्तीले कास्कीको मालपोत कार्यालय प्रमुखको सरुवा र भूमि आयोगको अध्यक्ष नियुक्ति र ‘भिजिट भिसा’ प्रकरणमा आएको विवादबारे यथार्थ बाहिर ल्याउन सरकारसमक्ष माग गरे।

सांसद प्रकाश ज्वालाले सरकारको एकवर्षे कार्यकालमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको, दैनिक उपभोग्य वस्तुको सहजता र रोजगारीको सुनिश्चितता हुन नसकेको जिकिर गरे।

सांसद प्रतिक्षा तिवारीले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न स्वयं उपस्थित हुनुपर्ने व्यवस्थाले ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई समस्या भएको भन्दै सहज रुपमा नवीकरणको व्यवस्था मिलाउन सभामुखमार्फत गृहमन्त्रालयको ध्यानाकर्षण गराइन्।

सांसद प्रभु हजाराले खानेपानी, सिँचाइ र मलखादको व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

सांसद प्रेमबहादुर महर्जनले जिम्मेवार सांसदले लामो समय आफ्नो कुरा राख्ने र बाहिरिने क्रममा सरकारमाथि आपत्तिजनक लाञ्छना लाउने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए।

सांसद वासुदेव घिमिरेले आगामि आर्थिक वर्षभित्रै निर्माण कार्यसम्बन्धी आयोजनाको काम निर्धारित समयभित्रै गुणस्तरीय काम गर्ने वातावरण बनाउन माग गरे।

सांसद विमला सुवेदीले कञ्चनपुरको छाउगोठसम्बन्धी घटनाले लज्जित बनाएको भन्दै कर्णाली र सुदूरपश्चिममा कायम रहेको छाउपडी प्रथा उन्मूलन गर्न र देशभरका सबै ठाउँका छाउगोठ भत्काउन सरकारको ध्यानाकर्षण गराइन्।
अर्को समाचार
कि हामीलाई समर्थन गर, नत्र जे सुकै गर : मेयर राई
०४ साउन २०८२
•
१ मिनेट पाठ
कि हामीलाई समर्थन गर, नत्र जे सुकै गर : मेयर राई
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पार्टीहरूको दादागिरी र सेटिङ भत्काउन आफूलाई समर्थन गर्न आग्रह गरेका छन्। 




आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले य‍स्तो आग्रह गरेका हुन्। उनले आफ्नो संगठनको प्रमुख एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने दोहोर्‍यएका छन्।

'पार्टीको दादागीरी र सेटिङ भत्काउन हामीलाई समर्थन गर्नु!' उनले लेखेका छन्, 'नत्र जे सुकै गर्नु जता सुकै जानु!'
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस