दलाई लामा जन्मोत्सव: नेपाल-चीन सम्बन्धमा पर्ला असर !
२५ असार २०८३
•
५ मिनेट पाठ
दलाई लामा जन्मोत्सव: नेपाल-चीन सम्बन्धमा पर्ला असर !
काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा तिब्बती शरणार्थी र बौद्ध अनुयायीहरूले १४औँ दलाई लामाको ९१औँ जन्मोत्सव मनाएको विषयले राजनीतिक र कूटनीतिक वृत्तमा तरंग पैदा गरेको छ। असार २२ गते सम्पन्न यो कार्यक्रम धार्मिक र सांस्कृतिक अनुष्ठानमा मात्र सीमित रहेन। विभिन्न पश्चिमी मुलुकका कूटनीतिज्ञहरूको प्रत्यक्ष सहभागिताले देशको परराष्ट्र नीति, छिमेकी सम्बन्ध र आन्तरिक राजनीतिमा ठुलो हलचल पैदा गरेको छ। यस घटनाप्रति चीनस्थित नेपालका सात पूर्व राजदूत र वामपन्थी राजनीतिज्ञहरूले गम्भीर आपत्ति जनाएका छन्।




नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र वर्तमान सांसदहरूमध्ये नेकपा तथा एमालेका ऐनबहादुर महरले संसद्मा गम्भीर आपत्ति जनाएका छन्।

नेपालले दशकौँदेखि अंगीकार गर्दै आएको ‘एक चीन’ नीति र असंलग्न परराष्ट्र नीतिको सन्तुलन डगमगाएको भन्दै संसद्‌देखि सडकसम्म यसको तीव्र आलोचना र कूटनीतिक बहस सुरु भएको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले विज्ञप्तिमार्फत दलाई लामाको जन्मदिन नेपालमा मनाउन दिइएको अनुमतिले चीनसँग नेपालको कूटनीतिक सम्बन्ध कमजोर बनाएको र यो राष्ट्रविरोधी कार्य भएको तर्क गरेका छन्। 

उनले कार्यक्रममा संयुक्त राज्य अमेरिका, फ्रान्स, अस्ट्रेलिया र युरोपेली संघका राजदूतहरूको उपस्थितिलाई अत्यन्त गम्भीर र आपत्तिजनक बताएका छन्। चीनका लागि नेपालका सात जना पूर्व राजदूतले संयुक्त प्रेस वक्तव्य जारी गर्दै यस घटनाप्रति गम्भीर चिन्ता र आपत्ति प्रकट गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद प्रमेशकुमार हमालले यसलाई गम्भीर प्रकृतिको घटना भन्दै नामग्याल विद्यालयको कार्यक्रम र त्यसमा विदेशी कूटनीतिज्ञहरूको संलग्नताप्रति सरकारको आधिकारिक धारणा माग गरे। उनले प्रश्न गरे, ‘नेपाल–चीन सम्बन्धमा यसले के–कस्तो असर गर्छ भन्ने ख्याल गर्नुपर्दैन? के हामी ‘एक चीन’ नीति र असंलग्न परराष्ट्र नीतिबाट विचलित भएका हौँ ? के यसको सम्बन्ध टीओबीसँग जोडिएको छ ?’

एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले पनि संसद्मा यो विषय कडा रूपमा उठाए। सन् १९५९ मा तिब्बतबाट विस्थापित भएका दलाई लामाको जन्मदिन नेपालको इतिहासमै पहिलो पटक यसरी मनाउन दिइएको अनुमति राष्ट्रहितविरोधी र छिमेकीसँगको सम्बन्ध खलबल्याउने अपरिपक्व कार्य भएको उनको दाबी छ। अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अस्ट्रेलियाली राजदूतहरूको उपस्थितिलाई लक्षित गर्दै उनले पश्चिमी शक्तिहरूले नेपाललाई चीनविरोधी अखडा बनाउन खोजेको आरोप लगाए। उनले भने, ‘छिमेकी खेलौना होइनन्, यसलाई गम्भीर रूपमा लिनुपर्छ।’

नेकपा नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार शक्तिराष्ट्रहरूको रणनीतिक स्वार्थ पूरा गर्ने दिशामा अग्रसर भएको आशंका बलियो बन्दै गएको बताएका छन्। दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा गर्ने चर्चा चलिरहेको उल्लेख गर्दै उनले सुशीला कार्की नेतृत्वको भनिएको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा पक्षबाट बधाई सन्देश आउनु तथा अहिले सरकारी औपचारिक अनुमतिमा यो कार्यक्रम हुनुलाई सामान्य घटना मान्न नसकिने बताएका छन्। परराष्ट्र नीतिबाट व्यवहारमै विचलन भए नेपालको राष्ट्रिय सार्वभौमसत्ता गम्भीर जोखिममा पर्ने र देशभक्त जनताले यसको सशक्त प्रतिरोध गर्ने चेतावनी पनि उनले दिएका छन्।

चीनका लागि नेपालका सात जना पूर्व राजदूत राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले संयुक्त वक्तव्यमा हस्ताक्षर गर्दै यस घटनाप्रति गम्भीर चिन्ता र आपत्ति प्रकट गरेका छन्। नेपालको भूमिबाट मित्रराष्ट्र चीनविरुद्ध प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि हुन नदिने नेपालको कूटनीतिक प्रतिबद्धताविपरीत यस्ता गतिविधि निन्दनीय रहेको उनीहरूको भनाइ छ। परराष्ट्रमन्त्री शिशिर खनालको हालैको चीन भ्रमणमा समेत दोहोर्‍याइएको प्रतिबद्धता यति छिट्टै कसरी तोडियो भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, यस्ता गतिविधिले नेपालले अवलम्बन गर्दै आएको भू–राजनीतिक सन्तुलन, स्थायित्व र स्वतन्त्रतामा धक्का पुर्‍याउने ठहर गरेका छन्।

चीनले दलाई लामालाई एक धार्मिक गुरु मात्र नभई तिब्बतलाई अलग गर्न खोज्ने राजनीतिक तथा विखण्डनकारी शक्तिका रूपमा हेर्दै आएको छ। नेपालको भूमिमा चीनविरोधी वा ‘फ्री तिब्बत’ सम्बन्धी गतिविधि हुनुलाई बेइजिङले आफ्नो ‘रेड लाइन’ मान्छ। चिनियाँ दूतावासले यसबारे औपचारिक सार्वजनिक वक्तव्य जारी नगरे पनि नेपालको परराष्ट्र मन्त्रालयले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने कूटनीतिक विश्लेषकहरूको भनाइ छ।

तिब्बती बौद्ध धर्मका सर्वोच्च गुरु १४औँ दलाई लामाले सन् १९५९ मार्च १७ मा तिब्बतको राजधानी ल्हासास्थित आफ्नो दरबार छाडेका थिए। चिनियाँ शासनविरुद्धको विद्रोह असफल भएपछि उनले पैदलै हिमालय पर्वत पार गरी सन् १९५९ मार्च ३१ मा भारतमा शरण लिएका थिए।

सन् १९५६ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध सुदृढ गर्ने क्रममा भएको ऐतिहासिक सम्झौतामा नेपालले औपचारिक रूपमा तिब्बतलाई चीनको अभिन्न अंगका रूपमा स्वीकार गरेको थियो। त्यसैबाट नेपालको भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने कूटनीतिक आधार स्थापित भएको थियो। इतिहासकारहरूका अनुसार सन् १९६० को दशकमा अमेरिकी गुप्तचर निकाय (सिआईए)को आर्थिक तथा सैन्य सहयोगमा नेपालको मुस्ताङ क्षेत्रलाई आधार बनाएर तिब्बती विद्रोही (खम्पा)हरूले चीनविरुद्ध सशस्त्र गतिविधि सञ्चालन गरेका थिए। तत्कालीन राजा वीरेन्द्रको निर्देशनमा सन् १९७४ (वि.सं. २०३१) मा नेपाली सेनाले मुस्ताङमा विशेष अपरेसन सञ्चालन गरी खम्पा विद्रोहीहरूलाई पूर्ण रूपमा निःशस्त्र पार्दै आत्मसमर्पण गराएको थियो। नेपालको भूमिमा तिब्बती सशस्त्र गतिविधि रोक्ने यो सबैभन्दा ठुलो र निर्णायक कदम थियो।

नेपाल सरकारले सन् १९८९ देखि नेपालभित्र प्रवेश गर्ने नयाँ तिब्बतीहरूलाई आधिकारिक रूपमा ‘शरणार्थी परिचयपत्र’ वितरण गर्न बन्द गरेको थियो। चिनियाँ दबाबका कारण सन् २००५ (वि.सं. २०६१) मा काठमाडौंमा सञ्चालनमा रहेको दलाई लामाको आधिकारिक सम्पर्क कार्यालय (तिब्बत अफिस) कानुनी रूपमा बन्द गरियो। सन् २००८ मा बेइजिङ ओलम्पिकको पूर्वसन्ध्यामा काठमाडौंमा तिब्बती शरणार्थीहरूले व्यापक रूपमा ‘फ्री तिब्बत’ आन्दोलन र प्रदर्शन गरेका थिए, जसका क्रममा आत्मदाहको प्रयाससमेत भएको थियो। त्यसपछि नेपाल सरकारले चीनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपालको भूमिमा कुनै पनि प्रकारका चीनविरोधी राजनीतिक गतिविधि, जुलुस र प्रदर्शन सञ्चालन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगायो।

यसरी सैद्धान्तिक रूपमा सन् १९५६ र १९७४ देखि नै रोक लगाइएको भए पनि प्रशासनिक तथा सुरक्षाको दृष्टिकोणबाट सन् २००८ (वि.सं. २०६४/६५) देखि नेपालमा तिब्बती राजनीतिक गतिविधिमाथि पूर्ण रूपमा कडा प्रतिबन्ध लागू गरिएको हो।
अर्को समाचार
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
४० मिनेट अघि
•
१ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।

देउवा समूहले चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका निर्णय सार्वजनिक गरे।

पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि सञ्चालन भइरहेकोप्रति केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण भएको पौडेलले बताए।

‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान् सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने।

पार्टीको आग्रह र अपिलविपरीत अनधिकृत गतिविधि सञ्चालन गरे विधान तथा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ बैठकको निर्णयमा उल्लेख छ।

पौडेलका अनुसार बैठकले कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न-नगराउन र आधिकारिक गतिविधिका रूपमा प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै बैठकले त्यस्ता कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुकहरूमा हार्दिक अपिलसमेत गरेको छ



जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस