निर्माण अगावै बजेट निकासा गर्न खोज्दा दुई घन्टा कार्यकक्षमै थुनिए प्रमुख प्रशासकीय अधिकृत
२७ कार्तिक २०७९
•
१ मिनेट पाठ
निर्माण अगावै बजेट निकासा गर्न खोज्दा दुई घन्टा कार्यकक्षमै थुनिए प्रमुख प्रशासकीय अधिकृत
रौतहटको गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीयले दुई घन्टा थुनेका छन्। गरुडा नगरपालिका ६ मा सडक निर्माणको क्रममा व्यापक गुनासो बढेपछि पूर्व वडाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा स्थानीयको एक समूहले निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवको कार्यकक्षमा तालाबन्दी गरेर दुई घन्टा कार्यकक्षमै थुनेका हुन्।  




काम सम्पन्न नभएपछि अनुगमनको सबै प्रक्रिया पूरा गरी भुक्तानीको लागि फाइल तयार भएको सुनेपछि स्थानीयबासी आक्रोशित भएका थिए। आक्रोशित स्थानीयवासीले उपभोक्ता समितिका अध्यक्ष भनुराय यादव र वडाध्यक्ष रामबाबु साहलाई योजनाबारे सोध्दा गोलमटोल जवाफ दिएपछि निमित्त प्रशासकीय अधिकृत यादवलाई सोधेका थिए।

यादवले योजनाको अनुगमन भइसकेको र सम्पन्न भइसकेको योजनाको भुक्तानीको लागि प्रक्रिया अगाडि बढिसकेको बताएपछि आक्रोशित स्थानीयवासीले कार्यालय प्रमुख यादवलाई कार्यकक्षमै थुनेका थिए।

सहरी मन्त्रालयबाट गत जेठ असार महिनामा ग्रावेल गरिएको ठाउँमा नै ग्रेडर लगाएर अलिकति गिटी बालुवा राखेर ३८ लाख रुपैया पचाउन खोजेको र प्रशासकीय अधिकृत यादवको मिलोमतोमा नै सबै काम भएको पूर्व वडाध्यक्ष यादवले जानकारी गराएका छन्।  

कार्यालय प्रमुख यादवलाई कार्यकक्षमै तालाबन्दी गरी थुनेपछि इलाका प्रहरी कार्यालय गरुडाले पहल गरी वातावरण शान्त बनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि बरुणबहादुर सिंहका अनुसार पहिले गरिएको भनिएको अनुगमनलाई रद्द गरी भुक्तानीको प्रक्रिया तत्काललाई रोक्का राख्ने र दुवै पक्षको सहमति भएपछि कामको अनुगमन गरेर भुक्तानी दिने सहमति भएको छ।  

दुवै पक्षको सहमति भएपछि कार्यालय प्रमुखलाई बाहिर निकालिएको छ। योजनाको विषयमा कतै पनि कुनै सार्वजनिक ठाउँमा बोर्ड नराखिएको पूर्व वडाध्यक्ष यादवले आरोप लगाएका छन्।
अर्को समाचार
मध्य रौतहटको गरुडा बजारमा बढ्दैछ खानेपानी समस्या
२६ असार २०७९
•
२ मिनेट पाठ
मध्य रौतहटको गरुडा बजारमा बढ्दैछ खानेपानी समस्या
मध्य रौतहटको गरुडा नगरपालिकाको केन्द्र गरुडा बजारमा खानेपानीको अभाव बढ्दै गएको छ। गत महिनादेखि खानेपानीको समस्या बढ्दै गएको देखिएको छ।  




पहिलेदेखि कहिलेकाहीँ खानेपानीको समस्या हुने गरेकोमा स्थानीय सरकारमा नयाँ नेतृत्व आएपछि गरुडा बजारमा खानेपानीको समस्या निकै चर्किएको छ। धारामा निकै कम पानी आउँदा उपभोक्ता भने निकै समस्यामा परेका छन्। खानेपानीको समस्याको विषयमा नगर प्रमुख तथा खानेपानीको अध्यक्षलाई जानकारी गराएपनि सुधार हुन नसकेको गुनासो उपभोक्ताको रहेको छ।  

धारामा पानी आउँछ तर ट्यांकीमा पानी नचढ्दा आफूले निकै दुःख पाएको गरुडा उद्योग वाणिज्य संघका सदस्य सन्तोषकुमार जयसवालको गुनासो छ। अलिकति पानी आएर केही हुँदैन, पहिले जस्तो पानी नआएर बजारका सयौँ उपभोक्ताहरु पीडित बनेका छन्। उपभोक्ताको समस्यालाई गरुडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले नबुझेको गुनासो जयसवालको छ।  

सबै उपभोक्ताले कराएपछि दुईचार दिन पानी आएपनि फेरि पानी आउन छोड्छ। नगर प्रमुखलाई खानेपानीको समस्या बताएर हैरान भएको र केही पनि सुधार हुन नसकेको गुनासो बजारबासीको रहेको छ।  

गत वैशाख ३० मा निर्वाचन भएपछि दोस्रो तल्लामा पानी नचढ्ने समस्या बढेको हो। पहिले महिना दुई महिनामा एकचोटि यस्तो समस्या आउने गरेकामा निर्वाचन पछि खानेपानीमा नियमित समस्या आइरहेको देखिएको छ।  

खानेपानीको पानी तान्ने मोटरमा विद्युतको समस्या भएकोले पाइपमा प्रेसर पुग्न नसकेको गरुडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पंकजकुमार जयसवालको भनाइ छ। खानेपानीमा विद्युतको समस्या भएकोले विद्युत आपूर्तिमा अवरोध हुँदा उपभोक्तालाई केही समस्या कहिलेकाहीँ हुने गरेको तर समाधानको लागि आफूले निरन्तर प्रयास गरिरहेको अध्यक्ष जयसवालको दाबी छ।  

बिना सूचना निरन्तर बिजुली अवरोध हुने, अनियमित हुने तथा अघोषित लोडसेडिङ हुने भएकोले खानेपानी तथा कृषिको क्षेत्रमा पनि नकारात्मक प्रभाव परिरहेको देखिएको छ।  

केहीदिनदेखि अति चर्को घामले बढेको गर्मीका कारण जनजीवन कष्ठकर बनेको समयमा खानेपानीको अभाव हुँदा सर्वसाधारण झन् मर्कामा परेका छन्। 
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस