‘फुटेका हाडीका टुक्रा जोडेर बनाउने कटपुतली होइन देश’ – ओली
२६ कार्तिक २०७९
•
४ मिनेट पाठ
‘फुटेका हाडीका टुक्रा जोडेर बनाउने कटपुतली होइन देश’ – ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंसिर ४ गतेको निर्वाचनले देश जित्छ कि हार्छ भनेर महान फैसला गर्ने बताएका छन। कैलालीमा चुनावी शभालाई सम्वोधन गर्दैै ओलीले मंसिर ४ गतेको निर्वाचन कुनै उम्मेदवार जित्ने वा हार्ने भन्ने मात्र नभई देश जित्ने वा हार्ने भनेर फैसला हुने भएको बताए। जनताको उत्साह देखेर मंसिर ४ मा नेकपा एमाले जित्ने निश्चित भएको र मंसिर ४ पछि एमालेको सरकार बन्ने उनको भनाई थियो। ‘फुटेका हाडीका टुक्रा जोडेर बनाउने कटपुतली होइन हामीले देश बनाउने राष्ट्रिय शक्ती निर्माण गर्नु छ’उनले भने,‘देशको सार्भमौतसत्ताको, स्वाधिनताको रक्षा गर्न सक्ने, देशको भुमीको रक्षा गर्न सक्ने , देशको हित र जनताको हित संरक्षण गर्ने शक्ती बनाउनु छ’।




देशलाई स्थिरता र स्थाईत्व कायम गरेर विकासको महान अभियान वोकेको शक्ती आबश्यक भएको उनले बताए। ‘४ तिर फर्केका अनेक स्वार्थ बोकेका र खानका लागी गठजोड बनाएका शक्तीको सरकार बनाउनुको कुनै अर्थ छैन’उनले भने, एमाले बाहेक बहुमतको एकल सरकार बनाउने सक्ने शक्ती नेपालमा छैन’। नेकपा एमाले सँग एक्लै लड्न सक्ने कुनै पार्टी सँग हिम्मत नभएको उनको भनाई छ। गठबन्धनका दलहरुले आ आफ्ना घोषणा पत्र निकालेको उल्लेख गर्र्दै गठबन्धन जितेमा कस्को घोषणा पत्र लागु गर्ने प्रश्न गर्दैै उनले भने,‘उनीहरुले लागु गर्न घोषणा पत्र ल्याएका  नै होइनन् , जनतालाई अल्मल्याउनु हो’। गठबन्धन सँग प्रधानमन्त्री बन्न लायक ब्यक्ती कोही नभएकोले प्रधानमन्त्री भनेर घोषणा गर्न नसकेको उनले बताए। एमाले सरकारका पालामा बिकासका धेरै काम भएको चर्चा गर्दै एमालेले अघि सारेको २० ग्यारेन्टीमा देशको विकास र स्मृद्धीको पुरै खाका रहेको उनको भनाई थियो। कैलालीको गेटा मेडिकल कलेजलाई मेडिकल बिश्वबिद्यालयको रुपमा एमालेले अघि सारेको उल्लेख गर्दै अहिलेको सरकारले संचालन गर्न नचाहेको उनले बताए।

एमालेले महिनावारी भएको वेला महिलाको सुरक्षा र सम्मानका लागी महिनामा १ हजार ५ सय रुपैया दिने घोषणा गरेको उनले बताए। माधव नेपालको पार्टीलाई पानीमा भिजाएर बनाएको खरानीको डल्लोको संज्ञा दिदै मंसिर ४ गतेको चुनावमा समाप्त हुने बताए। अघिल्लो निर्वाचनको भन्दा आधा  सिट कम ल्याउने उल्लेख गर्र्दै प्रचण्डको पनि ठूलो चोक्टा खान गएको झोलमा डुवेको वेहाल अवश्था हुने उनको भनाई थियो। माधव नेपालको पार्टी रित्तो भाँडो भैसकेको उनले बताए।

कैलालीको अत्तरियामा आयोजित चुनावी शभामा ओलीले मंसिर ४ भन्दा सहभागीहरुले एक स्वरले चर्को अवाजमा ओली सरकार भनेर नारा लगाएपछि उत्साहित हुदै उनले भने–‘मंसिर ४ मा एमाले सरकार बन्यो, बन्यो, यो जनताले भनेको हो, यो जनताको अवाज हो’।

माओवादी केन्द्रले अपांग बनाएर, शहिद बनाएर, शहिदका परिवारलाई अलपत्र पारेको उनले बताए। अध्यक्ष ओलीले शनिवार डोटीको दिपायल, कैलालीको निर्वाचन क्षेत्र ४ रहेको अत्तरिया, कैलाली निर्वाचन क्षेत्र २ रहेको लम्कीको चुनावी शभालाई सम्वोधन गरेका थिए।                                

सुदूरपश्चिमको दार्चुला जिल्लाबाट चुनावी शभाको आरम्भ गरेका नेकपा एमालेका अध्यक्ष केपी ओली शनिवार पुनः सुदूरपश्चिम आएर चुनावी शभालाई सम्वोधन गरेका हुन। गत कात्तिक १८ गते ओलीले दार्चुला, बैतडी र कंचनपुरको चुनावी शभालाई सम्वोधन गरेका थिए। ८ दिनपछि उनी चुनावी शभालाई सम्वोधन गर्न सुदूरपश्चिम आएका हुन । श्री एयरलाईन्स बाट धनगढी पुगेका ओली दिपायल र कैलालीका चुनावी शभालाई सम्वोधन गर्न हेलिकोप्टर प्रयोग गरेका थिए।

नेकपा एमालेले महत्वका साथ उठाएको बिषय चुच्चे नक्सा सुदूरपश्चिम प्रदेशको दार्चुलामा पर्छ । नेकपा एमालेको सरकारका पालामा भारतले अतिक्रमण गरेको  कालापानी, लिम्पियाधुरा र लिपुलेख सहितको भुभाग  समेटेर नक्सा बनाइएको र यो भुभाग फिर्ता गर्न पनि एमाले सरकार आबश्यक रहेको सन्देश दिन दार्चु्लाबाट चुनावी शभाको आरम्भ गरेको दार्चुलामा सम्वोधनका क्रममा ओलीले भनेका थिए।  

‘पछाडी परेका समुदायका जनतालाई समस्या समाधान गरेर बिकासको मुलधारमा ल्याउने र नेपालको एक ईन्च भुमी पनि गुम्न नदिई गुमेको भुभाग फिर्ता ल्याउने ग्यारेण्टि गर्ने दुई मुख्य कुराको सन्देश दिन दार्चुला बाट प्रचार अभियान प्रारम्भ गरिएको हो’उनले भनेका थिए। आठ दिनको फरकमा दोश्रो पटक पुन अध्यक्ष ओली सुदूरपश्चिममा आउदाँ उनले सुदूरपश्चिमलाई बढी प्राथमिकता किन दिए भनेर चर्चा चलेको छ।

यस प्रदेशका एमालेका नेता भीम रावललाई टिकट नदिएका अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशमा राम्रो नतिजा निकाल्न बढी प्राथमिकता दिएको बिश्लेषण गर्न थालिएको छ। प्रतिनिधी शभामा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिम प्रदेशमा वि.सं. २०७४ मा माओवादी केन्द्रसँग गठबन्धन गरेको नेकपा एमालेले ११ सिट जितेको थियो भने माओवादी केन्द्रले ३ निर्वाचन क्षेत्रमा जितेको थियो । नेपाली काग्रेसले १ निर्वाचन क्षेत्रमा मात्र जितेको थियो। डडेल्धुृरामा प्रधानमन्त्री शेर बहादुर देउवाले चुनाव जितेका थिए। यसैगरि कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका रेशमलाल चौधरीले जितेका थिए।

अहिले नेपाली काग्रेस, माओवादी केन्द्र र नेकपा एमालेबाट बिभाजन भएको एकिकृत समाजवादी लगायतको सत्ता गठबन्धनका उम्मेदवार सँग नेकपा एमालेका उम्मेदवार एक्लै प्रतिस्पर्धामा छन। नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेले प्रतिनिधी शभामा १० सिट र प्रदेश शभामा ३० सिट जित्ने दावी गरेका छन।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
४३ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस