नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेले १० सिट जित्ने बताएका छन्। प्रतिनिधी सभामा १६ निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा १० सिटमा जितेर नेकपा एमाले पहिलो पार्टी हुने उनको भनाई छ।
पत्रकार सँंगको भेटमा भट्टले यहि प्रदेशको दार्चुलामा रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेख सहितको भुभाग समेटिएको चुच्चे नक्सा बनाएको र उक्त भुभाग फिर्ता ल्याउन पनि एमालेको सरकार आबश्यक भएकाले यस प्रदेशका जनता प्रति एमाले आभार रहेको बताए।
नेकपा एमालेले सुदूरपश्चिम प्रदेशलाई बिशेष महत्व दिएर चुनावी प्रचार प्रसार अभियान पनि दार्चुलाबाट शुरु गरेको उनको भनाई छ। कात्तिक १८ गते दार्चुला पुगेर प्रचार प्रसार अभियान शुरु गरेका नेकपा एमालेका अध्यक्ष केपी ओली शनिवार पुन सुदूरपश्चिम आउन लागेका छन्। सोमवार ओलीले दिपायल, कैलालीको निर्वाचन क्षेत्र ४ रहेको अत्तरिया र कैलाली निर्वाचन क्षेत्र २ रहेको लम्कीमा चुनावी शभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको उनले बताए। कैलाली निर्वाचन क्षेत्र ४ मा भट्ट चुनावी मैदानमा छन्।
अर्बौंका संरचना बनाएर पनि गेटा मेडिकल संचालन गर्न ढिलाई भैरहेकोले मंसिर ४ पछि एमाले सरकार बनेमा गेटा मेडिकल बिश्वबिद्यालय स्थापना गर्ने आफ्नो पार्टीको मुख्य ऐजेण्डा रहेको भट्टले बताए। ‘गेटा मेडिकल बिश्वबिद्यालय स्थापना गर्ने, दोधाराचादनीमा शुक्का बन्दरगाह संचालन गर्ने, आद्योगिक क्षेत्र स्थापना गर्ने, जलबिद्युत आयोजना संचालन गर्ने लगायतका यस प्रदेशको मुहार फेर्न हाम्रा विकासका योजनालाई जनताले बुझेकाले एमाले प्रति लहर छ’ उनले भने, ‘हामी प्रतिनिधी सभामा १० र प्रदेश सभामा ३० सिट जित्छौं। प्रदेश सरकार पनि एमालेको बन्छ।’
सुदूरपश्चिम प्रदेशमा ५ बर्षमा ५० हजारलाई रोजगारी दिने नेकपा प्रतिबद्धता एमालेको रहेको उनले बताए। ‘एक गाउँ एक उत्पादन, एक परिवार एक रोजगार, प्रदेश अन्तर्गतका अस्पताललाई बिशिष्टकृत गर्ने, सबै परिवारलाई मासिक १० हजार लिटर पानी सम्म निशुल्क उपलब्ध गराइने हाम्रो प्रतिबद्धता छन’ उनले भने।
२० ग्योरेन्टी सहितको घोषणापत्र जारी गरेको नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा पनि छुट्टै २७ बुदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
वि.सं. २०७४ मा सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले ११ निर्वाचन क्षेत्रमा जित हात पारेको थियो भने माओवादी केन्द्रले ३ निर्वाचन क्षेत्रमा जितेको थियो। नेपाली कांग्रेसले १ निर्वाचन क्षेत्रमा मात्र जितेको थियो। डडेल्धुृरामा प्रधानमन्त्री शेर बहादुर देउवाले चुनाव जितेका थिए। यसैगरि कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका रेशमलाल चौधरीले जितेका थिए।