उपराष्ट्रपति पुनद्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन
३० असोज २०७९
•
१ मिनेट पाठ
उपराष्ट्रपति पुनद्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन
उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको आज अध्ययन अवलोकन गरेका छन्। हिमाल र हिमालीको गतिविधिबारेमा सङ्ग्रह गरी प्रदर्शन गरिएको सङ्ग्रहालयको उनले रुचिपूर्वक अवलोकन गरेका हुन्।




नेपाल पर्वतारोहण संघद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा निर्माण गरी सञ्चालनमा आएको सङ्ग्रहालय भवनभित्र विभिन्न चार कक्षअन्तर्गत १२ उपकक्षमा सङ्ग्रहित सामग्री प्रदर्शनमा राखिएको छ।

सङ्ग्रहालयको पर्वतीय मानव कक्ष, हिमालीको सामाजिक, सांस्कृतिक, धार्मिक एवं आर्थिक क्रियाकलाप झल्काउने सामग्री, विश्वका पर्वत शृङ्खलाको उत्पति, भौगर्भिक महत्व, वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थको प्रदर्शन गरिएको सङ्ग्रहालयका निर्देशक निर्मलाकुमारी न्यौपानेले उपराष्ट्रपति समक्ष जानकारी गराइन्।

उनका अनुसार उक्त कक्षमा विश्वका पर्वत शृङ्खलामा हुने पर्वतारोहण, पदयात्रा, स्कीइङ, शिकार, अनुसन्धान जस्ता मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी गरिएको छ।

विश्वका हिमाल र हिमाली क्षेत्रका बारेमा अनुसन्धान गर्ने अध्येता, अन्वेषकका लागि उपयुक्त थलोका रुपमा लिइएको सङ्ग्रहालय परिसरमा निर्माण बोटानिकल गार्डेन, मनास्लु हिमालको मोडल, ढलोटको याकलगायतका विविध संरचना निर्माण गरिएको छ।

सो अवसरमा उपराष्ट्रपति पुनले सङ्ग्रहालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै पर्यटन प्रवर्द्धनमा सङ्ग्रहालयको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।  
अर्को समाचार
पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड १५ लाख
१० असार २०८०
•
३ मिनेट पाठ
पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड १५ लाख
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।




आइतबार पोखरा महानगरको १३ औं नगर सभामा नीति तथा कार्यक्रम पास भएसँगै महानगर उपप्रमुख मन्जुदेवी गुरुङले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेकी हुन्।

सार्वजनिक गरिएको बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ, प्रदेश सरकारबाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख व्यहोरिने उल्लेख छ।

महानगरले चालु आर्थिक वर्षको लागि ८ अर्ब ९९ करोड २ लाख २९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। असार ८ गतेसम्म ३ अर्ब ८५ करोड ८४ हजार खर्च भई ४३ प्रतिशत प्रगति हासिल गरिएको उल्लेख गर्दै असार मसान्तसम्म ७० प्रतिशत खर्च हुने अनुमान महानगरपालिकाले गरेको छ।

महानगरले भौतिक पूर्वाधार, सहरी विकास, पर्यटन पूर्वाधार वातावरण लगायतका पूर्वाधार विकास कार्यक्रमका लागि २ अर्ब ७० करोड छुट्टाएको छ।

उपप्रमुख गुरुङले आइतबार बजेट वक्तव्य सार्वजनिक गर्दै आन्तरिक स्रोतबाट लक्ष्य प्राप्त गर्न नसकिएको उल्लेख गरिन। उनले ४ अर्ब ३० करोड १५ लाख ५२ हजार व्यहोर्ने अनुमान गरिए पनि हालसम्म १ अर्ब १९ करोड ७१ लाख रुपैयाँ ९२ हजार संकलन भएको सार्वजनिक गरिन्।

उनले सार्वजनिक गरिएको बजेटबाट पोखरा पर्यटकीय पूर्वाधार विकास गर्ने, उत्पादनशील र व्यावसायिक कृषि प्रणालीको विकास गर्ने, समतामूलक र सन्तुलित पूर्वाधार निर्माण गर्ने, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन र प्रदूषण नियन्त्रण गर्ने, सार्वजनिक सम्पत्तिको अतिक्रमण रोक्ने संरक्षण गर्ने र उत्पादनशील उपयोग गर्ने, सभ्य, सुसंस्कृत र व्यवस्थित शहरीकरणको थालनी गर्ने, सामाजिक समावेशीकरण लैगिंक विकास र सहभागितामूलक विकासको माध्यमबाट समतापूर्ण समाजको निर्माण गर्ने, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा प्रदान गर्ने र नागरिकलाई महानगरका सेवा सुविधा सहज र शीघ्र उपलब्ध गराई जबाफदेही सार्वजनिक सेवाको प्रत्याभूति गर्ने उद्देश्य राखिएको सुनाईन्।

पर्यटन प्रवर्द्धन, हरित उत्थानशील र दिगो पूर्वाधार विकास, वातावरण संरक्षण र सम्बद्धन तथा फोहोर मैला व्यवस्थापन, स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवर्द्धनमा बजेटको प्राथमिकता रहेको उपप्रमुख गुरुङले बत्ताइन्।

गण्डकी बहु प्राविधिक शिक्षालयको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न ३ करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएको छ। स्वास्थ्य तर्फ महानगरले १६ करोड ५० लाख छुट्टाएको छ। वर्षायाम सुरु भएसँगै विपद्को न्यूनीकरण गर्न स्थानीय तहले विशेष ध्यान दिनुपर्ने आवाज उठ्दै आएको छ।

महानगरपालिकाले विपद् व्यवस्थापनको लागि रेपिड रेस्पोन्स टिमलाई २४ सैं घण्टा परिचालन गर्ने जनाएको छ। आकस्मिक सेवा लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ। विपद् व्यवस्थापन जोखिम बस्ती संरक्षण र पहिरो नियन्त्रण तथा निर्मित पूर्वाधार संरचना संरक्षण गर्न १ करोड विनियोजन गरिएको छ। महानगरमा स्रोत शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा प्रतिष्ठान सम्बन्धित कार्यक्रमको लागि १८ करोड रुपैयाँ बजेट राखिएको छ।

पोखरा महानगरपालिकाले पोखरा ३३ मा जग्गा प्राप्तिको प्रक्रिया रहेको उल्लेख गर्दै अत्याधुनिक फोहोर मैला प्रशोधन केन्द्र निर्माण गरिने उल्लेख गरेको छ। पोखरा ३२ लामेआहालमा ल्याण्डफिल साइट सुधारको लागि आवश्यक बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले सुनाईन्।

महानगरले पूर्वाधार विकासको लागि ५४ करोड ६२ लाख रुपैयाँ छुट्टाएको छ। लामो समयदेखि चर्चा र चासोमा रहेको फिर्के खोलाको अतिक्रमण हटाई कोरिडोर निर्माण गर्ने योजना अघि सार्दै त्यसको लागि १ करोड ५० लाख छुट्टाइएको छ। फेवा फेरो पदमार्ग निर्माणको लागि ४० लाख रुपैयाँ बजेट छ।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
यो पनि पढौँ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस