नागरिक उन्मुक्ति पार्टीकातर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका लक्ष्मण थारूको उम्मेदवारी बदर भएको छ। उच्च अदालत दिपायलले जन्म कैदको फैसला गरेका कारण उम्मेदवारी दिएका थारूको उम्मेदवारी बदर भएको मुख्य निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ।
स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले फौजदारी अभियोग लागेर अदालतले जन्म कैदको सजाय हुने फैसला सुनाएका थारूको उम्मेदवारी खारेज गर्न माग गर्दै हालेको निवेदनमाथि सुनवाइ गर्दै उनको उम्मेदवारी बदर हुने मुख्य निर्वाचन अधिकृतकको कार्यालयले निर्णय गरेको हो।
मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले थारूलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत कैलालीबाट सजाय भएको र उच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय तोकेकाले उम्मेदवारी बदर हुने निर्णय सुनाएका हुन्। मुख्य निर्वाचन अधिकृतकको कार्यालयले थारूलाई मंगलबार दिउँसो ३ बजेभित्र प्रमाणसहित उम्मेदवारी बदर गर्न नपर्ने कारण पेश गर्ने समय दिएको थियो। टीकापुरमा ९ जनाको ज्यान जाने गरी भएको घटनामा मुछिएका थारूलाई उच्च अदालत दिपायलले २०७७ पुस २ गते जन्म कैदको फैसला सुनाएको थियो। उक्त फैसलापछि थारू फरारको सूचीमा छन्।