प्रतिनिधिसभा सदस्यको लागि नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवले धनुषा–४ बाट उम्मेदवारी दर्ता गराएका छन्।
आइतबार क्षिरेश्वरनाथ नगरपालिका- स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले मनोनयन दर्ता गराएका हुन्। उनी सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार हुन्। यसअघिको निर्वाचनमा उनी एमाले र माओवादीको संयुक्त उम्मेदवार रघुविर महासेठ्ठसँग पराजित भएका थिए।
उनीविरुद्ध नेकपा एमालेका सचिव महासेठ र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट महाजन यादवले उम्मेदवारी दिएका छन्।