धनुषा-२ बाट प्रतिनिधिसभा सदस्यको लागि सत्तारूढ गठबन्धनबाट नेपाली काँग्रेसका पूर्व मन्त्री रामकृष्ण यादवले मनोनयन दर्ता गराएका छन्।
धनुषाको बिदेह नगरपालिका-१ तिनकौरिया बजारस्थित वडा कार्यालयमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालय यादव आफैं पुगेर मनोनयन दर्ता गराएका हुन्।
उनले सत्तारूढ गठबन्धन माओवादी केन्द्र,लोकतान्त्रिक समाजवादी, एकीकृत समाजवादीको साझा उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएका हुन्।
उनीसँगै प्रदेशसभा सदस्यका लागि (क) मा लोसपाका संजय साह र (ख) मा माओवादी केन्द्रका श्याम यादवले उम्मेदवारी दर्ता गराएका छन्।
तीनैजना उम्मेदवारले आफ्नो कार्याकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको हो।
रामकृष्ण दुवै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए भने ०७४ सालको आम निर्वाचनमा पराजित भएका थिए।
प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका संजय र श्यामले पहिलोचोटि प्रत्यक्षमा उम्मेदवारी दिएका हुन्। निर्वाचन आयोगले आइतबार बिहान् १० देखि ५ बजेसम्म मनोनयन दर्ताको लागि समयसिमा निर्धारण गरेको हो।