दाङ–१ः गठबन्धनका ‘जब्बर’ नेता त्रय
१८ असोज २०७९
•
३ मिनेट पाठ
दाङ–१ः गठबन्धनका ‘जब्बर’ नेता त्रय
सत्तारूढ गठबन्धनको भागबन्डामा दाङ क्षेत्र नम्बर १ नेकपा एकीकृत समाजवादीलाई परेपछि यो प्रदेशका दुई क्षेत्र माओवादी र कांग्रेसको भागमा पर्ने निश्चित देखिन्छ। समाजवादीले प्रतिनिधिसभा उम्मेदवार नेता तथा संघीय सरकारका शहरी बिकास मन्त्री मेटमणी चौधरीलाई बनाउने पक्का जस्तै छ।




यसैगरि माओवादी र कांग्रेसको भागमा पर्ने प्रदेशसभाका लागि गत निर्वाचनकै दुई उम्मेदवार भिड्ने परिस्थिति बन्ने देखिन्छ। प्रदेश क्षेत्र अन्तर्गत दाङ (क) मा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत चौधरी भिड्ने पक्का देखिन्छ। उनी यसअघिको निर्वाचनमा निर्वाचित भएका थिए। हालका प्रदेश स्वास्थ्य मन्त्री चौधरीको प्रभाव यहाँ निकै राम्रो छ। यसैगरि प्रदेश (ख) मा कांग्रेसका जानकीलाल बस्नेत सक्षम उम्मेदवारका रूपमा प्रस्तुत हुने देखिएको छरू। उनिहरु दुबैजना ०७४ को प्रदेशसभाका उम्मेदवार हुन्। भलै कांग्रेसले उम्मेदवारको टुंगो लगाएको भने छैन। तर बस्नेत नै आगामी निर्वाचन सहजै जित्न सक्ने सक्षम उम्मेदवारका रुपमा चिनिएका छन्।  

लामो समय देखिको कांग्रेस राजनीतिको प्रभाव जानकीले यो क्षेत्रमा देखाएका छन्। ‘प्रदेशसभाको निर्वाचनका लागि दाङ ख को बलियो र सक्षम उम्मेदवार भनेकै जानकीलाल बस्नेत हो,’ एक नेताले भने ‘उहाँले टिकट पाउनु पर्छ र पाउनु पनि हुन्छ।’ बस्नेत यसअघि यसै क्षेत्रमा व्यहोर्नुपरेको पराजयलाई अहिले जीतमा परिणत गर्न चाहन्छन्।

अघिल्लो निर्वाचनमा वामगठवन्धन विरुद्ध उम्मेदवार बनेका उनी एमालेका रेवती रमण शर्मासँग पराजित भएका थिए। ‘अघिल्लो निर्वाचनमा कारण बस् म निर्वाचित हुन सकेन,’ बस्नेत भन्छन् ‘अहिले यो क्षेत्रमा सहजै जीत निकाल्न सक्छु भन्नेमा म ढुक्क छु।’ उनी पार्टीले आफूलाई नै टिकट दिने दाबी समेत गर्छन्। ‘कांग्रेस राजनीतिमा लामो समय सम्म खटिएको मेरो योगदानलाई पार्टीले अवश्य मूल्यांकन गर्छ नै,’बस्नेतले भने ‘मेरो उम्मेदवारी लड्नका लागि मात्रै हैन, जितका लागि पनि हो।’

बस्नेतसंगै कांग्रेस राजनीतिमा भर्खरै सकृय बनेका अनुराग खड्का पनि टिकटको रेसमा छन्। उनी कांग्रेस नेता खुमबहादुर खड्का छोरा हुन्। खड्काको निधन भएसँगै कांग्रेसको सकृय राजनीतिमा लाग्ने प्रण गरेका उनी पनि प्रदेशसभाको उम्मेदवार बन्न लालायित देखिन्छन्। भर्खरै पार्टीको सकृय सदस्यता प्राप्त गरेका खड्का कांग्रेसका ‘जुनियर’ हुन्। यससँगै उनको प्रभाव मतदाता समक्ष कति? भन्ने प्रश्न पनि कांग्रेस भित्र उब्जाएको छ। कांग्रेस भित्र गरिएको योगदानको मूल्यांकन गरेर टिकट दिईनु पर्ने आवाज कांग्रेस भित्रै पनि उठ्दै आएको छ।

फलतः प्रदेशसभाका लागि खड्का भन्दा बस्नेतलाई सक्षम उम्मेदवारका रूपमा हेरिएको छ। त्यसो त, खड्काको उम्मेदवारी दाबीलाई कतिपयले पारिवारिक बिरासतको ‘दबदबा’ समेत भनेका छन्। ‘पार्टी भित्र परिवारवाद भन्दा पनि सक्षम व्यक्तिलाई उम्मेदवार बनाईनु पर्छ,’ कांग्रेसका युवा नेता तथा पूर्व जनप्रतिनिधि सुबास डिसीले भने ‘क्षेत्र नम्बर १ ख को उम्मेदवारको सन्दर्भमा भन्दा जानकीलाल बस्नेत सक्षम र काबिल उम्मेदवार हो, उहाँले पार्टीमा गरेको लामो योगदानको सम्मानका लागि पनि उहाँलाई उम्मेदवार बनाईनु पर्छ।’

प्रदेशसभाका लागि कांग्रेसबाट जानकीलाल बस्नेत र माओवादीबाट ईन्द्रजीत चौधरी तथा प्रतिनिधिसभाका लागि नेकपा एसका मेटमणी चौधरीको उम्मेदवारी भए क्षेत्र नम्बर १ मा जब्बर नेताहरू उम्मेदवार बन्ने र यो क्षेत्रको सन्तुलन कायम समेत कायम हुने भएकाले गठबन्धनको सहज जीत हुने आँकलन गरिएको छ।
अर्को समाचार
राष्ट्रपतिप्रति सत्ता गठबन्धन सशंकित
१० भदौ २०७९
•
१ मिनेट पाठ
राष्ट्रपतिप्रति सत्ता गठबन्धन सशंकित
नागरिकता विधेयक प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएका पछिल्ला गतिविधिप्रति सत्तारूढ गठबन्धनका नेताहरू संशकित भएका छन्। यसबाट राष्ट्रपति र सत्तारूढ गठबन्धनबीच संशयको स्थिति पैदा भएको छ।




गठबन्धन दलको बिहीबार बिहान बसेको बैठकमा नेताहरूले राष्ट्रपतिका गतिविधिप्रति आशंका व्यक्त गरेका थिए। राष्ट्रपतिले सेना प्रमुख तथा सुरक्षा निकायका अधिकारीहरूसँग गरेको छलफलप्रति उनीहरूको चासो थियो। स्रोतका अनुसार नागरिकता विधेयक प्रकरणमा राष्ट्रपतिको पछिल्लो गतिविधि अस्वाभाविक रहेको निष्कर्ष पनि गठबन्धन दलका नेताहरूले निकालेका छन्।  

बैठकको सुरुमै राष्ट्रपतिको गतिविधिप्रति जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले चासो राखेका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि यादवको भनाइप्रति सहमति जनाएका थिए। राष्ट्रपतिबाट भएका कदमले राजनीतिक रूपमा के सन्देश दिन खोजेको हो भनी प्रश्न गर्दै उनले भने, ‘राष्ट्रपतिबाट भइरहेका पछिल्ला गतिवधिहरू स्वाभाविक छैनन्।

बैठकमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति सैनिक अधिकारीहरूसँग गरेको भेटघाटले शंका उत्पन्न भएको बताए। स्रोतका अनुसार बैठकमा सहभागी शीर्ष नेताहरूले राष्ट्रपतिको सम्भावित गतिविधि तथा कदमप्रति बुझ्न देउवालाई आग्रह गरेका थिए। देउवाले पनि राष्ट्रपतिको कदम स्वाभाविक नभएको प्रतिक्रिया जनाएको स्रोतको दाबी छ।

बैठकपछि बिहीबार दिउँसो गरिएको नेकपा एसको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रपतिको भेटघाटले राजनीतिमा शंका उत्पन्न गराएको बताए। ‘राष्ट्रपतिबाट जुन किसिमबाट पूर्वसैनिक अधिकारीहरूलाई बोलाएर निवासमा भोज, डिनर दिने काम भइरहेका छन्। यसले राजनीतिमा विभिन्न किसिमका शंका जन्माएको छ,’ नेपालले भने, ‘राष्ट्रिय राजनीतिका यी सबै पक्षलाई हामीले निगरानी गरिरहेका छौं।’
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस