भागवण्डाको टुंगो नलाग्दै धमाधम उम्मेदवार सिफारिस
१६ भदौ २०७९
•
३ मिनेट पाठ
भागवण्डाको टुंगो नलाग्दै धमाधम उम्मेदवार सिफारिस
सिट बाँडफाँटको टुंगो नलाग्दै सत्ता साझेदार दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सिफारिस सुरु गरेका छन्।  




मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले तालमेल गरेर जाने निर्णय भएपनि सिट बाँडफाँटको टुंगो नलागेपछि दलहरुले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गर्न थालेका हुन्।

कर्णालीमा सत्ता साझेदार दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बन्नेहरुको नाम सिफारिस गरिसकेका छन्। नेपाली कांग्रेस सुर्खेतका सभापति खड्क पोखरेलले पार्टी केन्द्रको निर्देशन अनुसार प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बन्नेहरुको नाम प्रदेश कार्यसमितिबाट सिफारिस भइसकेको बताए।  ‘अव जिल्ला कार्यसमितिले निर्णय गरेर २० गतेभित्र प्रदेश कार्यसमितिलाई नामावली सिफारिस गरिनेछ,’ उनले भने, ‘प्रदेश कार्यसमितिले केन्द्रमा नाम सिफारिस गरेपछि उम्मेदवारको टुंगो लाग्छ।’

देशकै ठूलो भूगोल र कम जनसंख्या रहेको कर्णालीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ र प्रदेशसभामा २४ जनाको प्रतिनिधित्व हुन्छ। २०७४ सालको निर्वाचनमा कांग्रेस कर्णालीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ शून्य भएको थियो भने प्रदेशसभामा एक मात्रै सिट जितेको थियो।  

पाँच दलीय गठबन्धनले सिट बाँडफाँटको टुंगो नलगाउँदा जिल्लास्तरमा उम्मेदवारको टुंगो लगाउँदा पनि उत्साह देखिँदैन।  ‘अन्तिम समयमा गठबन्धनको सिट बाँडफाँटमा कहाँ भाग पर्ने हो टुंगो छैन्, कतिले सिफारिसमै चित्त बुझाउने अवस्था छ,’ माओवादीका एक नेताले भने, ‘पार्टीबाट नाम सिफारिस हुँदा जति उत्साह हुन्थ्यो, त्यो यसपटक देखिएको छैन्।’

कांग्रेसले स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई आधार मानेर सिट बाँडफाँटको टुंगो लगाउनुपर्ने बताउँदै आएको छ। माओवादी केन्द्र भने २०७४ को निर्वाचनलाई प्रमुख आधार मान्नुपर्ने अडानमा छ। २०७४ को निर्वाचनमा माओवादी केन्द्रले प्रतिनिधिसभाका १२ मध्ये ६ र प्रदेशसभाका २४ मध्ये १० सिट जितेको थियो।  

नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले कर्णालीमा प्रतिनिधिसभाका १२ मध्ये सात र प्रदेशसभाका २४ मध्ये १२ सिट आफूहरुले पाउनुपर्ने आधारसहित पार्टी केन्द्रलाई प्रतिवेदन बुझाइएको बताए। ‘स्थानीय तहको निर्वाचनले कर्णालीमा कांग्रेसको जनमत कति छ भन्ने देखाइसकेको छ,’ प्रदेश सभापति शाहीले भने, ‘त्यसैका आधारमा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँटको टुंगो लगाइनुपर्छ भनेर पाँच दलीय गठबन्धन र पार्टीलाई सुझाव दिएका छौं।’

२०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभाका १२ सिट मध्ये आधा–आधा भाग लगाएका थिए भने प्रदेशसभाका २४ मध्ये एमालेले १३ र माओवादी केन्द्रले ११ सिट बाँडेका थिए। कर्णालीमा कांग्रेस प्रत्यक्षतर्फ प्रतिनिधिसभामा शून्य भएको थियो भने प्रदेशसभामा एक सिट मात्रै जितेको थियो। एमालेबाट जितेका प्रतिनिधिसभाका ६ सांसद मध्ये दुई जना अहिले एकीकृत समाजवादीमा छन्।

माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले निर्वाचनपछि कर्णाली सरकार माओवादी केन्द्रको नेतृत्वमा बन्ने गरेर सिट प्लानिङ बाँडफाँटको टुंगो लगाउन केन्द्रीय नेतृत्वलाई आग्रह गरिएको बताइन्। ‘प्रदेश कमिटीको बैठकबाट निर्णय गरेर सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने गरेर सिट प्लानिङ गरिदिन केन्द्रीय नेतृत्वलाई आग्रह गरेका छौं,’ अध्यक्ष केसीले भनिन्, ‘पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा बिहीबारदेखि हुने कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पनि यो विषयलाई प्राथमिकताका साथ उठाउँछौं।’

२०७४ मा एमाले र माओवादी केन्द्रबीच मात्रै सिट बाँडफाँट भएको थियो। यसपटक कर्णालीमा एकीकृत समाजवादी पनि छ। एकीकृत समाजवादी कर्णाली प्रदेशका अध्यक्ष अम्मरबहादुर थापा संघ र प्रदेशमा गरेर १० सिट आफूहरुले पाउनुपर्ने बताए । ‘यो गठबन्धन निर्माणमा एकीकृत समाजवादीको भूमिकालाई सबैले मूल्याङ्न गर्नुपर्छ,’ अध्यक्ष थापाले भने, ‘प्रतिनिधिसभामा दुई र प्रदेशसभामा आठ सिट प्रत्यक्षतर्फ समाजवादीले पाउनुपर्छ।’
अर्को समाचार
मिल्लान् त कांग्रेस–एमाले ?
२४ वैशाख २०८१
•
३ मिनेट पाठ
मिल्लान् त कांग्रेस–एमाले ?
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार सत्ता साझेदार दलहरूकै कारण अप्ठेरोमा परेको छ। दुई महिनाअघि नयाँ समीकरण बनाएका दाहाल सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) बाटै अप्ठेरोमा परेका हुन्।




सत्तामै रहेका दलहरूले दाहालको विकल्पमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा नयाँ सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफल अघि बढाइरहेका बेला उपप्रधान तथा स्वास्थ्यमन्त्रीसहित सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित हुन पुगेको छ।

जसपा नेपाल विभाजनसँगै तत्काल नेकपा एसका अध्यक्ष नेपालको नेतृत्वमा नयाँ सरकार गठनको सम्भावना न्यून हुन पुगेको छ। तत्काल नेपाल नेतृत्वमा नयाँ सरकारको सम्भावना न्यून रहे पनि दलहरूले दाहाल नेतृत्वको बदलामा नयाँ सरकार बनाउन अन्य विकल्पमा छलफल अघि बढाएका छन्।  

२०७९ मंसिरमा भएको निर्वाचनमा तालमेल गरेका दलहरू फेरि एक ठाउँमा उभिने गरी माओवादी केन्द्र, नेपाली कांग्रेससहितका नेताहरू छलफलमा जुटेका छन्। नेकपा एसका अध्यक्ष नेपाललाई प्रधानमन्त्रीमा अघि सारेर पुरानो गठबन्धन फर्काउने गरी माओवादीका केही नेताले कांग्रेस सहितका दलसँग छलफल गरिरहेको स्रोतको दाबी छ।

तर दाहाललाई अहिले नै विश्वास गर्न सकिने अवस्था नरहेको कांग्रेसका एक नेताको दाबी छ। नेपालपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन गर्ने विषयमा पनि कुरा भइरहेको जानकारी दिँदै ती नेताले भने, ‘नयाँ सरकार गठनका विभिन्न विकल्पमा छलफल चलिरहेको छ।’

माओवादीका केही नेताले सत्ता साझेदार एमालेसँग काम गर्न समस्या भएको बताउँदै आएको कांग्रेस नेताहरूको दाबी छ। अहिले सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष नेपालबीचको टकरावले पनि समस्या आएको माओवादी नेताहरूको विश्लेषण छ।

अर्को सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएका छन्। सहकारी ठगीका विषयमा कांग्रेसले संसदीय छानिबिन समिति गठनको माग गर्दै आएको छ।

कांग्रेसले मागअनुसार समिति गठन नभए संघीय संसद्को बजेट अधिवेशनअन्तर्गतका बैठक सञ्चालन हुन नदिने बताउँदै आएको छ। कांग्रेस मागअनुसार संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली अहिले सकारात्मक देखिएका छन्। संघीय संसद्को अधिवेशन सुरु भएलगत्तै प्रमुख विपक्षी कांग्रेसको मागअनुसार सहकारी ठगीमा संसदीय छाबिन समिति गठन गर्ने एमाले र माओवादीको तयारी छ।

प्रधानमन्त्री दाहालले सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्ने संकेत दिइसकेका छन्। कांग्रेस मागअनुसार संसदीय समिति गठन भए रास्वपाले सरकार छाड्ने भनेको छ। संसदीय छानबिन समिति गठन भएमा र संघीय प्रतिनिधिसभामा २१ सांसद रहेको रास्वपा पुरानै अडानमा कायमै रहे दाहाल नेतृत्व सरकार बजेट आउनुभन्दा अघि नै अप्ठेरोमा पर्ने स्रोतको दाबी छ।

दाहाल नेतृत्वको सरकारको विषयलाई लिएर जसपा विभाजन प्रक्रियामा गइसकेको छ। नेपाल नेतृत्वको नेकपा एसमा पनि अहिलेको गठबन्धनप्रति एकमत छैन। त्यहाँभित्रको विवाद बढ्दै जाँदा नेकपा एस नै विभाजित हुनसक्ने विश्लेषण हुन थालेको छ।

सत्ता खिचातानी बढ्दै गएका बेला कांग्रेस र एमालेका नेताहरू भने दुई ठूला पार्टी मिलेर सरकार बनाउने कसरतमा जुटेका छन्। कांग्रेस नेता शेखर कोइरालाले एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गर्नुपर्ने बताउँदै आएका छन्। उनले एमाले अध्यक्ष ओलीसँग यस विषयमा पटकपटक छलफल पनि गरेका छन्।

निर्वाचन प्रणालीसहित संविधानका केही अन्य विषय संशोधन गर्नेगरी एमाले महासचिव शेखर पोखरेल, विष्णु रिमाललगायत र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसमेतका नेताहरू संवादमा रहेको स्रोतको दाबी छ। कांग्रेस एक नेताले भने, ‘दाहाल नेतृत्वको सरकारले बजेट ल्याए पनि पारित हुन मुस्किल देखिन्छ। कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ।’

संविधान संशोधनसहितका विषयलाई अघि बढाउने गरी सरकार बनाउन दुई दलबीच सघन छलफल भइरहेको छ। एमाले नेकपा एसका अध्यक्ष नेपाललाई सरकारको नेतृत्वमा पुग्नबाट जसरी पनि रोक्नु पर्छ भन्नेमा छ।

ओलीले संसद्को रोस्ट्रमबाटै कांग्रेस सभापति देउवालाई संवादका लागि आग्रह गरेको सम्रण गर्दै माओवादीका एक नेताले भने, ‘अहिले सरकारमा नेकपा एसलाई सहभागी गराएकोमा ओलीलाई चित्त बुझेको छैन। सत्ता गठबन्धनमै रहेका नेताहरूलाई एकअर्काप्रति विश्वास र भरोसा छैन।’
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस