प्रमाण संकलन गर्दैं महाभियोग सिफारिस समिति
११ भदौ २०७९
•
२ मिनेट पाठ
प्रमाण संकलन गर्दैं महाभियोग सिफारिस समिति
प्रतिनिधिसभा महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदमा रहँदा गरेका कानुनविपरीत कार्यको प्रमाण मागेको छ। समितिले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी तीन दिनभित्र प्रमाण, कागजात र जानकारी पठाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। महाभियोग लगाइएको २१ आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सरोकार राख्ने निकाय वा व्यक्ति सबैलाई आग्रह गरिएको छ।




समितिले जबरालाई बयानका लागि उपस्थित हुने व्यहोराको पत्र बिहीबार बुझाएको छ। जबरालाई भदौ १५ गते ११ बजे महाभियोगमा लगाइएका आरोपका सम्बन्धमा बयान दिनका लागि उपस्थित समितिमा हुन भनिएको छ। प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो। सोही दिनदेखि उनी निलम्बनमा परेका थिए। गत फागुन २२ मा गठन भएको महाभियोग सिफारिस समितिले २०७९ साउन ३१ गतेदेखि काम थालेको थियो। समितिको बुधबारको बैठकले कार्यविधि र कार्यतालिका तय गरेको छ। यसबीचमा महाभियोगमा लगाइएका आरोपसँग सम्बन्धित तथ्य, प्रमाण र जानकारी बुझ्ने पनि समितिले निर्णय गरेको थियो। समितिले भदौ २० भित्र महाभियोगको प्रतिवेदन तयार पार्ने गरी कार्यविधि र कार्यतालिका तय गरेको छ।

महाभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न उनी अक्षम रहेको आरोप लगाइएको छ। यसैगरी सर्वोच्च अदालतलगायत न्यायपालिकाभित्रै उनको कार्यकालमा अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा बिचौलियाले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको लगायत महाभियोग प्रस्तावमा उल्लेख छ।

पूर्वन्यायाधीश, नागरिक समाज, नेपाल बार एसोसिएसन एवं सर्वोच्च अदालत बार एसोसिएसनबाट समेत प्रधानन्यायाधीशका कार्यमा गम्भीर प्रश्न खडा गरी अविश्वास प्रकट गरेको र उल्लिखित बार एसोसिएसनले प्रधानन्यायाधीशको सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सय दिनभन्दा बढी धर्ना, जुलस, सभा–सम्मेलनसमेतका विभिन्न कार्यक्रम गर्दै आएका थिए।
अर्को समाचार
महाभियोग पारित गरेर देखाउन जबराको चुनौती
२७ भदौ २०७९
•
३ मिनेट पाठ
महाभियोग पारित गरेर देखाउन जबराको चुनौती
प्रतिनिधिसभा महाभियोग सिफारिस समितिमा बयान दिँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोगको विषय दुईचार दिनभित्र टुंगो लगाउन आग्रह गरेका छन्। समितिको बैठकमा आइतबार बयान दिन उपस्थित उनले आफूविरुद्ध महाभियोग लगाएर संसद्ले आफूअनुकूल प्रधानन्यायाधीश बनाउन खोजेको धारणा राखेका थिए। उनले प्रतिनिधिसभाको कार्यकाल असोज १ गते सकिने अवस्थालाई संकेत गर्दै आफ्नो कार्यकाल भने मंसिर २७ सम्म रहेको बताए।  




जबराले महाभियोग दुईतिहाइले पारित गर्न चुनौती पनि दिए। उनले भने, ‘मलाई लगाएको आरोप अरूलाई लगाएको भए भागिसक्थे तर मलाई महाभियोग पारित हुन्छ भन्ने पटक्कै विश्वास थिएन, छैन, त्यसैले म यहाँ जवाफ दिन आएको हुँ।’ उनले महाभियोगमा लगाइएका आरोप सत्य नभएकाले आफू खुलेर जवाफ दिन सक्ने अवस्थामा रहेको बताए।  

जबरालाई महाभियोग सिफारिस समितिले आइतबार ३२ वटा प्रश्न सोधेको थियो। १२ देखि ३५ बुँदासम्मका प्रश्नको उत्तर दिँदै जबराले आफू निर्दोष भएको दाबी गरे। आफूले अदालतमा ७/८ जना ठालु वकिलको एकलौटी ध्वस्त पारेको दाबी गर्दै जबराले त्यसैकारण उनीहरू आफ्नो विरोधमा लागेको बताए। ‘सीमितले सबै इजलास कब्जा गर्ने र महिला तथा युवा वकिललाई बहस गर्न नदिने प्रवृत्ति मैले अन्त्य गरेको हुँ’, उनले भने, ‘त्यसपछि उनीहरू ममाथि आक्रमण गर्न लागे।’

जबराले सय दिनसम्म नेपाल बारले अदालतको निषेधित क्षेत्रमा नारा–जुलुस गर्दा सरकारले आफूलाई सहयोग नगरेको गुनासो पोखे। आफूले प्रधानन्यायाधीश भएदेखि कुनै गलत काम नगरेको दाबी उनले पटकपटक दोहोर्‍याए।

२०७५ पुस १८ गते प्रधानन्यायाधीश भएका उनले आफूले २२ हजार मुद्दालाई १६ हजारमा झारेको बताए। त्यसलगत्तै कोभिड सुरु भएकाले मुद्दाको चाप घटाउन नसकिएको उनले बताए। उनले सर्वोच्चमा न्यायाधीश नियुक्ति विवाद पुरानै भएको बताए। न्यायाधीश नियुक्तिका विषयमा २०४८ सालमा पनि विवाद भएको र ०५२ सालमा आफूलाई नियुक्ति गर्दासमेत विवाद भएको उनले सम्झाए । अयोग्य मानिसलाई नियुक्ति गरियो भने मात्रै प्रश्न उठ्छ नत्र विवाद गर्नुको कुनै अर्थ नहुने उनले बताए। न्यायाधीश नियुक्तिमा पूर्वप्रधानन्यायाधीश समाजले पनि चासो देखाउने गरेको उनले जनाए।

पूर्वप्रधानन्यायाधीशहरूको समाजलाई उनले मण्डले समाजको उपमा पनि दिए। ‘पूर्वप्रधानन्यायाधीशहरूको होइन, पञ्चायतका मण्डलेहरूको समाज हो त्यो’, उनले भने, ‘न्यायपालिका ध्वस्त पार्ने काम गर्न यो समाज बनेको हो।’ जबराले पूर्वप्रधानन्यायाधीशको ध्यान मुद्दा, न्यायाधीश नियुक्ति र न्यायाधीशको सरुवामा मात्र केन्द्रित भएको आरोप लगाए।  

जबराले सर्वोच्चको भवन बनाउने काम अदालत व्यवस्थापन समितिको भएको भन्दै आफूलाई दोषी मात्र देखाउन खोजिएको बताए। सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीसहितको अदालत व्यवस्थापन समितिले यसबारे निर्णय गरेको उनले बताए। ‘सर्वोच्चको कार्यालय प्रमुख प्रधानन्यायाधीश हुन्छ। त्यसैले भवन निर्माणमा मैले २०७७ फागुन ३ गते हस्ताक्षर गरेको हुँ। कार्यालय प्रमुखले नै भनेको हुनाले प्रधानन्यायाधीशको हैसियतमा मैले हस्ताक्षर गरेको हुँ। प्रशासनिक प्रमुखले गर्ने भनेको भए मुख्य रजिस्ट्रारको हस्ताक्षर हुन्थ्यो।’ उनले भवन निर्माणमा कुनै किसिमको अनियमितता नभएको दाबी गरे। ‘टेन्डरका कुरा हुँदासम्म हरिकृष्ण कार्कीजी अदालत व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्थ्यो। उहाँले टेन्डर गरेको हो, यसमा मेरो कुनै भूमिका छैन।’ अन्तर्राष्ट्रिय टेन्डर नभई कम्पनीहरूको ज्वाइन्टभेन्चरमा ठेक्का भएको उनले बताए। उनले त्यसबेला व्यवस्थापन समितिमा न्यायाधीशहरू कार्की र प्रकाशमानसिंह राउत, मुख्य रजिस्ट्रार नृपध्वज निरौला, रजिस्ट्रार लालबहादुर कुँवर, नारायण पन्थी र सहसचिव नारायण रेग्मी रहेको जानकारी गराए।

जबराले आफूविरुद्ध लगाउने आरोप नपाएपछि अहिलेका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले अदालतको भवन निर्माणमा अनियमितता भएको विषय उठाएको दाबी गरे। ‘म त वैध अपेक्षा भन्छु। दीपक कार्कीजी वरिष्ठ न्यायाधीश हुनुहुन्छ। प्रधानन्यायाधीश बन्ने लालसामा उहाँले यो कुरा उठाउनुभयो। न्यायपालिकाको गरिमा र संविधानले उन्मुक्ति दिएको विषयमा अख्तियारलाई लेखी पठाउनुभयो। अख्तियारले कारबाही गरिरहेको होला। अनियमितता भए अख्तियारले कारबाही गर्ला’, उनले भने। समितिले इच्छाराज तामाङ प्रकरणको अडियोबारे सोधेको प्रश्नमा जबाराले त्यो आफ्नो बोली नभएको दाबी गरेका थिए। ‘रुद्रप्रसाद पोखरेल नेपाल बारको कोषाध्यक्ष भएकाले उहाँसँग व्यक्तिगत भेटघाट छैन।  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस