चुनावमा प्रतिनिधित्व खोज्दै युवा
०७ भदौ २०७९
•
४ मिनेट पाठ
चुनावमा प्रतिनिधित्व खोज्दै युवा
प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन मंसिर ४ गतेका लागि तोकिएसँगै युवाले प्रतिनिधित्व खोज्न थालेका छन्। युवा नेताहरूले निर्वाचनका लागि आफूहरू तयार रहेको भन्दै सामाजिक सञ्जालमार्फत उम्मेदवारीको आकांक्षा व्यक्त गरिरहेका छन्। कांग्रेस कैलालीका उपसभापतिसमेत रहेका नेता भीम बडुवालले यसपालि आफू कैलाली क्षेत्र नं ३ बाट संघीय सांसदको उम्मेदवारीका लागि बलियो दाबेदार भएको फेसबुकमा उल्लेख गरेका छन्। बडुवाल मात्रै होइन, पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत कार्यकर्तासमेत निकटस्थ युवा नेताहरूको फोटो तथा पोस्टर बनाई सामाजिक सञ्जालमा सेयर गर्न सक्रिय छन्। चुनाव नजिकिएसँगै उनीहरूले माहोल तताइसकेका छन्।




सुदूरपश्चिमबाट प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४०–४५ वर्ष उमेर समूहका युवा अघि सर्न थालेका छन्। स्थानीय निर्वाचनमा वडादेखि पालिकासम्म युवाले राम्रै स्थान पाएपछि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि युवा नेता उम्मेदवार बन्न हौसिएका हुन्। अहिले सुदूरपश्चिममा यो उमेर समूहका युवाको सक्रियताका कारण प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेको हो। एमाले कैलाली जिल्ला कमिटी सचिव डेजी पाण्डेले प्रदेशसभा सदस्यका लागि चुनाव लड्न आफूले तयारी थालिसकेको बताए।  

‘पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि तयारी अघि बढाउन भने पनि मैले कैलाली क्षेत्र नं २ ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि निर्वाचन लड्ने मनसायले घरदैलो सुरु गरिसकें’, उनले भने। आफूसँगैका साथीहरू स्थानीय तहको निर्वाचनमा जोडिइसकेको उनले बताए। उनले भने, ‘हामीसँगै राजनीति गरेका साथीहरू कहीं न कहीं अवसर पाएर जोडिइसकेका छन्। बाँकी रहेका हामी पनि प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने तयारीमा छौं।’

यस्तै कैलालीको क्षेत्र नं ५ ‘क’ बाट एमाले युवा नेता विष्णु चन्द र कैलाली क्षेत्र नं १ ‘क’ बाट द्वारिका न्यौपानेको नाम चर्चामा आएको छ। ४०–४५ वर्ष उमेर समूहका युवामा कञ्चनपुर क्षेत्र नं २ ‘क’ मा कांग्रेसका लेखराज जोशी, लक्ष्मण शाही, पूर्ण कुँवर, क्षितिज भण्डारी, केशव मिश्र, नृप सुनार, माओवादी केन्द्रका लक्षीराम आचार्य, रमेश धामी, हुकुम साउद, डिएल भण्डारी, विकास चौधरी, विवेक चौधरीलगायत सामाजिक सञ्जालमार्फत चर्चामा छन्।

सधैंभरि दोहोरिने पुराना नेताले युवा आवाज सम्बोधन गर्न नसक्नाले पछिल्ला दिनमा मतदाताले युवालाई छान्न थालेको एमाले कैलालीका युवा नेता विष्णु चन्दले बताए। उनले भने, ‘पुरानो नेतृत्वले न युवाको आवाज उठाउन सक्यो न राष्ट्रियताका पक्षमा नै बोल्न सक्यो। त्यसकारण पुराना अनुहार छाडेर मतदाताले पनि युवाप्रति भरोसा गर्न थालेका छन्।’ यसको पछिल्लो उदाहरण भनेको स्थानीय निर्वाचनमा बढीभन्दा बढी युवा निर्वाचित हुनु रहेको उनले जिकिर गरे।

स्थानीय तह निर्वाचनमा धेरै ठाउँमा स्वतन्त्रबाट लडेका युवाले जितेका उदाहरण काफी रहेको कांग्रेस नेत्री प्रेरणा पाण्डेले बताइन्। उनले भनिन्, ‘पुराना अनुहारले युवाको मनोभाव बुझ्न सकेनन्। त्यसैले स्थानीय तहमा धेरै ठाउँमा मतपरिणाम फरक देखियो। अब राजनीतिक दलले युवालाई मिलाएर जानुपर्ने आवश्यकता देखियो।’ उनले कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ ‘क’ मा युवाले युवा नेता लेखराज जोशीलाई अगाडि सार्ने तयारी गरेको बताइन्। ‘हामीले युवा प्रतिनिधित्व खोज्दै नेता जोशीलाई अगाडि बढाएका छौं,’ उनले भनिन्, ‘सुदूरपश्चिममा पुराना मात्रै नभई नयाँ अनुहारका युवा नेतालाई पनि ठाउँ दिनुपर्छ; जसले आम युवाको प्रतिनिधित्व गर्न सकोस्।’ उनले कांग्रेसको चौधौं महाधिवेशनको चर्चा गर्दै भनिन्, ‘चौधौं महाधिवेशनको निर्वाचन मतपरिणाम हेर्ने हो भने वडा, पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म पनि ४०–४५ वर्ष उमेर समूहका युवा अगाडि देखिएका छन्।’

पछिल्लो समयमा मूलधारको राजनीतिसँगै स्थानीय निर्वाचनमा पनि युवाकै वर्चस्व स्थापित हुन थालेको बताउँदै राजनीतिक विश्लेषक तथा कैलाली बहुमुखी क्याम्पसका राजनीतिशास्त्रका सहप्राध्यापक देवराज अवस्थीले भने, ‘धेरै नयाँ युवा र थोरै पुराना अनुहार आउनुपर्छ। जसले गर्दा पुरानाको ज्ञान र सीप प्रयोग गरेर नयाँले काम गर्न सक्छन्। तसर्थ पुरानाको तुलनामा नयाँ युवा बढी आउनु जरुरी छ।’ पुराना राजनीतिमा देखिएका विकृति हटाउन सकिन्छ कि भनेर राजनीतिक नेतृत्वमा युवा आउन थालेको आकलन गर्न सकिने उनले बताए। ‘केही समयदेखि पुराना नेताहरूको अकर्मण्यताका कारण देश अगाडि बढ्न सकेको छैन। जसले गर्दा युवामा राजनीतिप्रति वितृष्णा जागेको अनुभव हुन थालेको छ’, उनले भने, ‘त्यही वितृष्णा र राजनीतिक विकृति हटाउन नेतृत्व लिन युवा वर्ग अग्रसर भएको हुन सक्छ ।’
अर्को समाचार
झापा क्षेत्र नं ५: पुरानै अनुहारबीच प्रतिस्पर्धा
२५ कार्तिक २०७९
•
३ मिनेट पाठ
झापा क्षेत्र नं ५: पुरानै अनुहारबीच प्रतिस्पर्धा
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ। सो क्षेत्रमा नेकपा  (एमाले)का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार छन्।  




विसं २०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो। त्यतिबेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो। उनले कांग्रेस उम्मेदवार अधिकारीलाई २८ हजार आठ सय ४२ मतान्तरले पराजित गरेका थिए। सो निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा होमिएको थियो भने यस पटक उसलाई अन्य दलको साथ छ।  

ओलीले २०७४ सालमा ५७ हजार एक सय ३९ तथा अधिकारीले २८ हजार दुई सय ९७ मत प्राप्त गरेका थिए। अघिल्लो निर्वाचनमा पनि एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन थियो। यसपटक पनि उक्त साथ कायमै छ। झापा क्षेत्र नं ५ मा स्वतन्त्रसहित २५ जनाको उम्मेदवारी परेको छ।  

उम्मेदवार तथा दलका प्रतिनिधि मतदातालाई रिझाउन घरघरमा गइरहेका छन्। संविधानसभाको पहिलो निर्वाचन २०६४ बाहेक २०४८ सालयता भएका कुनै पनि निर्वाचनमा एमाले अध्यक्ष ओली पराजित भएका छैनन्। उनको झापा आगमन र घरदैलो कार्यक्रम बाक्लिएको छ। विसं २०४८ यता ओलीले यो निर्वाचन क्षेत्रमा छुट्टै विरासत कायम गरेका छन्। विसं २०६४ को संविधानसभाको निर्वाचनमा भने उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वदीप लिङ्देनसित पराजित भएका थिए। ओली पाँच पटक लगातार यस क्षेत्रबाट निर्वाचित भइसकेका छन्।  

झापा–५ मा गत स्थानीय तहमा कमल र गौरीगञ्ज गाउँपालिकामा कांग्रेसले प्रमुख पद जितेको थियो। एमालेले गौरादह नगरपालिकामा मात्रै जितेको थियो। स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार यहाँ एमाले विगतको तुलनामा कमजोर आँकलन गरिएको छ। तथापि स्थानीय तहको जस्तो निर्वाचन नभएर आमचुनाव भएकाले त्यसले खासै असर नपार्ने विश्लेक बताउँछन्।  

वडागत रुपमा भने एमाले बलियो छ। क्षेत्र नम्बर ५ भित्र पर्ने चार पालिकामा २९ वडा छन्। गौरादह नगरपालिकाको वडा नम्बर एकदेखि सातसम्म एमालेले चार वटामा जितेको थियो। कांग्रेसले दुई वडामा तथा एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।  

गौरीगञ्ज गाँउपालिकामा पर्ने चार वडा वडा (३, ४, ५ र ६) मध्ये तीनमा एमालेले जितेको थियो। दमक नगरपालिकाका–१० वडामध्ये सातमा एमाले तथा दुईमा कांग्रेस र एउटामा राप्रपा विजयी भएको थियो।  

यस्तै एमालेले कमल गाउँपालिकामा ३, ४, ६ र ७ मा  वडाध्यक्ष जितेको थियो भने कांग्रेसले १, माओवादी केन्द्रले एउटा तथा एकीकृत समाजवादीले एउटामा जितेको थियो।  स्थानीय तहमा एमालेले वडागत मत ४१ हजार छ सय १९ पाएको छ भने कांग्रेसले २२ हजार, माओवादीे केन्द्रले १० हजार सात सय ८८ र राप्रपाले आठ हजार तीन सय ५९ तथा एकीकृत समाजवादीले एक हजार नौ सय ८८ मत पाएको छ।  

सो क्षेत्रमा राप्रपालाई जोड्ने हो भने एमाले–राप्रपा गठबन्धनले प्राप्त गरेको मत ४९ हजार नौ सय ७८ छ। सत्ता गठबन्धनको मत ३४ हजार सात सय ७६ छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यस निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता छन्। यहाँ एक लाख ५४ हजार दुई सय ८९ मतदाता छन्। दुई अन्य, पुरुष मतदाता ७६ हजार ६७ र महिला मतदाता ७८ हजार दुई सय २० छ।  

यस निर्वाचन क्षेत्रमा मतदानस्थल ६१ तथा मतदान केन्द्र एक सय ७६ कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए। यो क्षेत्र एमाले अध्यक्ष ओलीका कारण लामो समयदेखि केन्द्रीय राजनीतिको मियोका रूपमा स्थापित भएको छ। त्यसैले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं ५ मा चर्चामा छ।रासस
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस