एकाबिहानैदेखि चहलपहल देखिने लहान बजार आइतबार सुनसान छ। चिया पसल बाहेकका पसलहरु बन्द छन्। स्कुल कलेजमा शोक बिदा दिइएको छ।
शनिबार राती प्रदीप गिरिको निधनको खबरले लहानबासी गहिरो दुःखमा डुबेका छन्। सिरहा क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका प्रदीप गिरिको पुर्ख्यौली घर लहान नगरपालिका १४ बस्तीपुर हो।
गिरिको निधनको शोकमा जिल्ला उद्योग वाणिज्य संघ सिरहा,लहानले जिल्लाभरका उद्योग, व्यपार एक दिन बन्द गर्ने निर्णय गरेको अध्यक्ष विकास सारडाले बताए।
यसैगरी, लहान क्षेत्रका सम्पूर्ण निजी तथा आवासीय विद्यालयहरु एक दिन बन्द गर्ने निर्णय भएको प्याब्सन जिल्ला अध्यक्ष उमेश चौधरीले बताए।
लहान नगरपालिकाले नगरक्षेत्रभित्रका सम्पूर्ण निजी तथा सामुदायी विद्यालय,व्यपार, संस्था, सम्पूर्ण स्वास्थ्य संस्थाहरुको आकस्मिक बाहेकको सेवा बन्द रहने निमित प्रमुख प्रशासकिय अधिकृत मायानाथ आचार्यले बताए।
यस्तै, सखुवानन्कारकट्टी गाउँपालिकाकाले पालिका क्षेत्रका सम्पूर्ण विद्यालय र कार्यालयहरुमा शोक बिदा दिएको अध्यक्ष केदारनाथ यादवले बताए।
लहान नगरपालिका–१४ मा २००२ सालमा मित्रलाल गिरि र पुण्यप्रभा गिरिका माहिलो छोराका रूपमा जन्मिएका हुन् प्रदीप गिरी। उनका पाँच भाइ र तीन दिदीबहिनी छन् । नागरिकतामा भने उनको जन्ममिति २००६ साल लेखिएको छ।
१३ वर्षको उमेरमा बस्तीपुर माध्यमिक विद्यालयबाट एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेका गिरीले भारतको काशी विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा एमए पास गरेका थिए ।
राजनीतिक घरानका गिरि काशी विश्वविद्यालयमा बीए अध्ययन गर्दाताका प्रजातान्त्रिक युवा दलमा आबद्ध भएका थिए। २०२४ सालमा त्यही संगठनको उपाध्यक्ष बने। नेपाल आउँदा पक्राउ परेपछि २ वर्ष जेल परे। जेलबाट छुटेपछि बीपीलाई भेट्न बनारस पुगे र सशस्त्र आन्दोलनको सहयोगी बने।
२०३६ सालमा बहुदलको पक्षमा भोट माग्दा २ दिनअघि नै पक्राउ परेका उनी फेरि २०४२ सालको सत्याग्रहमा समातिए। २०४५ सालमा पनि उनी पक्राउ परेका थिए। प्रदीप गिरि २०५१ को आमनिर्वाचनमा बामपन्थीको गढ मानिने सिरहाको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
उनी पहिलो र दोस्रो संविधानसभामा कांग्रेसबाट समानुपातिक सभासद भए। २०७४ को प्रतिनिधिसभा सदस्यमा उनी आफ्नाे गृहनगर रहेको सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । करिब पाँच वर्षदेखि घाँटीको क्यानसरले पीडित गिरी उपचारका लागि भारत आउनेजाने गर्थे।
पछिल्लोपटक उनी लामो समय उपचार गराएर साउनमा नेपाल फर्केका थिए। फर्केलगत्तै उनी नेपाल मेडिसिटि अस्पताल भर्ना भए। मेडिसिटिमा उपचारको क्रममा शनिबार राती ९ः३० बजे उनको निधन भयो।
नेपाली कांग्रेसले उनको दाहसंस्कार पशुपति आर्यघाटमा गर्ने जनाएको छ। तर, गिरिको इच्छा भने संस्कार उनको प्रिय स्थल लहान नगरपालिका १४ मा रहेको आश्रममा होस् भने थियो, उनीसँग धेरै समय बिताएका पत्रकार किशोर नेपालले बताएका छन्। लहान नगरबासीले पनि गिरिको दाहसंस्कार जन्मथलोमै गरियोस् भन्ने चाहना राखेका छन्।
‘आश्रम’ प्रदीप गिरिले निर्माण गरेको विचारको मन्थन गर्ने पवित्र थलो हो। खुट्टी खोलाको पश्चिम किनारमा रहेको चट्टानी जमिनमा रुखविरुवा रोपेर गिरिले रमणीय स्थल बनाएका थिए। जसको नामाकरण आश्रम भनेर गरियाे।
यहाँ नेपाल भारत तथा तेस्रो मुलुकका थुप्रै बौद्धिक तथा कुटनीतिक व्यक्तिहरु आइसकेका छन्। गिरि काठमाडौंबाट गृहनगर आउँदा आश्रममै बस्थे। यहाँका जमिनमा कोदालो चलाउँथे। विरुवा रोप्थे। सागतरकारी लगाउँथे। उनी अधिकत्तर समय कितावमा रमाउँथे। अध्यनबाट समय निकालेर समर्थक सुभचिन्तकसँग विचार मन्थन गर्थे।
आश्रम आएको खबर पाएपछि दूरदेहातदेखि सहरसम्मका मानिस गिरिको विचार सुन्न झुमिन्थे। उनी आश्रममा मानिसबाटै घेरिएका हुन्थे। मुस्कानले भरिएको विचारबाट उनी सबैलाई लठ्ठ पारिदिन्थे। उनको आगमनसँगै रुखविरुवा यहाँका मानिसको मुहार उज्यालिन्थ्यो। आश्रम गुलजार हुन्थ्यो। उनको अवसानसँगै आश्रम उराठलाग्दो भएको छ। मानिसका मुहार पनि धमिलिएको छ। भरोसाको प्रदीप निभेकोप्रति सबै शोकमा डुबेको छ।
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।
शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।
चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।
सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।
यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।
प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।
भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।
औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।
चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।
देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।
शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...