नेपाल–खनाल खटपट
२३ साउन २०७९
•
३ मिनेट पाठ
नेपाल–खनाल खटपट
नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट सुरु भएको छ। स्थानीय तह निर्वाचनदेखि दुई नेताबीच खटपट सुरु भएको हो।  




अध्यक्ष नेपालसँग खटपट भएका बेला स्वास्थ्य मन्त्रालयबाट खरिद स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको विषयमा नेता खनालले दुई मन्त्रीलाई आफ्नै निवासमा बोलाएर जानकारी लिएका छन्। खनालले स्वास्थ्यमन्त्री भवानी खापुङ र राज्यमन्त्री हीराचन्द्र केसीलाई आइतबार बिहान आफ्नै निवासमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको खबर आइरहेको र यसले पार्टीलाई समेत बदनाम गराउन सक्ने भन्दै चासो राखेका थिए।  

‘सम्मानित नेताले बोलाउनुभएको थियो, स्वास्थ्य सामग्री खरिद विषयमा चासो र चिन्ता व्यक्त गर्नुभएको थियो, हामीले स्वास्थ्य मन्त्रालयबाट भ्रष्टाचार हुन दिन्नौं भनेर आएका छौं’, स्वास्थ्यमन्त्री निकट स्रोतले भन्यो।  

नागरिक दैनिकमा आइतबार सात प्रकारका स्वास्थ्य उपकरण खरिद गर्दा ४१ करोड रूपैयाँ अपचलन भएको समाचार प्रकाशन भएको थियो। यस विषयमा स्वास्थ्य राज्यमन्त्री केसीले उपकरण खरिद विषयमा आवश्यक परे छानबिन हुने बताएका थिए।  

नेपाल र खनालले आपसमै सल्लाह नगरी पार्टीका मन्त्रीहरूलाई निर्देशन दिने गरेको स्रोतको दाबी छ। ‘दुई नेताहरू जसले भेट्यो उसैले मन्त्रीहरूलाई निर्देशन दिने गरेका छन्। उनीहरूको यो शैली ठिक छैन’, नेकपा एस सचिवालयका एक सदस्यले भने। ती सदस्यका अनुसार नेता खनालले यसअघि पनि पार्टीमा छलफल नगरी अभिव्यक्ति दिएको भन्दै सचिवालय बैठकमा आलोचना भएको थियो। अहिले पनि उनले स्वास्थ्य मन्त्रालयका मन्त्रीलाई बोलाएर स्वास्थ्य उपकरण खरिदमा भएको घोटलाबारे चासो राखेको विषयलाई अध्यक्ष नेपालले निको मानेका छैनन्।  

स्थानीय तह निर्वाचनपछि वाम गठबन्धन बनाएर जानुपर्छ भन्ने धारणा सम्मानित नेता खनालले राख्दै आएका छन्। उनले आफ्नो गृहजिल्ला इलाममा स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य गर्न पार्टीका नेता–कार्यकर्तालाई भनेका थिए। खनालकै निर्देशनमा इलाममा एमाले र नेकपा एसको सहकार्यमा जिल्ला समन्वय समिति गठन भएको छ। यस विषयमा पार्टी सचिवालय बैठकमा खनालको विरोध भएपछि उनी केही समय चुप लागेका थिए।  

पार्टी अध्यक्ष नेपालकै सहमतिमा तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउने निर्णय गरेपछि खनाल रुष्ट बनेका थिए। खनालले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई समेत यो विषयमा पुनर्विचार गर्न आग्रह गरेका थिए। तर पार्टी अध्यक्ष नेपालले हटाउन निर्देशन दिएपछि नयाँ पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पनि कार्यकारी अध्यक्षबाट अधिकारीलाई हटाउने निर्णय उल्टाउन सकेनन्। अधिकारीलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले दोस्रोपटक हटाउने निर्णय गरेको छ। यसबाट नेता खनाल निकै तनाबमा छन्। यो विषयलाई लिएर पनि नेताद्वयबीच खटपट सुरु भएको हो।

खनालकै आग्रहमा अधिकारीलाई कार्यकारी अध्यक्ष बनाइएको थियो। अधिकारी पार्टी अध्यक्ष नेपालविरुद्ध लागेपछि उनलाई हटाउन सिफारिस गरिएको स्रोतको दाबी छ। ‘सरकारी नियुक्तिलगायतका विषयमा सचिवालय बैठकबाट निर्णय हुने गरेकोमा कहिलेकाहीं नेताहरूको खल्तीबाट सिफारिस हुँदा समस्या भएको छ’, सचिवालयका ती सदस्यले भने।

नेकपा एसका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा भने दुई नेताबीच नीतिगत तहमा कुनै खटपट नभएको बताए। वाम गठबन्धन बनाउने विषय, एमालेलाई हेर्ने दृष्टिकोण, अन्य दलसँग सहकार्य गर्नेलगायतका विषयमा नेताद्वयबीच कुनै समस्या नभएको उनको दाबी छ। ‘हामीले हेर्दा उहाँहरूबीच कुनै पनि प्रकारको समस्या छैन, हामी एमालेबाट विभाजित हुँदा जनवादी केन्द्रीयता अवलम्बन गर्ने भनिएको थियो, यो विषय दुई नेताले बुझ्नुभएको छ’, खतिवडाले भने। उनका अनुसार बाहिर झट् हेर्दा केही विषयमा असहमति देखिए पनि नीतिगत रूपमा कुनै खटपट छैन।  

यसैबीच पूर्वसहरीमन्त्री एवं पार्टी सचिव रामकुमारी झाँक्रीले सहरी मन्त्रालयबाट विनियोजन भएको रकम र कार्यक्रमबारे टिप्पणी गर्न थालेकी छिन्। यसले गर्दा पार्टीको माथिल्लो तहमा रहेका नेता आरोपप्रत्यारोपमा उत्रिँदा विवाद बढ्दै गएको छ। सहरी विकास मन्त्रीबाट बाहिरिनु परेपछि उनी अध्यक्ष नेपालसँग असन्तुष्ट छन्। उनले सार्वजनिक कार्यक्रममै अध्यक्ष नेपालको कार्यशैलीबारे टीकाटिप्पणी गर्न थालेकी छिन्।
अर्को समाचार
कर्णालीमा मन्त्रिपरिषद विस्तार हुँदै, माओवादीबाट परियार विनाविभागीय मन्त्री बन्दै
१२ वैशाख २०८१
•
१ मिनेट पाठ
कर्णालीमा मन्त्रिपरिषद विस्तार हुँदै, माओवादीबाट परियार विनाविभागीय मन्त्री बन्दै
दुई साताअघि कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका यामलाल कँडेलले आज पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। उनले माओवादी केन्द्र र आफ्नो दल अर्थात् नेकपा एमालेबाट एक–एकजनालाई मन्त्री नियुक्त गर्न लागेका हुन्।




मन्त्रालय भागबण्डा नमिल्दा दुई सातासम्म मन्त्रिपरिषद् गठन नगर्न नसकेका कँडेलले माआवादी केन्द्रबाट रणसिंह परियार र एमालेबाट एकजनालाई मन्त्री नियुक्त गर्न लागेका हुन्। तर, एमालेबाट सरकारमा को जाने भन्ने नाम टुंगो लागिसकेको छैन।

माओवादी संसदीय दलको बुधवार बसेको बैठकले परियारलाई सरकारमा पठाउने निर्णय गरेको थियो। ‘अहिलेलाई उहाँ (रणसिंह परियार)लाई विना विभागीय मन्त्रीका रुपमा पठाउने निर्णय भएको छ,’ सांसद कृष्ण जिसीले भने, ‘बाँकीको नाम टुंगो लागेपछि एकै पटक मन्त्रालयको जिम्मेवारी दिइनेछ।’ परियार माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हुन् । उनी हुम्लाबाट निर्वाचित प्रदेश सांसद हुन्।

मंगलबार भएको दुई दलका शीर्ष नेताबीच मन्त्रालयको भागबण्डाको टुंगो लागेको थियो। आठ सदस्यीय मन्त्रिपरिषद्मा माओवादी केन्द्रले महत्वपूर्ण चार मन्त्रालय पाउने टुंगो लागेको छ। माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उर्जा जलस्रोत विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने सहमति दुई दलबीच भएको छ।

यस्तै एमालेले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउनेछ। चैत २९ गते कँडेल मुख्यमन्त्री नियुक्त भएपनि मन्त्री नियुक्त गर्न नसक्दा अहिलेसम्म मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन्।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४१ सेकेन्ड अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
यो पनि पढौँ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस