फुटको संघारमा जसपा: लुम्बिनीमा को बलियो?
१८ असार २०७९
•
४ मिनेट पाठ
फुटको संघारमा जसपा: लुम्बिनीमा को बलियो?
जनता समाजवादी पार्टी विभाजन गर्ने सहमति भएपछि दुई पक्षबीच नेता तथा कार्यकता ताना-तान सुरु भएको छ।




जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच संयुक्त पार्टी सञ्चालन गर्न नसकिने र सहमतिमै पार्टी फोड्ने सहमति बनेपछि जसपाको बलियो शक्ति कसरी आफूमा अड्याउने भन्नेमा भट्टराई र यादव पक्षबीच रस्साकस्सी चलेको छ। यो कसरत लुम्बिनी प्रदेशमा पनि नेताहरुले थालेका छन्।

तथापि यो प्रदेशमा भने उपेन्द्र यादवको समूह बलियो देखिने पक्का-पक्की जस्तै भएको छ। यो प्रदेशबाट जसपाका ३ जना कार्यकारीणी सदस्य छन्। यी तीन मध्य एक जना उपेन्द्र यादवको पक्षमा रहने देखिन्छ भने एक कार्यकारीणी सदस्य भट्टराईको पक्षमा जाने र अर्का अर्का एक भने अहिले अनिर्णीत रहेको जसपा स्रोत बताउँछ।

मोहम्मद ईस्तियाक राई उपेन्द्र यादवकै समूहमा छन्। त्यसोत, पूर्वमन्त्री समेत रहेका उनी  यसअघि भने भट्टराई पक्षधर थिए। थतर पछिल्लो समय उनी उपेन्द्रको समूहमा सामेल भैसकेका छन्। स्रोतका अनुसार जसपाका मन्त्री फेरबदलका क्रममा आफ्नो पालो आउने देखिएपछि राई भट्टराईलाई छोडेर उपेन्द्र क्याम्पमा जोडिएका हुन्।

राईको यो निर्णयले उपेन्द्र यादव समूहलाई प्रदेशमा बलियो बनाएको छ। बाँकेका उनी पार्टी केन्द्रदेखि प्रदेश तहसम्म राम्रो प्रभाव राख्न सक्ने नेता हुन्। जसपाले हालका मन्त्रीहरुलाई फिर्ता बोलाउने र सरकारमा पार्टीका नयाँ अनुहारलाई पठाउने गरी तयारी गरिरहेको छ।

नयाँ मन्त्रीहरुको बारेमा छलफल गरिरहेको बताइएको जसपाबाट नयाँ मन्त्रीका रुपमा पुनः राई जाने सम्भावना उच्च रहेको जसपाका एक नेताले बताए। राईले पनि भट्राई समूह छोडेपछि यो प्रदेशमा भट्टराई समूहको नेतृत्व गर्ने बलियो नेताको समेत अभाव रहने देखिन्छ।

यसैगरी जसपाका अर्का केन्द्रीय कार्यकारीणी सदस्य नवराज सुवेदी भने बाबुराम भट्टराई समूहमै रहने सम्भावना उच्च छ। किनकी उनी तत्कालीन नयाँ शक्ति पार्टीबाट बाबुरामसँगै जसपामा समाहित भएका नेता हुन्। यसैगरी अर्की कार्यकारीणी सदस्य अमृता अग्रहरीको औपचारिक निर्णय भने आइनसकेको जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव बताउँछन्।

‘उहाँ (अृमता ) ले यादव समूह छोडेर उता जाने भन्ने हल्ला सुनिएका त छन्,’ यादव भन्छन् ‘तर उहाँको औपचारिक निर्णय वा धारणा भने आइसकेको छैन।’ यस्तै यो प्रदेशका दुई प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राई र अमृता अग्रहरी हुन्।

राईले उपेन्द्र यादव समूह रोजेसँगै प्रतिनिधिसभा सदस्यमा यो प्रदेशबाट उपेन्द्र यादव समूहको प्रतिनिधित्व सुनिश्चित भएको छ भने अहिलेसम्म कुन समूहमा जाने भनेर निर्णय गरिनसकेकी अग्रहरी भट्टराई समूहमा सामेल भए भट्टराईको समूहको पनि प्रतिनिधित्व यो प्रदेशबाट हुने छ।

अग्रहरी समानुपातिक सांसद हुन्। तर प्रदेशसभामा भने भट्टराई समूहको प्रतिनिधित्व शून्य रहने उच्च सम्भावना छ। लुम्बिनी प्रदेशमा जसपाका चार सांसद छन्। यी चार मध्ये सबै सांसद आफ्नै समूहका रहेको दाबी उपेन्द्र समूहको छ। ‘प्रदेशका माननीय ज्यू हरु कोही पनि भट्टराई समूहमा जानु हुन्न,’ प्रदेश अध्यक्ष यादव भन्छन् ‘प्रदेशसभामा भट्टराई समूह शून्य हुन्छ।’ जसपका चार सांसद रहेको यो प्रदेशमा तीन जना मन्त्री बनेका छन्।

सहसराम यादव, सुमन शर्मा, पूर्मति ढेंगा मगर र निर्मला मुडवरी प्रदेश सांसद हुन्। यी मध्ये याादव, शर्मा र ढेंगा मगर मन्त्री हुन्। अहिले दल फेरबदल गरिए मन्त्री तथा सांसद पद खोसिने खतरादेखि यहाँका प्रदेश सभा सदस्यहरु सचेत छन्। फलतः जसपाका यी सांसदहरु उपेन्द्र समूहमै कायम रहँदै आफ्नो सांसदको कार्यकाल पूरा गर्न चाहन्छन्।

त्यसोत, यसअघि जसपाले प्रदेशसभामा स्थापित गरेको नजिरले पनि प्रदेश सांसदहरुलाई झस्काएको छ। यसअघि जसपाले गरेको कारबाहीका क्रममा तत्कालीन शंकर पोख्रेल नेतृत्वको सरकारमा मन्त्री बनेका तीन जनाको सांसद पद समेत खोसिएको थियो। पार्टीको ह्विप तोड्दै तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेल विरुद्धको अविश्वासको प्रस्तावका बिरुद्ध मतदान गरेपछि तीन सांसदको पद नै खोसिएको थियो।

अहिलेका चार सांसद मध्ये तीन मन्त्रीले यसर्थ पनि पार्टी फेरबदल गर्ने सम्भावना रहन्न। यसैगरी अर्का एक सांसदले पनि जसपा भित्रको कारबाहीको पुरानो दृष्टान्तले उपेन्द्र समूह छोड्न नसक्ने जसपा स्रोत बताउँछ। यसैगरी प्रदेशमा रहेका केन्द्रीय सदस्यहरुको संख्या पनि ५०/५० प्रतिशतको हारामारीमा विभाजित हुने उपेन्द्र समूहको दाबी छ। प्रदेश अध्यक्ष अशोक यादवका अनुसार केन्द्रीय सदस्य चयनका क्रममा भट्टराई समूहका बढी चयन भएका थिए।

तर, यी मध्य पनि पचास प्रतिशत केन्द्रीय सदस्यहरु आफूहरुको समूहमा आउने दाबी उनको छ। ‘यसअघि पनि पार्टी विभाजनका लागि भन्दै भट्टराई समूहद्वारा थालिएको केन्द्रीय सदस्यको हस्ताक्षर संकलनका क्रममा भट्टराई पक्षधर ६/७ जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गर्न मान्नु भएको थिएन,’ अशोक भन्छन् ‘हाम्रो प्रदेशका केन्द्रीय सदस्यहरु पनि हामी तिर पचास प्रतिशत रहनु हुन्छ।’  
अर्को समाचार
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
७ मिनेट अघि
•
१ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि सारिएको बताएका छन्।




काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग पनि संयुक्त मोर्चा निर्माण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उनको भनाइ छ।

देशभरबाट सामूहिक पहल गर्न सके त्यस्ता शक्तिबीच पनि एउटा मोर्चा निर्माण गर्न सकिने प्रचण्डले बताए।

नेपालका सबै कम्युनिष्ट शक्तिबीच एकताको प्रयास जारी रहेको उल्लेख गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई अझै तीव्र बनाउने बताए।

‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रक्रिया चलिरहेको छ। हामीले अहिले पनि यति भए पुग्यो भन्ने छैन। अझै पनि नेपालका साना, ठूला कम्युनिष्ट समूहहरूलाई एकताको झण्डामुनि ल्याउने हाम्रो कसरत जारी छ,’ प्रचण्डले भने।

विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको भनाइ छ। यद्यपि, एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने दाहालले बताए।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस